• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २८, २०८२ Mon, Jan 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

भोट हाल्न गाउँ जानेको घुइँचो, गाडीको व्यवस्था गरेर मतदाता ओसार्दै उम्मेदवार

64x64
कल्पना घिमिरे शुक्रबार, मंसिर २, २०७९  १६:३७
1140x725

काठमाडौं– निर्वाचनको मौन अवधि सुरु भएपछि दलहरुले गाडी नै रिजर्भ गरी मतदाता ओसार्न थालेका छन्। राजधानी बाहिर जानका लागि विभिन्न नाकामा मतदाताको घुइँचो देखिएको छ।

बुटवल घर भएकी कमला गौतम कलंकीमा बसको पर्खाइमा थिइन्। उनी एक महिनाअघि मात्र उपचारका लागि काठमाडौं आएकी रहिछन्। गाउँबाट मतदाता ओसार्ने बस पठाएको उनले बताइन्।

‘उपचार पनि सकिएको थियो। ठिक्क चुनाव पनि आएकोले मलाई घर जान सजिलो भयो। चुनाव नआएको भए अझै केही दिन यहिँ बस्थेँ,’ उनले भनिन्।

४ गतेको चुनावमा युवालाई भोट दिने सोचमा रहेको उनले बताइन्। ‘अब नयाँ युवालाई छानेर भोट हाल्छु। मान्छे हेरेर भोट हाल्नुपर्छ। पहिला फलानो पार्टीलाई हाल्ने भन्ने थियो। अहिले पार्टी होइन, नयाँ व्यक्तिलाई हाल्ने हो,’ उनले भनिन्।

आफ्नो क्षेत्रका नेताहरुले जितेर खासै विकासका काम नगरेको गौतम बताउँछिन्।  ‘यो गर्छु, ऊ गर्छु भन्छन्, केही गर्ने होइन। अलिअलि त गरेका छन् नि। सँधै त्यसरी त हुँदैन नि। बरु नयाँले विकास ल्याउलान् कि?’ उनले भनिन्।

Vehicle_kathmandu_Voter_to_go_Home1668768593.jpg

अस्थायी रुपमा काठमाडौं बस्ने स्याङ्जाका तिलक पौडेल पनि बसको पर्खाइमा कलङ्कीमै भेटिए। उनी मंसिर ४ को चुनावमा भोट हाल्नकै लागि गाउँ फर्किंदै थिए। उनको गाउँबाट पनि मतदाता ओसार्न गाडी पठाएका छन्। तर पौडेल भने आफ्नै खर्चमा गाउँ जाने बताउँछन्। 

पौडेल यसपालिको चुनावमा राम्रा व्यक्तिले जितेहुन्थ्यो भन्ने चाहन्छन्। ‘हामीले भन्ने केही छैन। जुन नेताले विकासलाई प्रमुख रुपमा लिएर अघि बढ्न सक्छन्, ती नेताले चुनाव जिते राम्रो हुने थियो,' पौडेलले भने।  

Ncell 2
Ncell 2

स्याङजाकै राधा पौडेल पनि भोट हाल्न गाउँ जाँदैछिन्। उनको गाउँमा पुग्न बस भाडा झण्डै तीन हजार रुपैयाँ लाग्छ। तर चुनावको बेला नेताहरुले पठाएको बसमा जान पाउँदा सहज भएको उनले बताइन्। 

उनको पनि चाहना युवाले जितोस् भन्ने नै छ। ‘पहिलाका नेतालाई पटकपटक भोट हालेर हेरियो। कसैले केही लछारपाटो लाएनन्। काम नगर्ने, आफ्नो भुँडी भर्ने मात्र भए। अब नयाँलाई चुनाव जिताएर हेर्छु। केही गर्लान् की?’ उनले भनिन्।

गोरखा घर भएकी हिमा राना मगर पनि मंसिर ४ को चुनावमा भोट हाल्न गोरखा जाँदैछिन्।‘जुन गाडी आउँछ, उसैमा जान्छु,' उनले भनिन्, ' म आउँदैछु भन्ने घरमा थाहा नै छैन। मतदाता बोक्ने गाडी पाएको बेला गइहालौं न त भनेर हो,’ उनले भनिन्।

अहिलेसम्म कसलाई भोट हाल्ने भन्ने थाहा नभएको र घरमा सल्लाह गरेर मतदान गर्ने उनले बताइन्।

पोखराका ६५ वर्षीय बलमान गुरुङ पनि चुनावमा भोट हाल्न गाउँ जाँदैछन्। यो उमेर पार गर्दासम्म उनले पटकपटक भोट हाले। भोट हालेर विजयी भएका नेताहरुले देश विकासका लागि कामहरु नगरेको उनी बताउँछन्।

