काठमाडौं– निर्वाचनको विषयलाई लिएर बाजुराको बुढीगंगा नगरपालिका–८ मा एमाले र कांग्रेसबीच झडप भएको छ। 
बुढीगंगा–८ गिरीखेल्ने आधारभूत विद्यालयको मतदान केन्द्रमा  मतदानलाई लिएर विवाद भएको हो। विवादले उग्र रुप लिएपछि स्थितिलाई नियन्त्रणमा  लिन सात राउण्ड हवाई फायर गरेको पत्रकार पारस विक्रम शाहीले जानकारी दिएका छन्।
उक्त मतदान केन्द्रमा रहेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि योगेन्द्र रावलले बुढीगंगा नगरपालिकाका मेयर रामबहादुर बानियाँले पदको दुरुपयोग गर्न थालेपछि विवाद भएको बताए। झडपमा मेयर बानियाँ घाइते भएको उनको दाबी छ। प्रहरीले भने घाइतेबारे पुष्टि गरेको छैन। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।