मोरङ- राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रेखा थापा उम्मेदवार रहेको मोरङ- ३ मतगणना सोमबार बिहान मात्रै हुनेछ। नेपाली कांग्रेसका सुनिल शर्मा र एमालेबाट भानुभक्त ढकाल उक्त क्षेत्रमा प्रतिष्पर्धी छन्।
मतगणना बेलबारी नगरपालिका ३ स्थित भगवती माध्यमिक विद्यालयमा गरिनेछ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतगणना मोरङका चार स्थानमा गरिने भएको हो। उर्लाबारी, बेलबारी, रतुवामाई र विराटनगर गरी चार स्थानमा गरिने भएको हो।
मोरङ क्षेत्र नम्बर १ को मतगणना उर्लाबारी नगरपालिकाको कार्यालयमा गरिनेछ। क्षेत्र नम्बर २ को मतगणना रतुवामाई नगरपालिका (विश्वनाथ मन्दिर), निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना विराटनगरको आदर्श माध्यमिक विद्यालयमा गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।