काठमाडौं– पूर्वी नवलपरासीको एक मतदान केन्द्रमा मतपेटिकामा आगो लगाइएको छ। देवचुली–४ झाक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतपेटिकामा आगो लगाइएको हो।
प्रदेश सभा तर्फको समानुपातिक मतपेटिकामा आगजनी भएको नवलपुर प्रहरीले जनाएको छ। मतपेटिकामा आगो लगाएको आरोपमा नवलपुर प्रहरीले स्थानीय नारायण भण्डारीलाई पक्राउ गरेको छ।
पक्राउ परेका भण्डारीले मतपेटिकामा बडीलोसन खसालेको बयान दिएका छन्। आगजनी गरेपछि भागेका उनलाई मतदानस्थलबाट करिब दुई किलोमिटरको दूरीमा प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।