पोखरा- कास्की कारागारमा रहेका ६ कैदीबन्दीले प्रदेश सभा तथा प्रतिनिधि सभाका लागि मतदान गरेका छन्।
१ जना महिला र ५ जना पुरुष कैदीबन्दीले अस्थाइ मतदाता परिचयपत्रबाट मतदानमा सहभागी भएको जिल्ला कारागारका हवल्दार राजेन्द्र नेपालीले जानकारी दिए।
मताधिकारबाट कैदीबन्दी वञ्चित नहुन् भनेर कारागारमै अस्थाइ मतदान केन्द्र बनाइएको नेपालीले बताए। उनका अनुसार मतपेटिका निर्वाचन आयोगको कार्यालयमा पुगिसकेको छ।
कारागारमा रहेका ८ सय ५२ कैदीबन्दी मध्ये ६ जनाले प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फ मतदान गरेका हुन्।
निर्वाचनमा नखटिएका सुरक्षाकर्मीले मतदान गर्न पाउने भनिए पनि कैदीबन्दीले मात्र मतदान गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।