काटमाडौं- प्रदेशसभा खोटाङ-१ मा उम्मेदवारी दिएका एउटै वडाका तीन उम्मेदवारले एकसाथ मतदान गरेका छन्।
बाम लोकतान्त्रिक गठबन्धनका नेकपा एकीकृत समाजवादीका वीरबलकाजी राई, एमालेका पाँचकर्ण राई र जनता समाजवादी केन्द्रका राकेश राईले बुइँपाको सहयोगी आधारभूत विद्यालय केन्द्रमा बिहान सात बजे एकसाथ मतदान गरेका हुन्।
वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका रामकुमार राईले रतन्छाको साकेला मावि केन्द्रमा मतदान गरेका छन्।
एमालेको तर्फबाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका विशाल भट्टराईले खोटाङ बजारको भगवती मावि केन्द्रबाट मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।