काठमाडौं– दोलखमा पुन: मतदान रोकिएको छ। तामाकोशी गाउँपालिकाको जफेको एक मतदानस्थलमा विवाद हुँदा प्रहरीले नियन्त्रणका लागि सात राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।
दोलखाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडपपछि स्थिति नियन्त्रण लिन हवाई फायर गर्नु परेको र अहिले मतदान रोकिएको प्रहरीले जनाएको छ।
सुरुमा मतपत्रको विषयमा विवाद भएको थियो। पछि एकैपटक मतदाताले होहल्ला गर्ने अनि मतदान केन्द्रमा प्रवेश गर्न थालेपछि प्रहरीले हवाई फायर गरेको हो।
अहिले मतदान रोकेर सर्वदलीय बैठकमार्फत् सहमतिको प्रयास भइरहेको प्रहरीले जनाएको छ। सहमतिपछि पुन: मतदान सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।