काठमाडौं- काठमाडौँ-९ का उम्मेदवार मिलन पाण्डे र काठमाडौं-१ का उम्मेदवार पुकार बमले मनदान गरेका छन्।
प्रतिनिधिसभा सदस्यका लागि विवेकशील साझा नेपालका तर्फबाट उम्मेदवार रहेका पाण्डेले काठमाडौँ-९ को नवयुग मावि, ज्याबहालबाट मतदान गरेका छन्। उनी एमालेका पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनकी साझा उम्मेदवार कमला धमलासँग प्रतिस्पर्धा गर्दैछन्।
त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टिका तर्फबाट काठमाडौं-१ का उम्मेदवार बमले थापाथलीस्थित गुह्येश्वरी माध्यामिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन्।
उनको प्रतिस्पर्धा भने कांग्रेसका प्रकाशमान सिंह, एमालेका किरण पौडेल र राप्रपाका रविन्द्र मिश्रसँग हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।