काठमाडौं- प्रतिनिधि सभा तर्फका झापा क्षेत्र नम्बर ३ का प्रतिस्पर्धी राजेन्द्र लिङ्देन र कृष्णा प्रसाद सिटौलाले एक अर्कालाई जितको शुभकामना दिएका छन्।
राप्रपा अध्यक्ष समेत रहेका लिङ्देन र कांग्रेसका प्रभावशाली नेता सिटौलाबीच एक मतदान केन्द्रमा भएको भेटमा एक अर्कालाई जितको शुभकामना दिएका हुन्।
झापा-३ को हल्दिबारी गाउँँपालिका-१ गाेल्धापस्थित मतदान केन्द्रमा मत दिन पुगेका लिङ्देन र अवलोकन गर्न पुगेका सिटौलाबीच भेट भएको थियो।
सिटौला र लिङ्देनबीच यो पटकसहित ४औं पटक प्रतिस्पर्धामा भइरहेको छ।
०५६, ०७०, र ०७४ मा आमुनेसामुने भएका यी दुई नेताबीच सिटौलाले २ पटक र लिङ्देनले एक पटक ०७४ मा जित निकालेका थिए।
लिङ्देन राप्रपा एमाले गठबन्धनबाट र सिटौला वर्तमान सत्ता गठबन्धनबाट उम्मेदवार छन्।
तस्बिर : रञ्जित प्रसाईंको फेसबुकबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।