बाजुरा- बाजुराको बुढीगंगा नगरपालिका- ८ स्थित गिरिखेल्ने मतदान केन्द्रमा झडप हुँदा मतदानस्थल तोडफोड भएको छ। मतदान सुरु भएलगत्तै नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच विवाद भएको थियो।
विवादले उग्र रुप लिएपछि सम्भावित दुर्घटना रोक्न प्रहरीले हवाइ फायर समेत गरेको छ। मतदानस्थल अझै तनावग्रस्त रहेको मतदान गराउन पुगेका एक कर्मचारीले बताएका छन्। आफूहरु र मतपेटिकका एउटा कोठामा रहेको ती कर्मचारीले बताएका छन्।
उनले नेपाललाइभसँग भने, 'हामी कर्मचारी र मतदान सामाग्री एक कोठामा राखेर बसिरहेका छौं। बाहिर तनाव जारी छ। मतदानस्थल तोडफोड भएको छ।'
बाजुराकै त्रिवेणी- ७ मा पनि विवाद भएपछि मतदान प्रक्रिया स्थगित छ। स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ र बुढीनन्दा वडा नं ५ मा पनि विवाद भएपछि मतदान स्थगित छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।