नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शहेरबहादुर देउवासहित कांग्रेसका अधिकांश पदाधिकारीले मतदान गरेका छन्। प्रधानमन्त्री देउवा डडेल्धुराको गन्यापधुरा मतदान केन्द्र पुगेर मतदान गरेका छन्।
यसैगरी कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले सुर्खेतको गर्भाकोटबाट मतदान गरेका छ्न्। सुर्खेत क्षेत्र नम्बर १बाट प्रतिनिधिसभा उम्मेदवार रहेका खडका गुर्भाकोट-८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका छन्।
कांग्रेस महामन्त्री गगन थापाले काठमाडौंको मैइतीदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्।
चुनावी अभियानको क्रममा आफूलाई संसदीय दलका नेता तथा प्रधानमन्त्रीको दावी गरेका थापाले मतदान गरेपछि संसदमा निर्वाचित भए लगत्तै संसदीय दलको नेता बन्नलाग्ने बताए।
कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि झापाको मेचीनगरस्थित कविशिरोमणि मावि मतदान केन्द्रबाट मतदान गरेका छन्।
कांग्रेस नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन्। तनहु क्षेत्र नम्बर १बाट प्रतिनिधीसभा उम्मेदवार रहेका पौडेलले व्यास नगरपालिका-२ स्थित सत्यवती मावि (ख) मतदान केन्द्रबाट मतदान गरेका छन्। कांग्रेस नेता शेखर कोइरालाले पनि विराटनगरस्थित आर्दश माविबाट मतदान गरेका छन्।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले नुवाकोट पुगेर मतदान गरेका छन्। महतले नुवाकोट पुगेर मतदान गरेका छन्।
कांग्रेस सहमहामन्त्री डिना उपाध्यायसहित अधिकांश सहमहामन्त्रीहरूले मतदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।