काठमाडौं– मोरङको बुढीगंगास्थित मतदान केन्द्रमा विस्फोटको आवाज आएपछि मतदान स्थगित भएको छ।
बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विस्पोटको आवाज आएपछि मतदान स्थगित भएको हो। मतदान चलिरहेको अवस्थामा केन्द्रभित्रै विष्फोटको ठूलो आवाज आएको थियो।
केन्द्रभित्र विस्फोटको आएपछि मतदाताबीच भगदौड मच्चिएको थियो। त्यहाँ मतदान फेरि सुरु गर्न आवश्यक तयारी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।