• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीले गरेको ‘असंवैधानिक’ नियुक्ति, जसले ‘ख’ श्रेणीमा झर्दैछ मानव अधिकार आयोग

64x64
दुर्गा दुलाल शुक्रबार, मंसिर २, २०७९  १२:२८
1140x725

काठमाडौं– आइतबार राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्तहरूले एक संयुक्त विज्ञप्ति जारी गर्दै वर्तमान पदाधिकारीहरूको राजीनामा माग गरे। केदारनाथ उपाध्यायदेखि अनुपराज शर्मासम्मले अहिलेका पदाधिकारीले राजीनामा दिनुपर्ने निष्कर्षसहित विज्ञप्ति जारी गरेका थिए। 

राजीनामा मागको कारण थियो, नेपालको राष्ट्रिय मानव अधिकार आयोग आफ्नो ‘क’ वर्गको स्तर गुमाउने संघारमा पुग्नु। आयोगले विश्वव्यापी स्तरमा आफ्नो श्रेणी एक स्थान गुमाउन लागेपछि राजीनामा माग्नुपरेको पूर्वआयुक्तहरूको भनाइ थियो। 

अधिकांश गतिविधिमा मौन रहँदै आएका उनीहरूले अन्तिम अवस्थामा नेपालको मानव अधिकार पुगेकाले आफूहरू सार्वजनिक रुपमा बोल्न बाध्य भएको बताएका छन्। राष्ट्रिय मानव अधिकार संस्थाहरूको ग्लोबल गठबन्धन (गानेरी) को समितिले स्तर घटुवाको सिफारिससहितको प्रतिवेदन बुझाएको छ।

उक्त प्रतिवेदनमा नेपालको मानव अधिकार आयोगमा अपारदर्शी नियुक्ति गरिएको तथा पेरिस सिद्धान्त विपरीत काम भएको देखिएकाले दोस्रो वर्गमा राख्ने सिफारिस गरिएको छ। 

यस्तो छ प्रतिवेदन:

दुई वर्षसम्म निरन्तर समीक्षा गरेपछि विश्व गठबन्धनको उपसमिति (एससीए) ले राष्ट्रिय मानवअधिकार पर्यवेक्षकलाई ‘ख’ दर्जा दिन सिफारिस गरेको हो। 

एससीएले नेपालको मानव अधिकार आयोगलाई ‘ख’ वर्गमा झार्नका लागि सिफारिस गरेको र यसको निर्णय अब अक्टुबर २०२३ मा संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (एनएचआरसी) ले गर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

नेपालले यसलाई कायम राख्न करिब एक वर्षको समय पाउनेछ। नेपालले उक्त सिफारिसलाई चुनौती दिँदै सच्याउन भने सक्छ। नेपालले नियुक्ति गर्दा र आयोगको गतिविधिमा पेरिस सिद्धान्त पालना भएको दाबीसहित प्रमाण पेश गर्नुपर्नेछ। 

२ वर्षदेखि नेपाल र यूएनबीच यही विषयमा पत्राचार भइरहेको छ। तर युएनले विश्वास गर्न सकेको छैन। नेपालले पनि विश्वास दिलाउन नसक्दा समितिले घटुवाको सिफारिस गरिसकेको छ। अब त्यसलाई सच्याउन समितिभन्दा माथि पुग्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले बताइन्। 

उनले २ वर्षसम्म नेपाललाई समय भएको तर उक्त समयमा प्रभावकारी रुपमा सूचना दिन नसक्दा घटुवा हुने जोखिम बढेको बताइन्।

घटुवाको प्रमुख कारण ओलीको असंवैधानिक नियुक्ति 
मानव अधिकार आयोगमाथि समीक्षा गर्दा अपारदर्शी नियुक्ति र पेरिस सिद्धान्त विपरीत आयोगमा भर्ति गरिएको कुरा राष्ट्रसंघीय मानव अधिकार कार्यालय (ओएचसीएचआर) ले लिएको देखिन्छ।

०७७ मंसिर ३० गते संवैधानिक निकायमा नियुक्तिका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् सम्बन्धी ऐन’ अध्यादेश ल्याएर संशोधन गरेका थिए। लगत्तै मानव अधिकार आयोगसहित विभिन्न संवैधानिक आयोगमा नियुक्ति गरियो। उक्त कुरा तत्कालीन समयमा गोप्य राखियो। 

पुष ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मात्र नियुक्तिका लागि सिफारिस गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएपछि उनीहरू सुनुवाइबिनै नियुक्त भए।

