• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ १६, २०८३ Tue, Sep 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

यी हुन् कतार विश्वकपमा हेर्न लायक ५ गोलकिपर

64x64
नेपाल लाइभ आइतबार, मंसिर ४, २०७९  १७:३०
1140x725

काठमाडौं– कतारको राजधानी दोहामा नेपाली समयअनुसार आइतबार राति ९:४५ बाट २२ औं संस्करणको विश्वकप फुटबल सुरु हुँदैछ । विभिन्न ३२ राष्ट्रका टोली कतार पुगिसकेका छन् । निकै तामझामका साथ सुरु हुन लागेको विश्वकपमा सहभागी खेलाडी केही यस्ता खेलाडी छन् जसको खेल हेर्न छुटाउन दर्शक निकै उत्साहित छन्। 

तीमध्ये यसपटकको कतार विश्वकपमा हेर्न लायक खेलाडीमध्ये केही यस्ता गोलकिपर पनि छन्, जसले हरेक दर्शकको ध्यान आफूतिर तान्न सक्नेछन्। तीमध्ये यसपटकको विश्वकपमा हेर्न लायक ५ गोलकिपरबारे चर्चा गरौंः

१. एलिसन (ब्राजिल)

All About Alisson Becker: Brazil's World Cup Goalkeeper

ब्राजिलका मुख्य प्रशिक्षक टिटेलाई सुरुवाती ११ लागि यो पटक यस्तो सुविधा छ कि उनले विश्वविख्यात दुई गोलकिपरमध्येबाट एकलाई छनोट गनुपर्ने हुन्छ। ब्राजिलको प्लेइङ ११ स्थानका लागि प्रतिस्पर्धा गर्ने दुई ‘सट स्टपर’ हुन् एलिसन र एडरसन । उनीहरूसँगै तेस्रो रोजाइमा वेभर्टन पनि विश्वकप टोलीमा छन् ।

एलिसन इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलमा आबद्ध छन्। एलिसनले हरेक खेलमा आफूलाई अब्बल रहेको प्रमाणित गर्दै आएका छन्। एलिसन जारी सिजन उत्कृष्ट लयमा छन्। विपक्षीले प्रहार गरेका धेरै सर्टहरूलाई उनले बिफल बनाएका छन्। 

एलिसन काउन्टर अट्याकमा पनि उत्तिकै माहिर देखिन्छन्। गत सिजन लिभरपुल प्रिमियर लिगको शीर्ष ४ भित्र परेर च्याम्पियन्स लिगमा छनोट हुन संघर्षरत रहेका बेला गोलकिपर एलिसनले नै गोल गरेर सनसनी मच्चाएका थिए। खेलको अतिरिक्त समयको अन्तिम मिनेटमा वेस्ट ब्रोमविच आल्बियनविरुद्ध एलिसनले गोल गर्दै लिभरपुललाई नाटकीय जित दिलाएका थिए। अन्तिम समयमा पाएको कर्नर किकलाई हेडमार्फत एलिसनले गोल गरेका थिए। 

जारी सिजन पनि गोलकिपर एलिसनले दिएको काउन्टर पासमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुलले म्यानचेस्टर सिटीमाथि महत्वपूर्ण जित निकालेको थियो। कतार विश्वकपमा मुख्य दाबेदार देखिएको ब्राजिललाई अघि बढाउन एलिसनले पनि मुख्य भूमिका निभाउने विश्वास गरिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. म्यानुअल नोयर (जर्मनी)

Manuel Neuer pulls out of Germany squad

३६ वर्षीय गोलकिपर म्यानुअल नोयर सम्भवत आफ्नो अन्तिम विश्कपमा सहभागी हुँदैछन्। तर उनको क्षमतामा उमेर अहिलेसम्म गौण बनेको छ। उनको प्रदर्शनमा उमेरको कुनै झल्को देखिँदैन। जर्मन क्लब बार्यन म्युनिखमा आबद्ध नोयर विश्वविजेता गोलकिपरसमेत हुन् । उनको उत्कृष्ट प्रदर्शनमा सन् २०१४ मा जर्मनीले विश्वकप ट्रफी उचालिसकेको छ। 

