काठमाडौं- माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त फुवाद थोवेक तथा दक्षिण कोरियाका निर्वाचन आयुक्त सहितको प्रतिनिधिमण्डलले काठमाडौंका विभिन्न मतदान केन्द्र पुगेर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अवलोकन गरेका छन्।
अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा आयोगको निमन्त्रणामा काठमाडौं उत्रेका आयुक्तको समूह विभिन्न केन्द्रमा पुगेर अवलोकन गरेका हुन्।
प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा आइतबार बिहानैबाट सुरु भएको मतदानमा केही स्थानमा छिटफुट घटना बाहेक शान्तिपूर्णरुपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।