• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ १७, २०८३ Wed, Sep 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
मानवअधिकार समुदायको जोड

‘आयोगका पदाधिकारीलाई तत्काल राजीनामा गराएर नयाँ नियुक्ति गराैं’

64x64
दुर्गा दुलाल आइतबार, वैशाख १९, २०७८  १२:४५
1140x725

काठमाडौं- राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्तिबारे संयुक्त राष्ट्र संघका स्पेशल र्‍यापोर्टरहरूले पछिल्लोपटक गरेको टिप्पणीले आयोगमाथि अन्तर्राष्ट्रियस्तरमा झन् चिन्ता बढाएको नेपालका मानव अधिकारकर्मीहरूको बताएका छन्। 

अन्तर्राष्ट्रियस्तरमा एकपछि अर्को रूपमा भएको यो टिप्पणी समयै सच्चाउन पनि उनीहरूको सुझाव छ। सरकारले यसलाई तत्काल गम्भीर रूपमा लिनुपर्ने, नभए  अन्तर्राष्ट्रियस्तरमै मानव अधिकारका विषयमा नेपालका कुनैपनि प्रतिवद्धतामाथि प्रश्न उठ्ने उनीहरुको तर्क छ।

नेपालमाथि यसअघि नै द्वन्द्वकालीन मुद्दादेखि अन्य विषयमा दण्डहीनतालाई प्रश्रय दिएको आरोप लागेको अवस्थामा एकपछि अर्को रूपमा संयुक्त राष्ट्रसंघबाट भएको टिप्पणीबाट सरकार सच्चिनुपर्ने उनीहरूको सुझाव छ। आयोगका पूर्वपदाधिकारी र मानव अधिकारका क्षेत्रमा क्रियाशील रहेका मानव अधिकारकर्मीहरूले हाल आयोगमा रहेका पदाधिकारीहरूलाई तत्काल राजीनामा गराएर पारदर्शी रूपमा नयाँ नियुक्तिको प्रक्रिया अबलम्वन गर्नुपर्ने समेत माग गरेका छन्।

सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मात्र नियुक्तिका लागि सिफारिस गरेको पत्र संसद् सचिवालयमा दर्ता गराएपछि उनीहरू सुनुवाइबिनै नियुक्त भएका थिए। सरकारले आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश तपबहादुर मगर र सदस्यमा सूर्यप्रसाद ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापालाई नियुक्त गरेको थियो। मंसिर ३० मा सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको थियो र प्रधानमन्त्रीसहित परिषद्का तीन सदस्य बसेर नियुक्तिको सिफारिस गरेका थिए।  प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना बसेर सिफारिस गरेका थिए। 

सरकारको छायाँमा आयोग

संविधानमा संवैधानिक परिषद्मा सभामुख, उपसभामुख र प्रमुख प्रतिपक्ष दलको नेता समेत हुने, परिषद्ले सिफारिस गरेकालाई संसदीय सुनुवाइ गनुपर्ने व्यवस्था छ। तर, सरकारले 'आफ्ना मान्छे' नियुक्त गर्न यी दुवै कुरा छलेपछि राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठेको छ। यो विवाद सम्बन्धमा सर्वोच्च अदालतमा मुद्दा पनि विचाराधीन छ। संवैधानिक इजलासमा रहेको मुद्दाको सुनुवाइ भएको छैन भने नियमित इजलासमा पेशी चढिरहेको छैन। अब कोरोना महामारी नियन्त्रण र रोकथामका लागि निषेधाज्ञा लागू भएकाले तत्काल सुनुवाइ हुने अवस्था देखिँदैन। 

राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले आयोगलाई कमजोर बनाउने सोचका साथ नियुक्ति गर्दा अन्तर्राष्ट्रिय रुपमा प्रश्न उठेको टिप्पणी गरिन्। ‘सरकार सशक्त भएको अवस्थामा राष्ट्रिय संस्थाहरू कमजोर बनाइनु भनेको आयोगहरूलाई सरकारको पूर्ण छायामा राख्नु हो’, उनले भनिन्, ‘यसलाई सच्चाउनु पर्छ।’ 

मानव अधिकार आयोगका पूर्वसदस्य गौरी प्रधानको विचारमा लगातार रूपमा अन्तर्राष्ट्रियस्तरमा भइरहेको टिप्पणीले राम्रो सन्देश प्रवाह भएको छैन। नेपालमा दण्डहीनता कायम रहेको भनि अन्तर्राष्ट्रिय समुदायले भन्दै आएको समयमा झन् नियुक्तिमाथि नै प्रश्न उठेकाले तत्काल सरकारले सम्बोधन गरेर यसलाई सच्चाउनुपर्ने उनको सुझाव छ। 

