काठमाडौं- बाजुरा जिल्लाका विभिन्न दलका नेता-कार्यकर्तालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले 'परम्परा कायम राखेको' भन्दै कटाक्ष गरेका छन्। बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा समेत पुन: मतदान गर्नुपरेको थियो।
स्थानीय विभिन्न मतदान केन्द्रमा झडपको अवस्था बनेपछि यसपल्ट पनि मतदान स्थगित गरिएको छ। थपलियाले भने, 'तपाईंहरुले सवैले जानेको जिल्ला। जहाँ परम्परा कायमै राखि दिनु भयो।'
स्थगित गरिएका अन्य तीन जिल्ला मा सोमबार वा मंगलबार निर्वाचन भइसक्ने बताए। बाजुरामा भने अझै तय नभएको उनको भनाइ छ। फेरि मत छाप्न पर्ने हुन सक्ने उनले बताए।
थपलियाले सुरक्षा रणनीतिले काम नगरेको भन्दा पनि मतदाताले बढी काम गरेको भन्दै निरन्तर कटाक्ष गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।