दाङ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको बताएका छन्। दाङको तुलसीपर उपमहानगरपालिकास्थित जनता क्याम्पस मतदान केन्द्रबाट मतदान गर्दै उनले यस्तो बताएका हुन्।
एमाले यो निर्वाचनबाट बलियो राष्ट्रिय शक्ति बन्ने दाबी उनले गरे। उनले भने, ‘मुलुकमा राजनीतिक ध्रुवीकरण अपरिहार्य भइसकेको छ। राजनीतिक परिवर्तनका लागि राजनीतिक दलहरूबीचको सहकार्य विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यक्ता पर्दछ। हामी राष्ट्रिय शक्ति निर्माणको अभियानमा छौँ।'
नेपालको राजनीतिक दलहरूमा नेकपा एमाले त्यो सामर्थ्य राख्ने उनले बताए। उनले कुनै एक शक्तिको बहुमत जरुरी रहेको उनको भनाइ छ।
'यो चुनावले त्यो दिशातर्फ मुलुकलाई डोर्याइउनेछ। मेरो उम्मेदवारी पनि त्यसै प्रयोजनका लागि छ। म धेरै नै उत्साहित छु, किनभने मुलुकलाई स्थायित्व चाहिएको छ, विकास र समृद्धि चाहिएको छ। त्यस्तो अवस्थामा मुलुकले सही दिशा प्राप्त गर्नका लागि दूरदर्शी नेतृत्व, राजनीतिक स्थायित्व, बलियो राजनीतिक शक्तिको आवश्यक्ता पर्छ। त्यसमा हामी छौँ,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।