Ncell 2
Ncell 2
nimb
nimb

मानव अधिकारकर्मी चरण प्रसाईंले सरकारले तत्काल नियुक्ति प्रक्रिया सच्चाउनुपर्ने बताए। ‘संयुक्त राष्ट्रसंघका विषयविज्ञ हुने यी स्पेशल र्‍यापोर्टरहरूले आयोगप्रति गरेको टिप्पणी गम्भीर कुरा हो’, प्रसाईंले भने, ‘हालसम्म ‘ए’ श्रेणीमा रहेको नेपालको आयोगलाई अब मूल्यांकन हुँदा अप्ठ्यारो पर्ने निश्चित छ।’ यसरी उठ्ने प्रश्नले नेपाललाई घटुवा गर्न मद्दत गर्ने उनको बुझाइ छ। 

‘राजनीतिक प्रभाववाट मुक्त नभएको कुरा उठेको छ। उनीहरूको चासो अहिले अपरादर्शी नियुक्ति भएकोमा देखिन्छ’, उनले भने, ‘आयोग भनेको पीडितहरूको पक्षमा वकालत गर्ने संवैधानिक निकाय थियो। अब त्यो बुझाइ समाप्त हुन्छ।’  आयोगको स्वायतत्तामाथि यस्ता कार्यले धक्का लाग्ने उनी बताउँछन्। 

‘जुन उद्देश्यका लागि स्थापित भएको हो त्यस विपरीत हुने भयो भन्ने हुन्छ’, प्रसाईंले भने, ‘यसले दण्डहीनता र अपराधीकरणलाई संस्थागत गर्छ। त्यतिमात्र होइन, नेपालको मानव अधिकारको अवस्था राम्रो छैन भन्ने सन्देश समेत जान्छ।’ 

अघिल्लोपटक सरकारले पठाएको जवाफपछि आएको यो टिप्पणीलाई झन् गम्भीर रूपमा लिनुपर्ने उनको सुझाव छ। यो जवाफमा संयुक्त राष्ट्रसंघ सन्तुष्ट नहुने खतरा बढेको प्रसाईंको चिन्ता छ। 

नेपाल मानव अधिकार परिषद्को सदस्य भएकाले पनि आयोगमा भएको नियुक्ति बेलैमा सच्याउनुपने उनको तर्क छ। ‘उनीहरूले नेपालको बारेमा टिप्पणी र गम्भीर प्रश्न उठाउनु भनेको सदस्यतामाथि पनि नैतिक प्रश्न हो’, उनले भने, ‘मानव अधिकार परिषद्मा बसेर जिम्मेवारी नगरेको देखिन जान्छ। पदको गरिमा रहँदैन। परिषद्मा आफ्ना कुरा राख्ने नैतिकता पनि गुमाउने अवस्था हुन्छ।’ आफूहरूले विगतमा पनि सरकारलाई भन्दै आएको र फेरि पनि झक्झक्याउने काम जारी राख्ने उनले बताए। 

मानव अधिकारकर्मी इन्द्र अर्यालले पनि यो समस्या समाधानको सहज उपाय भनेको राजीनामा गराएर नयाँ नियुक्ति भएको बताए। ‘संविधानले परिकल्पना गरेको व्यवस्था विपरीत गरेको नियुक्ति सच्चाएर अन्तर्राष्ट्रियस्तरमा उठेको प्रश्नमा सच्चिनुपर्छ’, अर्यालले भने, ‘संविधानको व्यवस्था, पेरिस सिद्धान्त र विगतका अभ्यास लत्याएर गरिने कार्यले आयोग सरकारको पकडमा त होला। तर, त्यसले विश्वस्तरमा सरकारलाई नै अप्ठ्यारो पार्छ।’

संविधानमा कुन अवधारणाले संवैधानिक परिषद्को व्यवस्था भएको छ यसलाई स्वीकार गरेर जानुपर्ने अर्यालको सुझाव छ। ‘नियुक्तिमा कहिलेकाहीँ भागवन्डा होला। तर, पत्याउने विधि र प्रक्रिया त हुन पर्ला नि!’, उनले भने, ‘धेरै मानिसले पत्याउने मानिस त हुनुपर्ला। पेरिस प्रिन्सिपल बाहिर गएपछि संयुक्त राष्ट्रसंघले मान्यता दिँदैन। अहिले यही भएको हो।’  

