• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भोट हाल्न गाउँ जानेको घुइँचो, गाडीको व्यवस्था गरेर मतदाता ओसार्दै उम्मेदवार

64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर २, २०७९  १६:३७
1140x725

काठमाडौं– निर्वाचनको मौन अवधि सुरु भएपछि दलहरुले गाडी नै रिजर्भ गरी मतदाता ओसार्न थालेका छन्। राजधानी बाहिर जानका लागि विभिन्न नाकामा मतदाताको घुइँचो देखिएको छ।

बुटवल घर भएकी कमला गौतम कलंकीमा बसको पर्खाइमा थिइन्। उनी एक महिनाअघि मात्र उपचारका लागि काठमाडौं आएकी रहिछन्। गाउँबाट मतदाता ओसार्ने बस पठाएको उनले बताइन्।

‘उपचार पनि सकिएको थियो। ठिक्क चुनाव पनि आएकोले मलाई घर जान सजिलो भयो। चुनाव नआएको भए अझै केही दिन यहिँ बस्थेँ,’ उनले भनिन्।

४ गतेको चुनावमा युवालाई भोट दिने सोचमा रहेको उनले बताइन्। ‘अब नयाँ युवालाई छानेर भोट हाल्छु। मान्छे हेरेर भोट हाल्नुपर्छ। पहिला फलानो पार्टीलाई हाल्ने भन्ने थियो। अहिले पार्टी होइन, नयाँ व्यक्तिलाई हाल्ने हो,’ उनले भनिन्।

आफ्नो क्षेत्रका नेताहरुले जितेर खासै विकासका काम नगरेको गौतम बताउँछिन्।  ‘यो गर्छु, ऊ गर्छु भन्छन्, केही गर्ने होइन। अलिअलि त गरेका छन् नि। सँधै त्यसरी त हुँदैन नि। बरु नयाँले विकास ल्याउलान् कि?’ उनले भनिन्।

Vehicle_kathmandu_Voter_to_go_Home1668768593.jpg

अस्थायी रुपमा काठमाडौं बस्ने स्याङ्जाका तिलक पौडेल पनि बसको पर्खाइमा कलङ्कीमै भेटिए। उनी मंसिर ४ को चुनावमा भोट हाल्नकै लागि गाउँ फर्किंदै थिए। उनको गाउँबाट पनि मतदाता ओसार्न गाडी पठाएका छन्। तर पौडेल भने आफ्नै खर्चमा गाउँ जाने बताउँछन्। 

पौडेल यसपालिको चुनावमा राम्रा व्यक्तिले जितेहुन्थ्यो भन्ने चाहन्छन्। ‘हामीले भन्ने केही छैन। जुन नेताले विकासलाई प्रमुख रुपमा लिएर अघि बढ्न सक्छन्, ती नेताले चुनाव जिते राम्रो हुने थियो,' पौडेलले भने।  

Ncell 2
Ncell 2
nimb
nimb

स्याङजाकै राधा पौडेल पनि भोट हाल्न गाउँ जाँदैछिन्। उनको गाउँमा पुग्न बस भाडा झण्डै तीन हजार रुपैयाँ लाग्छ। तर चुनावको बेला नेताहरुले पठाएको बसमा जान पाउँदा सहज भएको उनले बताइन्। 

उनको पनि चाहना युवाले जितोस् भन्ने नै छ। ‘पहिलाका नेतालाई पटकपटक भोट हालेर हेरियो। कसैले केही लछारपाटो लाएनन्। काम नगर्ने, आफ्नो भुँडी भर्ने मात्र भए। अब नयाँलाई चुनाव जिताएर हेर्छु। केही गर्लान् की?’ उनले भनिन्।

गोरखा घर भएकी हिमा राना मगर पनि मंसिर ४ को चुनावमा भोट हाल्न गोरखा जाँदैछिन्।‘जुन गाडी आउँछ, उसैमा जान्छु,' उनले भनिन्, ' म आउँदैछु भन्ने घरमा थाहा नै छैन। मतदाता बोक्ने गाडी पाएको बेला गइहालौं न त भनेर हो,’ उनले भनिन्।

