काठमाडौं– बाजुराको त्रिवेणी नगरपालिका वडा नं ७ मा गोली चल्दा तीनजना घाइते भएका छन्। तीनमध्ये एकको अवस्था गम्भीर रहेको छ।
मतदानलाई लिएर स्थानीय एमाले र कांग्रेस कार्यकर्ताबीच झडप भएको थियो। झडप नियन्त्रण लिन प्रहरीले गोली चलाउँदा एकको अवस्था गम्भीर रहेको स्थानीयले बताएका छन्।
गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार हुँदैछ। झडपमा प्रहरीसमेत घाइतेको भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।