अन्तर्राष्ट्रिय रूपमा मान्यता नपाएको मानव अधिकार आयोगको अर्थ नहुने उनको तर्क छ। ‘सरकारले चाहेकै आयोग कमजोर होस् भन्ने थियो। आयोगको ग्रेडिङ कमजोर भएपछि सरकारलाई आफू मातहत राख्न सक्छु भन्ने गलत बुझाइ भएको देखियो’, उनले भने, ‘आयोगको स्तर घटेमा हामी सबैलाई घाटा छ। अहिलेसम्म पूर्वप्रधानन्यायाधीश समेत नभएकाले यस्तो टिप्पणी उठेको देखिन्छ।’ 

यस्तो थियो टिप्पणी 
संयुक्त राष्ट्रसंघका विभिन्न विषयगत समितिका र्‍यापोर्टरहरूले वैशाख १४ गते जेनेभाबाट विज्ञप्ति जारी गर्दै सरकारले आयोगमा गरेको नियुक्ति अपारदर्शी, पेरिस सिद्धान्तविपरीत र खुल्ला नभएको टिप्पणी गरेका छन्। 

उनीहरूले आयोगको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वसनीयतामाथि पनि प्रश्न उठाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थितिमा तत्काल सुधार ल्याउन पनि सरकारलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भएको नियुक्तिले आयोगको स्वतन्त्रता, अखण्डता र वैधतालाई अवमूल्यन गर्ने उनीहरूको टिप्पणी छ। यी सबै कारणले मानव अधिकार उल्लंघनमा परेका नेपाली जनतालाई उपयुक्त उपचार प्राप्त गर्न नै बाधा पुर्‍याउँछ’, उनीहरूको टिप्पणीमा भनिएको छ ‘यसले मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाजलाई पनि निरुत्साहित गर्नेछ।’

राष्ट्रिय मानव अधिकार संस्थाहरूको प्रभावकारिता र विश्वसनीयताका लागि न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डहरूको व्यवस्था गरेको पेरिस सिद्धान्तलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९३ मा पारित गरेको थियो। सन् २०१९ को मार्चमा भएको पुनरावलोकनबाट नेपालको मानवअधिकार आयोग ‘ए’ श्रेणीमा परेपछि उसले पालना गर्नुपर्ने मापदण्डको कार्यान्वयन गर्न नेपालका सरकारी अधिकारीहरू असफल भएको राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी छ। 

नेपालमा सशस्त्र द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या, बेपत्ता, यातनाजस्ता अपराधमा जवाफदेही बनाउन तथा संक्रमणकालीन न्यायिक प्रक्रिया अगाडि बढाउन पनि मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्ने उनीहरूको टिप्पणी छ। अघिल्लोपटक सरकारले चैत २४ गते आयोगमाथि उठेको प्रश्नमा जवाफ पठाएको थियो।

नेपालको मानव अधिकार आयोगमा गरिएको नियुक्तिलाई लिएर मानव अधिकारवादी संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री)ले प्रश्न उठाएको थियो। 
 
संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले गाङ्ह्रीको सचिवालयका रूपमा काम गर्ने भएकाले यो प्रश्न संयुक्त राष्ट्र संघको पनि प्रश्न थियो। 

ओएचसीएचआरले नेपालसहित हङकङको एक संस्थाले गरेको उजुरीको आधारमा पत्र लेखेको थियो। १० चैतमा राष्ट्रिय मानवअधिकार आयोगलाई पत्र लेखेर ‘विवादास्पद’ नियुक्तिबारे परेको उजुरीका आधारमा जवाफ दिन भनेको थियो। आयोगमा ‘पेरिस सिद्धान्त’ विपरीत नियुक्ति भएको भन्दै गाङ्ह्रीले १५ दिनभित्र जवाफ दिन भनेको थियो। 

के हुन्छ ग्रेड घट्दा?
राष्ट्रिय मानव अधिकार आयोगमा हुने नियुक्ति प्रक्रिया अपारदर्शी भएपछि नेपालको ‘ग्रेड किन घटुवा नगर्ने’ भन्ने प्रश्नसमेत ओएचसीएचआरले सोधेको छ। पछिल्लो मूल्यांकनमा विश्वभरका १२७ मुलुकमध्ये नेपाल पनि ‘ए ग्रेड’मा छ। नेपालले त्यही ‘ए ग्रेड’को ‘स्टाटस’ देखाएर राष्ट्रसंघको मानवअधिकार परिषद्को सदस्यका लागि निर्वाचनमा भाग लिँदै दोस्रोपटक सदस्य जितेको थियो।  

