काठमाडौं- सिन्धुपाल्चोकमा दिउँसो २ बजेसम्म ४३.७० प्रतिशत मत खसेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई क्षेत्रमा शान्तिपूर्ण मतदान भइरहेको छ। हालसम्म कुनै पनि निर्वाचन क्षेत्रमा झडप वा स्थगित नभएको निर्वाचन कार्यालयले जनाएको छ।
सिन्धुपाल्चोकमा प्रतिनिधि सभातर्फ २ निर्वाचन क्षेत्र छन्। प्रदेश सभातर्फ ४ क्षेत्र रहेका छन्। प्रतिनिधि सभातर्फ क्षेत्र-१ मा माधव सापकोटा र सरेश नेपाल मुख्य प्रतिष्परर्धी देखिन्छन्। क्षेत्र नम्बर २ मा मोहन बस्नेत र शेरबहादुर तामाङको प्रतिष्पर्धा छ। देशभरि भइरहेको मतदानबाट १ सय ६५ जना प्रत्यक्षमा निर्वाचित हुनेछन्।
१ सय १० जना समानुपातिक गरी २ सय ७५ जना प्रतिनिधि सभा सदस्य निर्वाचित हुनेछन्।
प्रदेश सभातर्फ सातै प्रदेशमा ३ सय ३० जना प्रत्यक्ष र २ सय २० जना समानुपातिक गरी ५ सय ५० जना निर्वाचित हुनेछन्।
निर्वाचन सकिएर मतपेटिका सङ्कलन हुनेबित्तिकै मतगणना सुरु गर्ने र तीन दिनभित्र प्रत्यक्षतर्फको गणना सक्ने निर्वाचन आयोगले जनाएको छ।
हालसम्म १ लाख १३ हजार ७ सय ५८ मत खसेको जिल्ला निर्वाचन कार्यालय जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।