काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभातर्फ गलत मतपेटिकामा खसेको भए पनि जुन तहका लागि खसेको त्यसैमा गणना गर्ने निर्णय गरेको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश सभा वा प्रतिनिधिसभाको मतपत्र अर्कोमा खसेको जानकारी आएको भन्दै जुन तहका लागि खसेको हो सोहीतर्फ गणना गरिने बताए।
उनले मत गणनामा केही विवाद भएमा स्थानीय तहमा सहमति गरेर मुख्य निर्वाचन अधिकृत वा जिल्ला निर्वाचन अधिकृतले निर्णय गर्ने र आवश्यक भएमा आयोगलाई सोध्न सक्ने उनले बताए।
काठमाडौं जिल्लासहित केही जिल्लामा आजैदेखि मतगणना गरिने उनले बताए। केही जिल्लामा प्रदेश सभाको मतपत्रले प्रतिनिधि सभामा मतदान भएको पाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।