सरकारले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर र सदस्यमा सूर्यप्रसाद ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापालाई नियुक्त गरेको थियो। प्रधानमन्त्रीसहित परिषद्का तीन सदस्य बसेर नियुक्तिको सिफारिस गरेका थिए।  

प्रधानमन्त्री केपी शर्मा ओली, निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बसेर सिफारिस गरेका थिए। यो सिफारिसले संविधानको संसदीय सुनुवाइको प्रावधान उल्लंघन गरेको र अपारदर्शी भएको भन्दै युएनले प्रश्न उठाउँदै आएको छ। 

संयुक्त राष्ट्रसंघका विभिन्न विषयगत समितिका र्‍यापोर्टरहरूले वैशाख १४ गते जेनेभाबाट विज्ञप्ति जारी गर्दै सरकारले आयोगमा गरेको नियुक्ति अपारदर्शी, पेरिस सिद्धान्तविपरीत र खुला नभएको टिप्पणी गरेका थिए।

त्यसअघि आयोगमा गरिएको अपारदर्शी नियुक्तिलाई लिएर राष्ट्रिय मानव अधिकारवादी संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री) ले प्रश्न उठाएको थियो। 

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले सञ्जालको सचिवालयका रूपमा काम गर्ने भएकाले संयुक्त राष्ट्र संघको पनि प्रश्न थियो। 

यूएन ओएचसीएचआरले नेपालसहित हङकङको एक संस्थाले गरेको उजुरीको आधारमा पत्र लेखेको थियो। मानव अधिकार आयोगलाई लेखेको पत्र मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा पुगेको थियो। सरकारले जवाफ लेखेर पठाएपछि उच्च आयुक्तको कार्यालयले हालै दोस्रो स्तरमा घटुवा गर्ने सिफारिस गरेका थियो। 

के हुन्छ ग्रेड घट्दा?
राष्ट्रिय मानव अधिकार आयोगमा हुने नियुक्ति प्रक्रिया अपारदर्शी भएपछि नेपालको ‘ग्रेड किन घटुवा नगर्ने’ भन्ने प्रश्नसमेत ओएचसीएचआरको छ।

पछिल्लो मूल्यांकनमा विश्वभरका १ सय २७ मुलुकमध्ये नेपाल पनि ‘ए ग्रेड’मा छ। नेपालले त्यही ‘ए ग्रेड’को ‘स्टाटस’ देखाएर राष्ट्रसंघको मानवअधिकार परिषद्को सदस्यका लागि निर्वाचनमा भाग लिँदै दोस्रोपटक सदस्य जितेको थियो।  

२० जनवरी २०२१ मा गरिएको पछिल्लो मूल्यांकनमा विश्वभरका १ सय २७ वटा आयोगमध्ये नेपालसहित ८४ वटालाई ‘ए ग्रेड’, ३३ वटालाई ‘बी ग्रेड’ र १० वटालाई ‘सी ग्रेड’ मा राखिएको थियो।

‘ए ग्रेड’मा पर्नुको अर्थ देशमा मानवअधिकारको अवस्था राम्रो भएको सन्देश दिने पनि हो। ‘ए ग्रेड’मा परेका मानवअधिकार आयोगहरूले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन (परिषद्को सदस्य नभए पनि), अन्य देशका मानवअधिकार प्रतिवेदनमाथि टिप्पणी गर्न र प्रश्न उठाउन पाउँछन्।

संयुक्त राष्ट्रसंघको महासभामा पनि भाग लिन पाउँछन्। साथै, राष्ट्रसंघीय ‘स्पेसल  र्‍यापोर्टर’हरूको प्रतिवेदनमाथि हुने छलफलमा सहभागी हुन पाउँछन्।  

मानव अधिकारवादी संस्थाहरूको विश्वव्यापी सञ्जालले हरेक चार वर्षमा मूल्यांकन गरेर राष्ट्रिय मानवअधिकार आयोगहरूको ग्रेड निर्धारण गर्छ।

सन् २००० मा आयोग स्थापनापछि भएको हरेक मूल्यांकनमा ‘ए ग्रेड’ मा पर्दै आएको नेपालको पछिल्लो मूल्यांकन सन् २०१९ मा भएको थियो। नियमित मूल्यांकनको पालो सन् २०२३ मा मात्र आउँछ। तर, ‘थर्ड पार्टी कम्प्लेन’ का आधारमा भने बीचमै मूल्यांकन हुन सक्दछ। नेपाल घटुवा भए नेपालले सुरक्षा परिषद्को अस्थायी सदस्यमा घोषणा गरेको उम्मेदवारीमा समेत प्रत्यक्ष असर पर्नेछ।

