पोखरा– एभरेष्ट बैंकले आफ्नो १२२ औं शाखा पोखराको बिरौटामा स्थापना गरेको छ। ग्राहकलाई अध्याधुनिक बैंकिङ सेवा प्रदानका लागि उक्त शाखा बिहीबार उद्घाटन गरिएको हो।
उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्व सदस्य तथा योजानविद डा. गणेश गुरुङ्ग र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रुपमा गरेका छन्।
उद्घाटन समारोहमा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, भारतीय पेन्सन क्याम्पका सह–महासेनानी शशांक त्रिपाठी, बैंकका गण्डकी प्रदेशका प्रादेशिक–प्रबन्धक सुधिर गौतम तथा बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायतको उपस्थिति रहेको थियो।
अर्थविद डा. गणेश गुरुङ्गले पञ्जाब नेशनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने तथा नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ्ग क्षेत्रमै कम खराब कर्जा रहेकोको अवस्थामा यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्ने बताए।
उनले यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरहरुका साथै स्थानीय बासिन्दालाई बैंकिङ्ग कारोबारमा थप सहज हुने बताए। योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगेको छ।
यस बैंकका हालसम्म १२ लाख ग्राहक रहेका छन्। देशैभरी १२२ शाखा, तीनवटा एक्सटेन्सन काउन्टर, सातवटा प्रादेशिक कार्यालय र १५७ एटिएम रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।