Vehicle_kathmandu_Voter_to_go_Home_21668768594.jpg

‘अब यो पाली युवा उम्मेदवारलाई भोट हाल्छु। पहिलाका कसैले केही गरेनन्। अलि राम्रो जो छ, उसलाई भोट हाल्छु,’ उनले भने।

गोरखाका प्रेमबहादुर राणा मगर गाउँ जानका लागि बसपार्कमा बस चढ्दै थिए। जुन बस चुनावका लागि मतदाता ओसार्न रिजर्भ गरिएको थियो। ‘रिजर्भ गरेर पठाएको गाडी हो। पैसा तिर्नु पर्दैन। भोट हाल्ने/नहाल्ने मेरो विचार हो। घर जान पाइयो खुसी लागेको छ,’ उनले भने। 

Dirty_Kathmandu_Public1668768592.jpg

यता, कोटेश्वरमा उदयपुर, गाईघाटका श्याम पाण्डे गाडी कुरिरहेका थिए। आफ्नै नातेदार उम्मेदवार भएका कारण भोट हाल्न गाउँ जान लागेको उनले बताए।

‘आफ्नै मान्छे उठेका छन्। भोट त हाल्नैपर्योा। चिनेजानेका राम्रै मान्छे हुन्। जितिहाले केही गर्लान् नि,’ उनले भने। 

ओखलढुङ्गाकी निमा तामाङ पनि चुनावमा भोट हाल्न गाउँ जाँदैछिन्। सदरमुकामभन्दा ५ घण्टा टाढा उनको घर छ। गाडी भाडा तिरेर जाने हो भने २ हजारले पनि नपुग्ने उनी बताउँछिन्। नेताहरुले बस रिजर्भ गरिदिनाले गाउँ जान सहज भएको उनले बताइन्।

Vehicle_kathmandu_Voter_to_go_Home_31668768594.jpg

चुनावमा यस पटक पनि पहिले हालेकै पार्टीलाई भोट हाल्ने उनको विचार छ। ‘हाम्रो एउटै पार्टी हो सधैं। जति नयाँ आए पनि त्यसैलाई हाल्ने हो,’ उनले भनिन्।

कलङ्की टिकट काउन्टरका सञ्चालक सर्जन घिमिरे भन्छन्, ‘पूर्वदेखि पश्चिमसम्मकै केही बस नेताहरुले रिजर्भ गरेका छन्। कोही आफ्नै कामले घर जान्छन्। तिनीहरु आफैं टिकट काटेर जाने गरेका छन्।’

अहिले गाउँबाटै नेताहरुले चुनावको लागि  बस रिजर्भ गरेर पठाएका छन्। ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, उदयपुर लागायतका जिल्लामा जाने चुनाव लक्षित बस आजसम्म मात्र हो। कुनै जिल्लाबाट नाम लिस्टसहित फलानो व्यक्तिमात्र भनेर पनि रिजर्भ गरेका छन्। ती रिजर्भ गरेका आजसम्म थिए। 

'कोही आँफै टिकट काटेर पनि गएका छन्। शनिबार चाहिँ रिजर्भ गाडी आउँदैनन्। जान परे आफैं टिकट लिएर लान मिल्छ,' कोटेश्वरको एक टिकट काउन्टरका टंक लम्सालले भने। 

Vehicle_kathmandu_Voter_to_go_Home_41668768595.jpg

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १६:३७
  • #चुनाव_२०७९
  • #मतदाता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
आगामी प्रतिनिधि सभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वाचनका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाटसमेत स... बिहीबार, पुस २४, २०८२
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
ताजा समाचारसबै
समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिने व्यक्तिलाई निवेदन दिन आयोगको आग्रह आइतबार, पुस २७, २०८२
देउवालाई गगनको आग्रह : अब आराम गर्नुस्, मार्ग प्रशस्त गर्नुस् आइतबार, पुस २७, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशनमा गगन–विश्वप्रकाशको सम्बोधन (LIVE) आइतबार, पुस २७, २०८२
कांग्रेस दास र लासहरूको पार्टी होइन, अब कांग्रेसमा कार्यकर्तालाई हेप्ने दिन सकिए : गगन थापा आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
देउवा पक्षधर केन्द्रीय सदस्यहरू पनि पुगे विशेष महाधिवेशन स्थलमा आइतबार, पुस २७, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनमा ६२ प्रतिशतले गरे नाम दर्ता आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्