काठमाडौं- नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि चितवनको क्षेत्र नं. १ स्थित ब्रह्मस्थानी मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
बुथमा विप्लवका कार्यकर्ताले मतपेटिकामा आगो लगाउने प्रयासपछि केही समयका लागि स्थगित गरिएको हो।
राप्ती नगरपालिका- ८ मा विप्लवका कार्यकर्ताले निर्वाचन विथोल्नका लागि आगो लगाउने प्रयास गरेका हुन्।
निर्वाचन अधिकृत रेशमराज सिग्देलले उक्त क्षेत्रमा तनाव भएपछि स्थगित भएको बताए। मतपेटीका जलाने प्रयास गरेपछि प्रहरीले एक राउण्ड हवाइफायर समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।