‘तत्काल राजीनामा गराएर पुनर्नियुक्ति गरिनुपर्छ’
अन्तर्राष्ट्रिय रुपमा नेपालको मानव अधिकार आयोगबारे र यहाँको मानव अधिकार अवस्थाबारे प्रश्न उठ्ने भएकाले आयोगमा भएका नियुक्तिहरूलाई बदर गरेर नयाँ नियुक्ति सरकारले तत्काल गर्नुपर्ने मानव अधिकारकर्मीहरूको टिप्पणी छ।

आयोगमा भएका पदाधिकारीले राजीनामा दिने वा सर्वोच्चको मुद्दा फैसला छिटै भएर नयाँ नियुक्तिको पारदर्शी प्रक्रिया सुरु गरे नेपालको अहिलेको अवस्था कायम राख्न सकिने नत्र गुमाउनुपर्ने मानव अधिकार आयोगकी पूर्वसदस्य अन्सारीको भनाइ छ। 

समितिले प्रस्ताव मात्र गरेको र गाङ्ह्रीको अर्को बैठक २०२३ को अक्टुबरमा हुने भएकाले त्यसअघि सरकार र मानव अधिकार आयोग मिलेर निकास निकाल्नुपर्ने उनको सुझाव छ। 

गाङ्ह्रीले नियुक्ति प्रमुख कारण मानेकाले सरकारले यसलाई सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। लामो समयसम्म नेपालको सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको कुरा स्वीकार गरेर मौन बसेको तर अब अर्को बैठकअघि सरकारले केही पहल नगरे नेपालले आफ्नो अवस्था गुमाउने उनले बताइन्। 

२०२१ देखि रेटिङ हुने प्रक्रिया सुरु भएको तर नेपालले यसलाई गम्भीर रुपमा लिन नसक्दा समस्या आएको उनको बुझाइ  छ।  राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा अनुपराज शर्मा हुँदै प्रश्न आएको र तत्कालीन समयमा जवाफ पनि लेखेर पठाएको उनले बताइन्।  पुष ५ को नियुक्तिपछि फेरि प्रश्न गरिएको थियो। 

आयोगले जवाफ लेख्दा संविधानको व्यवस्था लेखियो तर अध्यादेश ल्याएको कुरा प्रभावकारी रुपमा लेख्न सकेको देखिएन। 

पहिलो श्रेणीमा हुंदा अरु देशको मानव अधिकार रिभ्यु गर्न र अरु देशका लागि यो हुनुपर्छ भनेर टिप्पणी गर्न पाइन्छ। ‘समग्रमा भन्नु पर्दा श्रेणी घटुवा हुदाँ शिर निहुरिएको हुन्छ,’ उनले भनिन् ‘यसको निकास सरकार र मानव अधिकार आयोगले निकाल्नुपर्छ।’ 

मानव अधिकारकर्मी चरण प्रसाईंले सरकारले तत्काल नियुक्ति प्रक्रिया सच्चाउनुपर्ने बताए। ‘संयुक्त राष्ट्रसंघका विषयविज्ञ हुने यी स्पेशल र्‍यापोर्टरहरूले आयोगप्रति गरेको टिप्पणीमै  गम्भीर हुनुपर्नेमा उक्त अवसर गुमाएका छौं,' प्रसाईंले भने, ‘हालसम्म ‘ए’ श्रेणीमा रहेको नेपालको आयोगलाई एक तह  मूल्यांकन भयो अर्को तह हुँदा अप्ठ्यारो पर्ने निश्चित छ।’

सरकारले पहल नगरे  नेपाल घटुवा हुने निश्चित नै रहेको उनले बताए। 

‘नियुक्ति राजनीतिक प्रभाबबाट मुक्त नभएको कुरा उठेको छ। उनीहरूको चासो अहिले अपारदर्शी नियुक्ति भएकोमा देखिन्छ’, उनले भने, ‘आयोग भनेको पीडितहरूको पक्षमा वकालत गर्ने संवैधानिक निकाय थियो। अब त्यो बुझाइ समाप्त हुन्छ।’ 

आयोगको स्वायत्ततामाथि यस्ता कार्यले धक्का लाग्ने उनी बताउँछन्। 

‘जुन उद्देश्यका लागि स्थापित भएको हो त्यो विपरीत हुने भयो भन्ने हुन्छ’, प्रसाईंले भने, ‘यसले दण्डहीनता र आपराधिकरणलाई संस्थागत गर्छ। त्यतिमात्र होइन, नेपालको मानव अधिकारको अवस्था राम्रो छैन भन्ने सन्देश समेत जान्छ।’

