काठमाडौं– नेपाल बैंकले आफ्नो ८६ औं वार्षिकोत्सवका अवसरमा के एल दुगड समूहका अध्यक्ष किसनलाल दुगडलाई सम्मान गरेको छ।
दुगडलाई बैंकले आफ्नो मर्यादित र नियमित सहयात्रीका रुपमा बैंक स्थापना कालदेखि नै व्यवसायिक साझेदारका रुपमा रहेको भन्दै सम्मान गरेको हो।
मुलुकमा आर्थिक कारोबारलाई प्रवर्द्धन गर्दै रोजगारी श्रीजना गर्ने, उत्पादनमुलक क्षेत्रमा लगानी गरी निर्यातको माध्यमबाट विदेशी मुद्रा आर्जन गर्ने, आपुर्ति प्रणालीलाई सहजीकरण गर्ने, आर्थिक क्रियाकलाप सुचारु गर्दै उद्यमशीलताको श्रीवृद्धि गर्ने कार्यमा किसनलाल दुगडले पुर्याएको योगदानको साथी नेपाल बैंक हुन पाएको भन्दै बैंकले गर्व महशुस गरेको सम्मान पत्रमा उल्लेख गरिएको छ।
नेपाल बैंकको व्यवसायीक तथा निष्ठावान ग्राहकको रुपमा दुगड रहेको बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सम्मानपत्र प्रदान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।