त्यतिबेला उत्कृष्ट प्रर्दशन गरेका नोयरले ‘गोल्डेन ग्लोब्स’को अवार्ड समेत पाएका थिए। उनले जर्मनीका लागि ११२ क्याप जितेका छन्। अहिले उनी जर्मनीको राष्ट्रिय टोलीका कप्तानसमेत हुन्। सन् २०१८ को विश्वकपमा भोगेको खराब नतिजाबाट पाठ सिक्दै पुनः एकपटक लयमा फर्कने दाउमा छ जर्मनी। यसका लागि कप्तानसमेत रहेका नोयरले आफ्नो अन्तराष्ट्रिय अनुभवलाई भरपुर प्रयोग गर्ने र संकट टार्ने आकलन गरिएको छ। 

३. थिबउट कोर्टुवा (बेल्जियम)

When will we get a rest? Never' - Courtois lashes out over number of games  | Reuters

 

बेल्जियन फुटबलको ‘गोल्डेन पुस्ता’ एक हतियार हुन् थिबउट कोर्टुवा। ३० वर्षीय गोलरक्षक कोर्टुवाका लागि सिजन २०२२–२३ अविस्मरणीय रह्यो। उहाँ उनले युईएफए सुपर कप, ला–लिगा र च्याम्पियन्स लिग जिते। त्यतिबेला उनी रियल मड्रिडका लागि बलियो पर्खाल नै थिए।

भेट्रान स्टाइकरहरूका प्रहारलाई कोर्टुवाले उत्कृष्ट बचाउ गर्दै बिफल बनाएका थिए। यसको उदाहरणका लागि सन् २०२२ को च्याम्पियन्स लिगको फाइनलमा कोर्टुवाको प्रर्दशनलाई लिन सकिन्छ। 

सन् २०१८ को विश्वकपमा पनि कोर्र्टुवाले उत्कृष्ट प्रदर्शन गरेका थिए। अन्तिम १६ मा बेल्जियम तुलनात्मक कमजोर जापानसँग २–० ले पछि परेको थियो। बेल्जियमले उत्कृष्ट कमब्याक गर्दै खेल २–२ को स्थितिमा ल्याएको थियो। त्यसपछि छिनोफानो पेनाल्टी सुटआउटबाट हुने लगभग पक्कापक्की जस्तै भएको थियो ।  

खेलको अतिरिक्त समयमा जापानले प्रहार गरेको कर्नर किक सिधै कोर्टुवाले समातेपछि काउन्टरमा बल पास दिएका थिए। कोर्टुवाले दिएको उक्त बल केभिन डी ब्रयनेले अघि बढाउँदै पास दिएपछि गोल भएको थियो । त्यसपछि बेल्जियम अन्तिम ८ मा प्रवेश गरेको थियो।

४. जोर्डन पिकफोर्ड (इंग्ल्याण्ड)

England goalkeeper Jordan Pickford: I've grown following off-field drama -  Eurosport

इंग्ल्याण्डको विश्वकप टोलीका लागि छनोट भएका तीन गोलकिपर जोर्डन पिकफोर्ड, निक पोप र आरोन राम्सडेल हुन् । यी मध्ये कतारमा थ्री लायन्सका लागि पिकफोर्ड सम्भवत पहिलो रोजाईमा हुनेछन् ।

पिकफोर्ड विश्वकपमा इंल्ग्याण्डका लागि पेनाल्टी रोक्ने दोस्रो गोलकिपर हुन्। सन् २०१८ मा रुसमा भएको विश्वकपमा इंग्ल्याण्डको भेट अन्तिम १६ मा कोलम्बियासँग भएको थियो। खेलको छिनोफानो पेनाल्टी सुटआउटबाट भयो। त्यतिबेला पिकफोर्ड उत्कृष्ट बचाउ गर्दै दुईवटा पेनाल्टी विफल बनाएपछि इंग्ल्याण्ड अन्तिम ८ मा प्रवेश गरेको थियो। त्यसपछि पिकफोर्ड इंल्ग्याण्डका लागि हिरो भए।

