काठमाडौं– निर्वाचन आयोगले बिहानको पहिलो चरणमा कम मत खसेको जनाएको छ। आइतबार मध्याह्न गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले हालसम्म सर्वेक्षण नगरेको बताए।
प्रवक्ता पौडेलेले भने, ‘अहिलेसम्म ३२ प्रतिशत मत खसेको छ। पहिलोपटक कम मत खसेको छ। यो चिसोको कारणले पनि हुनसक्छ। बिहानको समयमा आयोगले काठमाडौंमा अनुगमन गर्दा त्यति भिड छैन। १०/११ बजेपछि अलि भीड बढ्दै गएको छ।’
मतदान प्रक्रिया सकिएपछि केही ठाउँमा आइतबार रातिबाटै मतगणना सुरु गरिने प्रवक्ता पौडेलको भनाइ छ। मतदानको क्रममा सुर्खेतको दुई ठाउँमा निर्वाचन स्थगित भए पनि पुनः सुचारु भइसकेको जनाइएको छ। यस्तै, पाल्पा, झापाको एक ठाउँमा अवरोध भए पनि मतदान सुचारु भएको आयोगले जनाएको छ।
कास्कीको पोखरा, पर्वतमा समेत मतदान पुनः सुचारु गरिएको भए पनि बाजुराका ६, ७ ठाउँमा समस्या भए पनि केही ठाउँमा सुचारु भएको र अन्य ठाउँमा छलफल भइरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।