अहिलेसम्म कसलाई भोट हाल्ने भन्ने थाहा नभएको र घरमा सल्लाह गरेर मतदान गर्ने उनले बताइन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पोखराका ६५ वर्षीय बलमान गुरुङ पनि चुनावमा भोट हाल्न गाउँ जाँदैछन्। यो उमेर पार गर्दासम्म उनले पटकपटक भोट हाले। भोट हालेर विजयी भएका नेताहरुले देश विकासका लागि कामहरु नगरेको उनी बताउँछन्।

Vehicle_kathmandu_Voter_to_go_Home_21668768594.jpg

‘अब यो पाली युवा उम्मेदवारलाई भोट हाल्छु। पहिलाका कसैले केही गरेनन्। अलि राम्रो जो छ, उसलाई भोट हाल्छु,’ उनले भने।

गोरखाका प्रेमबहादुर राणा मगर गाउँ जानका लागि बसपार्कमा बस चढ्दै थिए। जुन बस चुनावका लागि मतदाता ओसार्न रिजर्भ गरिएको थियो। ‘रिजर्भ गरेर पठाएको गाडी हो। पैसा तिर्नु पर्दैन। भोट हाल्ने/नहाल्ने मेरो विचार हो। घर जान पाइयो खुसी लागेको छ,’ उनले भने। 

Dirty_Kathmandu_Public1668768592.jpg

यता, कोटेश्वरमा उदयपुर, गाईघाटका श्याम पाण्डे गाडी कुरिरहेका थिए। आफ्नै नातेदार उम्मेदवार भएका कारण भोट हाल्न गाउँ जान लागेको उनले बताए।

‘आफ्नै मान्छे उठेका छन्। भोट त हाल्नैपर्योा। चिनेजानेका राम्रै मान्छे हुन्। जितिहाले केही गर्लान् नि,’ उनले भने। 

ओखलढुङ्गाकी निमा तामाङ पनि चुनावमा भोट हाल्न गाउँ जाँदैछिन्। सदरमुकामभन्दा ५ घण्टा टाढा उनको घर छ। गाडी भाडा तिरेर जाने हो भने २ हजारले पनि नपुग्ने उनी बताउँछिन्। नेताहरुले बस रिजर्भ गरिदिनाले गाउँ जान सहज भएको उनले बताइन्।

Vehicle_kathmandu_Voter_to_go_Home_31668768594.jpg

चुनावमा यस पटक पनि पहिले हालेकै पार्टीलाई भोट हाल्ने उनको विचार छ। ‘हाम्रो एउटै पार्टी हो सधैं। जति नयाँ आए पनि त्यसैलाई हाल्ने हो,’ उनले भनिन्।

कलङ्की टिकट काउन्टरका सञ्चालक सर्जन घिमिरे भन्छन्, ‘पूर्वदेखि पश्चिमसम्मकै केही बस नेताहरुले रिजर्भ गरेका छन्। कोही आफ्नै कामले घर जान्छन्। तिनीहरु आफैं टिकट काटेर जाने गरेका छन्।’

अहिले गाउँबाटै नेताहरुले चुनावको लागि  बस रिजर्भ गरेर पठाएका छन्। ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर लागायतका जिल्लामा जाने चुनाव लक्षित बस आजसम्म मात्र हो। कुनै जिल्लाबाट नाम लिस्टसहित फलानो व्यक्तिमात्र भनेर पनि रिजर्भ गरेका छन्। ती रिजर्भ गरेका आजसम्म थिए। 

'कोही आँफै टिकट काटेर पनि गएका छन्। शनिबार चाहिँ रिजर्भ गाडी आउँदैनन्। जान परे आफैं टिकट लिएर लान मिल्छ,' कोटेश्वरको एक टिकट काउन्टरका टंक लम्सालले भने। 

Vehicle_kathmandu_Voter_to_go_Home_41668768595.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:३७
  • #चुनाव_२०७९
  • #मतदाता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्