• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मानव अधिकार आयोगको नियुक्तिमा फेरि अन्तर्राष्ट्रिय प्रश्न, राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी- ‘नियुक्तिमा समस्या छन्’ 

64x64
नेपाल लाइभ मंगलबार, वैशाख १४, २०७८  १७:४३
1140x725

काठमाडाैं- नेपालको राष्ट्रिय मानव अधिकार आयोगमा भएको नियुक्तिका विषयमा अन्तर्राष्ट्रिय रूपमा फेरि प्रश्न उठेको छ। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले उठाएको प्रश्नमा सरकारले जवाफ दिएको केही दिनमै फेरि यस्तो प्रश्न उठेको हो । 

संयुक्त राष्ट्रसंघका विभिन्न विषयगत समितिका र्‍यापोर्टरहरूले मंगलबार जेनेभाबाट विज्ञप्ति जारी गर्दै सरकारले हालैमात्र आयोगमा गरेको नियुक्ति अपारदर्शी, पेरिस सिद्धान्तको विपरीत र खुल्ला नभएको टिप्पणी गरेका छन्।

उनीहरूले यो नियुक्ति अन्तर्राष्ट्रिय मापदण्ड विपरीत हुनुका साथै त्यसले आयोगको स्वतन्त्रतामा आँच पुर्‍याउने समेत टिप्पणी गरेका छन्। उनीहरूले आयोगको राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्सनियतामाथि पनि प्रश्न उठाउने भन्दै चिन्ता व्यक्त गरेका छन्। उनीहरूले स्थितिमा तत्काल सुधार ल्याउन पनि सरकारलाई आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय मापदण्ड विपरीत भएको नियुक्तिले आयोगको स्वतन्त्रता, अखण्डता र वैधतालाई अवमूल्यन गर्ने उनीहरूको टिप्पणी छ। यी सबै कारणले मानव अधिकार उल्लंघनमा परेका नेपाली जनतालाई उपयुक्त उपचार प्राप्त गर्न नै बाधा पुर्‍याउँछ’, उनीहरूको टिप्पणीमा भनिएको छ ‘यसले मानव अधिकारको क्षेत्रमा क्रियाशील नागरिक समाजलाई पनि निरुत्साहित गर्नेछ।’

राष्ट्रिय मानव अधिकार संस्थाहरूको प्रभावकारिता र विश्वसनीयताका लागि न्यूनतम अन्तर्राष्ट्रिय मापदण्डहरूको व्यवस्था गरेको पेरिस सिद्धान्तलाई संयुक्त राष्ट्रसंघको साधारण सभाले सन् १९९३ मा पारित गरेको थियो। सन् २०१९ को मार्चमा भएको पुनरवलोकनबाट नेपालको मानव अधिकार आयोग ‘ए’ श्रेणीमा परेपछि उसले पालना गर्नुपर्ने मापदण्डको कार्यान्वयन गर्न नेपालका सरकारी अधिकारीहरू असफल भएको राष्ट्रसंघीय विज्ञहरूको टिप्पणी छ। 

नेपालमा सशस्त्र द्वन्द्वकालमा भएका गैरन्यायिक हत्या, बेपत्ता, यातनाजस्ता अपराधमा जवाफदेही बनाउन तथा संक्रमणकालीन न्यायिक प्रक्रिया अगाडि बढाउन पनि नेपालको मानवअधिकार आयोग स्वतन्त्र  हुनुपर्ने उनीहरूको टिप्पणी छ। अघिल्लोपटक सरकारले चैत २४ गते आयोगमाथि उठेको प्रश्नलाई उत्तर दिँदै जवाफ पठाएको थियो।

सरकारले आयोगमा नियुक्त भएका व्यक्तिहरू योग्य नै भएको र निष्पक्ष भएको दाबी गरेको थियो। सरकारले २०७७ मंसिर ३० मा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्दै आयोगसहित विभिन्न ३२ संवैधानिक निकायमा सिफारिस  गरेको थियो। उनीहरूको संसदीय सुनुवाइ नै नभई नियुक्ति गरिएको थियो।

सरकारले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि मात्र संसद् सचिवालयमा दर्ता गराएपछि उनीहरू सुनुवाइबिनै नियुक्त भएका थिए। सरकारले आयोगको अध्यक्षमा सर्वोच्चमा पूर्वन्यायाधीश तपबहादुर मगर र सदस्यमा सूर्यप्रसाद ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापालाई नियुक्त गरेको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

संयुक्त राष्ट्रसंघको दोस्रो पटक सदस्य भएको समयमा आयोगमा गरिएको अपारदर्शी नियुक्तिलाई लिएर मानव अधिकारवादी संस्थाहरूको विश्वव्यापी सञ्जाल (गाङ्ह्री)ले प्रश्न उठाएको थियो। संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर) ले गाङ्ह्रीको सचिवालयका रूपमा काम गर्ने भएकाले यो प्रश्न संयुक्त राष्ट्रसंघको पनि प्रश्न थियो। 

यूएनको ओएचसीएचआरले नेपालसहित हङकङको एक संस्थाले गरेको उजुरीको आधारमा उठाउँदै पत्र लेखेको थियो। मानव अधिकार आयोगलाई लेखेको पत्र मन्त्रिपरिषद् कार्यालय र परराष्ट्र मन्त्रालयमा  पठाउँदै जवाफ फर्काइएको थियो।

सम्बन्धित समाचार :

संयुक्त राष्ट्रसंघलाई सरकारले पठायो जवाफ : संवैधानिक नियुक्ति स्वतन्त्र र संविधान अनुसार भएको दाबी

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

मानव अधिकार आयोगमाथि अन्तर्राष्ट्रियस्तरमा प्रश्न उठ्दा किन मौन छन् नेपालका अधिकारवादीहरू?

 

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८  १७:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्... मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... फरार भनिएका उनी गोरखा पुगेर गृहमन्त्रीसँगै हिँड्दै सेल्फी र भिडियो खिच्न सफल भएका थिए। मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी यस वर्षको दशैँ अवधिमा देशभरको समग्र शान्ति सुरक्षाको अवस्था सुदृढ र सामान्य रहेको नेपाल प्रहरीले जनाएको हो । मंगलबार, कात्तिक ३, २०८३
ताजा समाचारसबै
दशैं त आफन्तसँग रमाइलो गर्ने पर्व हो, मानिसहरु आइसोलेट भएर किताब पढ्छन् भन्ने लाग्दैन: प्रकाश तिवारी [अन्तर्वार्ता] मंगलबार, कात्तिक ३, २०८३
दशैंमा घर जाँदा छुटाउनै नहुने यी औषधि मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्