काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न आठ जिल्लामा प्रहरीले गोली चलाएको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा, रौतहट, हुम्ला, डोटी र बाजुरामा गोली चलेको हो। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो।
यी जिल्लामा ३८ राउण्ड हवाई फायर गरिएको प्रवक्ता राईले बताए। विभिन्न विषयमा विवाद भएपछि ६१ मतदान केन्द्रको मतदान रोखिएको थियो।
जसमध्ये ४७ स्थानमा पुनः मतादन सुरु भएको छ भने १६ स्थानमा अझै मतदान सुरु हुन सकेको छैन।
 
निर्वाचन बिथोल्न खोजेको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेकपाका ४ जना कार्यकर्तालाई पक्राउ गरेको छ। उनीहरुलाई काठमाडौं उपत्यकाबाट पक्राउ गरिएको हो।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।