२०२१ जनवरी २० मा गरिएको पछिल्लो मूल्यांकनमा विश्वभरका १२७ वटा आयोगमध्ये नेपालसहित ८४ वटालाई ‘ए ग्रेड’, ३३ वटालाई ‘बी ग्रेड’ र १० वटालाई ‘सी ग्रेड’ मा राखिएको थियो।  

‘ए ग्रेड’मा पर्नुको अर्थ देशमा मानवअधिकारको अवस्था राम्रो भएको सन्देश दिने पनि हो। ‘ए ग्रेड’मा परेका मानवअधिकार आयोगहरूले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन (परिषद्को सदस्य नभए पनि), अन्य देशका मानवअधिकार प्रतिवेदनमाथि टिप्पणी गर्न र प्रश्न उठाउन पाउँछन्। संयुक्त राष्ट्रसंघको महासभामा पनि भाग लिन पाउँछन्। साथै, राष्ट्रसंघीय ‘स्पेशल र्‍यापोर्टर’ हरूको प्रतिवेदनमाथि हुने छलफलमा सहभागी हुन पाउँछन्।  

गाङ्ह्रीले हरेक चार वर्षमा मूल्यांकन गरेर राष्ट्रिय मानवअधिकार आयोगहरूको ग्रेड निर्धारण गर्छ। सन् २००० मा आयोग स्थापनापछि भएको हरेक मूल्यांकनमा ‘ए ग्रेड’मा पर्दै आएको नेपालको पछिल्लो मूल्यांकन सन् २०१९ मा भएको थियो। नियमित मूल्यांकनको पालो सन् २०२३ मा मात्र आउँछ। तर, ‘थर्ड पार्टी कम्प्लेन’का आधारमा भने बीचमै मूल्यांकन हुन सक्नेछ। नेपाल घटुवा भए नेपालले सुरक्षा परिषद्को अस्थायी सदस्यमा घोषणा गरेको उम्देवारीमा समेत प्रत्यक्ष असर पर्ने छ।

सम्बन्धित समाचार :

मानव अधिकार आयोगको नियुक्तिमा फेरि अन्तर्राष्ट्रिय प्रश्न, राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी- ‘नियुक्तिमा समस्या छन्’

संयुक्त राष्ट्रसंघलाई सरकारले पठायो जवाफ : संवैधानिक नियुक्ति स्वतन्त्र र संविधान अनुसार भएको दाबी

मानव अधिकार आयोगमाथि अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्दा किन मौन छन् नेपालका अधिकारवादीहरू?

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  १२:४५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
महामारी रोक्न बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य निगरानी तीव्र प्रभावित क्षेत्रमा विशेष स्वास्थ्य टोलीसँगै फिल्ड इपिडेमियोलोजीमा प्रशिक्षित जनशक्ति परिचालन गरिएको छ भने विश्व स्वास्थ्य संगठनको सह... मंगलबार, भदौ १६, २०८३
हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री शाह प्रधानमन्त्री शाहले भोटेकोशी नदीमा गएको बाढी सामान्य नभएको उल्लेख गरे । मंगलबार, भदौ १६, २०८३
सर्वदलीय बैठकका तीन निष्कर्ष : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य मंगलबार रास्वपाले बोलाएको बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र भोटेकोश... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
स्थानीय तहलाई थप ६ करोड ७५ लाख मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी प्रभावितको उद्धार र पुन:स्थापनामा सिप्रेडको १० लाख सहयोग मंगलबार, भदौ १६, २०८३
बाढीपछि प्रहरीलाई अर्को चुनौती : शव पहिचानदेखि खाली घरको सुरक्षा र अपराध नियन्त्रणसम्म मंगलबार, भदौ १६, २०८३
‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
आजदेखि हेटौंडादेखि काठमाडौं चल्ने सवारीसाधनको छुट्टाछुट्टै रुट मंगलबार, भदौ १६, २०८३
रसुवा, धादिङ र ललितपुरका सडकखण्ड पूर्ण अवरुद्ध मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
चीनले पठायो ताताेपानी भन्सार बन्द गरेकाे सूचना सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्