काठमाडौं– हुम्लाको सर्केगाड गाउँपालिकास्थित रहेको देवकोटा आधारभूत विद्यालयको मतदान केन्द्रमा झडप भएको छ।
सत्तारुढ गठबन्धन र स्वतन्त्र उम्मेदवारका पक्षबीच झडप भएपछि मतदान रोकिएको छ।
मतदानका क्रममा उनीहरुबीच झडप भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। स्थिति सामान्य भएपछि मतदान पुन: सुरु गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।