पिकफोर्डले इंग्ल्याण्डका लागि ४५ खेल खेलेका छन्। त्यसमध्ये २१ मा ‘क्लिन चिट’ राख्न सफल भएका छन्।

५. इमिलियानो मार्टिनेज (अर्जेन्टिना)

Why is Emiliano Martinez not playing for Argentina in the last 2022 World  Cup Qualifier games?

यतिबेला अर्जेन्टिनाको फुटबल टोली प्रतिभाले भरिपूर्ण छ। जहाँ सुपरस्टार फरवार्ड लियोनल मेसीदेखि उत्कृष्ट गोलरक्षक इमिलियानो मार्टिनेजसम्म अर्जेन्टिनाको टोलीमा छन्। उनीहरूको प्रेरणामा अर्जेन्टिना योपकट उपाधि दाबेदारको होडमा निकै अगाडि देखिन्छ।

अर्जेन्टिनाका लागि मार्टिनेजको कीर्तिमान निकै लोभलाग्दो छ। सन् २०२१ जुनमा अर्जेन्टिनाको राष्ट्रिय टोलीमा डेब्यू गरेका मार्टिनेजले अर्जेन्टिनाका लागि १८ खेल खेलिसकेका छन्। तीमध्ये १३ मा उनले ‘क्लिन सिट’ राखेका छन्। यो अवधिमा उनले जम्माजम्मी ५ गोलमात्रै खाएका छन्।

मार्टिनेजसँग पेनाल्टी बचाउन सक्ने उस्तै प्रतिभा पनि छ। उनी प्रिमियर लिग क्लब एस्टन भिल्लामा आबद्ध छन्। त्यहाँ उनी पहिलो रोजाइमा नियमित खेल्दै आएका छन्।

फाइनलमा घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको थियो। त्यो बेला मार्टिनेज नायक बनेका थिए। सेमिफाइनमा कोलम्बियाँसग अर्जेन्टिनाले १–१ को बराबरी खेलेपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। मार्टिनेजले कोलम्बियाका तीनवटा पेनाल्टी रोके खेल जित्दै अर्जेन्टिना फाइनलमा पुगेको थियो। 
 

प्रकाशित मिति: आइतबार, मंसिर ४, २०७९  १७:३०
  • #विश्वकप फुटबल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी?
विष्णुमती नदीमा जलसतह खतरा तह पार
सम्बन्धित सामग्री
राफिन्हा र यमल चम्किँदा बार्सिलोनाको सानदार जित बार्सिलोनाले सोमबार क्याम्प नोउमा रायो भायेकानोलाई ५–२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ। मंगलबार, भदौ १६, २०८३
आर्सनलको लगातार दोस्रो जित बुकायो साकाको दोस्रो हाफको गोलमा आर्सनलले मंगलबार प्रिमियर लिगमा एस्टन भिल्लालाई १–० ले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। मंगलबार, भदौ १६, २०८३
मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा मेस्सीले विश्वकप फाइनलपछि लामो समय सोचेर आफू यो निर्णयमा पुगेको बताएका छन्। उनले अर्जेन्टिनाको जर्सीका लागि सुरुदेखि नै आफ्नो सबैथोक... सोमबार, भदौ १५, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट १६ लाख प्रभावित मंगलबार, भदौ १६, २०८३
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूतबीच भेट, के भयो कुराकानी? मंगलबार, भदौ १६, २०८३
विष्णुमती नदीमा जलसतह खतरा तह पार मंगलबार, भदौ १६, २०८३
रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी : टिमुरेमा भेटिए ९८ वटा शव मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्