काठमाडौं- चार पूर्वअर्थमन्त्रीहरूले मतदान गरेका छन्।
मतदान गर्ने चार पूर्व अर्थमन्त्री नेकपा एमालेका नेता सुरेन्द्र पाण्डे, नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) र नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आ-आफ्नो मतदान केन्द्रबाट मतदान गरे।
पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले चितवन राप्ति नगरपालिका स्थित भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गरे।
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले बुटवलमा मतदान गरे। बुटवल-८ सडक डिभिजन कार्यालय परिसरको मतदान केन्द्रमा पौडेलले बिहान १०ः ४५ बजे मतदान गरे।
माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त)ले बिहानै मतदान गरे। रोल्पा नगरपालिका-७ स्थित बालउदय मावि केन्द्र पुगेर ७ः३० बजे पुनले मतदान गरे। पुन सत्तारुढ गठबन्धनका तर्फबाट रोल्पाबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।
अर्थमन्त्री जनार्दन शर्माले पनि रुकुम पश्चिमको मुसिकोट नगरपालिका-५ स्थित यमुना नन्द नमुना माध्यमिक विद्यालय मुसिकोटको मतदान केन्द्रमा मतदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।