काठमाडौं- बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर–७ मा सुरक्षाकर्मीले चलाएको गोलीबाट एकजनाको मृत्यु भएको छ।
स्थानीय अनलाइन बडिमालिका खबरका अनुसार मृत्यु हुनेमा उक्त नगरपालिका वडा नं ७ का २७ वर्षीय सञ्जीव अयडी छन्।
उक्त घटनामा ६ जनाभन्दा बढी घाइते भएका छन्। मृतक अयडीका साथै घाइते ५ जनाको उद्धार गरी नेपाली सेनाको हेलिकोप्टरबाट सुर्खेत लगिएको छ। 
नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच पटक-पटक झडप भएपछि प्रहरीले गोली चलाएको जनाइएको छ।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।