गुल्मी- गुल्मीको क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका- २ अर्बेनीमा रहेको भगवती माध्यमिक विद्यालयको (क) केन्द्रमा मतदान स्थगित भएको छ।
मतदान चलिरहेको अवस्थामा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिने ठाउँमा प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र परेपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिए।
पुन: निर्वाचन गर्ने विषयमा सर्वदलीय बैठकको निर्णय र निर्वाचन आयोगको निर्देशन अनुसार हुने कुँवरले बताए।
यस्तै गुल्मीको मालिका गाउँपालिका- ५ को छापहिले माध्यमिक विद्यालयको (क) केन्द्रमा बिहान २ घण्टा रोकिएको मतदान स्थानीय दलका प्रतिनिधिसँग गरिएको सहमतिपछि पुनः सुचारु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।