काठमाडौं– विश्वकप अन्तर्गत आजदेखि सुरु भएको पहिलो खेलमा आयोजक कतार पहिलो हाफमै २–० गोलले पछाडी परेको छ। कतारविरुद्ध पहिलो खेलमा इकवेडरका कप्तान भ्यालेन्सियाले दुवै गोल गरेका हुन्।
उनलाई खासै महत्त्व नदिएका कारण कतारी डिफेन्डरहरुले नमिठो नतिजा भोग्नुपरेको छ। उनले पहिलो गोल पेनाल्टीमार्फत् १८ औं मिनेटमा गरेका थिए।
दोस्रो गोल ३१ औं मिनेटमा गरे। पहिलो हाफको खेलमा विपक्षी इक्वेडरविरुद्ध आक्रामक खेल्ने कि डिफेन्समा उत्रिने यसको निर्क्योल गर्न नसक्दा आयोजक टिमले गोल खाएको देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।