काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा हुलदंगा भएपछि विभिन्न ५ जिल्लामा प्रहरीले गोली चलाएको छ। 
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) टेकप्रसाद राईका अनुसार अहिलेसम्म सिरहा, बाजुरा, चितवन, दोलखा र रौतहटमा गोली चलेको छ। स्थिति नियन्त्रणमा लिन प्रहरीले यी जिल्लामा गोली चलाएको हो। 
त्यसैगरी विभिन्न २७ ठाउँमा राखिएका होक्स बम (संकास्पद) बस्तुहरु डिस्पोज गरिएको छ। 
अहिलेसम्म १६ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो। स्थगीत भएका मध्ये ५ ठाउँको मदतान पुन: सुरु भएको र बाँकी ११ ठाउँको मतदान सुरु हुने प्रक्रियामा रहेको डीआईजी राईले जानकारी दिए।
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।