काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान कम भएको विषयलाई दलहरूले समीक्षाको विषय बनाउनुपर्ने बताएका छन्।
आइतबार सम्पन्न निर्वाचनमा सहभागी मतदातालाई धन्यवाद दिँदै नेता नेपालले उक्त धारणा व्यक्त गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता नेपालले शुभकामना व्यक्त गरेका थिए।
‘मतदानमा सहभागी सम्पूर्ण मतदाताहरूलाई हार्दिक धन्यवाद। मतदानको प्रतिशत घट्ने विषय राजनीतिक दलहरूको लागि समीक्षाको विषय बन्न सकोस्। हामी मतदाताको अभिमतलाई सदैव शीरमा राख्नेछौं!,' नेपालले लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।