अधिवक्ता एवं अन्तर्राष्ट्रिय कानुनका जानकार राजु चापागाईँले पनि मानव अधिकार आयोगको स्तर घटुवा हुने कुरा राम्रो नभएको बताए। सरकारले तत्काल यसका लागि आवश्यक पहल गरेर त्यसलाई रोक्नुपर्ने बताए।

के थियो ओएचसीएचआरको टिप्पणी?
संयुक्त राष्ट्रसंघका विभिन्न विषयगत समितिका र्‍यापोर्टरहरूले वैशाख १४ गते जेनेभाबाट विज्ञप्ति जारी गर्दै नेपाल सरकारले आयोगमा गरेको नियुक्ति अपारदर्शी, पेरिस सिद्धान्तविपरीत र खुल्ला नभएको टिप्पणी गरेका छन्। 

उनीहरूले आयोगको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि पनि प्रश्न उठाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थितिमा तत्काल सुधार ल्याउन पनि सरकारलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भएको नियुक्तिले आयोगको स्वतन्त्रता, अखण्डता र वैधतालाई अवमूल्यन गर्ने उनीहरूको टिप्पणी छ। ‘यी सबै कारण मानव अधिकार उल्लंघनमा परेका नेपाली जनतालाई उपयुक्त उपचार प्राप्त गर्न नै बाधा पुर्‍याउँछ’, उनीहरूको टिप्पणीमा भनिएको छ, ‘यसले मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाजलाई पनि निरुत्साहित गर्नेछ।’

राष्ट्रिय मानव अधिकार संस्थाहरूको प्रभावकारिता र विश्वसनीयताका लागि न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डहरूको व्यवस्था गरेको पेरिस सिद्धान्तलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९३ मा पारित गरेको थियो। सन् २०१९ को मार्चमा भएको पुनरावलोकनबाट नेपालको मानवअधिकार आयोग ‘ए’ श्रेणीमा परेपछि पालना गर्नुपर्ने मापदण्डको कार्यान्वयन गर्न नेपालका सरकारी अधिकारीहरू असफल भएको राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी छ। 

नेपालमा सशस्त्र द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या, बेपत्ता, यातनाजस्ता अपराधमा जवाफदेही बनाउन तथा संक्रमणकालीन न्यायिक प्रक्रिया अगाडि बढाउन पनि मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्ने उनीहरूको टिप्पणी छ। अघिल्लोपटक सरकारले चैत २४ गते आयोगमाथि उठेको प्रश्नमा जवाफ पठाएको थियो।

संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गाङ्ह्रीको सचिवालयका रूपमा काम गर्ने भएकाले यो प्रश्न संयुक्त राष्ट्र संघको पनि प्रश्न थियो।

१० चैतमा राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र लेखेर ‘विवादास्पद’ नियुक्तिबारे परेको उजुरीका आधारमा जवाफ दिन भनेको थियो। आयोगमा ‘पेरिस सिद्धान्त’ विपरीत नियुक्ति भएको भन्दै गाङ्ह्रीले १५ दिनभित्र जवाफ दिन भनेको थियो।


सम्बन्धित सामग्री:

‘आयोगका पदाधिकारीलाई तत्काल राजीनामा गराएर नयाँ नियुक्ति गराैं’

मानव अधिकार आयोगको नियुक्तिमा फेरि अन्तर्राष्ट्रिय प्रश्न, राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी- ‘नियुक्तिमा समस्या छन्’

मानव अधिकार आयोगमाथि अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्दा किन मौन छन् नेपालका अधिकारवादीहरू?

प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ ललितपुरमा जारी पार्टीको तेस्रो केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफलका क्रममा पौडेलले पार्टीको जनतासँगको... मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु बैठकमा आजबाट केन्द्रीय सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीको प्रतिवेदनमा धारणाा राख्ने क्रम सुरु हुनेछ । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता मंगलबार, असोज ६, २०८३
पौडेलको निष्कर्ष: जनतासँग टुटेको सम्बन्ध जोड्न एमालेले बलियो संगठन बनाउनुपर्छ मंगलबार, असोज ६, २०८३
महासभामा इरानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क पुगे अराघ्ची मंगलबार, असोज ६, २०८३
सुनचाँदीको मूल्य घट्यो मंगलबार, असोज ६, २०८३
एमाले केन्द्रीय कमिटी बैठक सुरु मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्