काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रत्यक्ष र समानुपातिकका मतपत्र एकै पटक गणना गरिने बताएका छन्। उनले यसका लागि आवश्यक व्यवस्था मिलाइएको बताए।
प्रत्यक्ष र समानुपातिक तथा प्रदेशतर्फ पनि त्यसैगरी मतगणना हुने उनले बताए। आयोगले पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएको हो।
‘४ स्थानमा मतगणना हुन्छ। सबै मतपेटिकाको मत गणना सँगसँगै हुन्छ। त्यो भनेको प्रतिनिधि सभा तथा प्रदेश सभाको प्रत्यक्ष तथा समानुपातिक प्रणालीको मत गणना सँगै अघि बढ्छ। जसका कारण सबै नतिजा सँगसँगै आउँछ,’ प्रमुख आयुक्त थपलियाले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।