काठमाडाै- आइडिया स्टुडियो नेपालले २०२२ नोभेम्बर १५ मा ‘आइडिया स्टुडियो सिजन७ ‘ को लागि आवेदन खुला गरेको छ। आइडिया स्टुडियो नेपालले आनन्द पशुपति होटल तिल गंगामा मंगलबार पत्रकार सम्मेलन गर्दै ‘आइडिया स्टुडियो सिजन ७ ‘को लागि आवेदन खुलाएको हो ।
आइडिया स्टुडियो नेपाल सिजन ६ सम्म ४५०० भन्दा बढी नवीन विचारहरुको आवेदन प्राप्त भएको थियो । त्यस मध्ये ३५० भन्दा बढी व्यवसायहरु इन्क्युबेट भइसकेका छन् । आइडिया स्टुडियो नेपालबाट इन्क्युबेट भएका व्यवसायहरु मध्ये ६५् भन्दा बढि व्यवसायहरु सफलतापूर्वक संचालनमा रहेका छन् ।
आइडिया स्टुडियो नेपालले आफ्नो हरेक सिजनमा नेपाली उत्पादनलाई प्रवर्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्धन गर्ने व्यवसायिक आइडियाहरुलाई विशेष प्राथमिकता दिदै सोहि विचारहरुलाई उत्कृष्ट बनाउन सर–सल्लाह ,व्यवसायीक संजाल, इन्क्युबेसन कार्यक्रम , मेन्टरशिप , रियालिटी टिभी सो साथ साथै वित्तीयपहुँचकालागी सहजिकरण गराउन मद्दत पुर्याउदै आएको छ ।
हाल सम्म आइडिया स्टुडियो नेपालले आफ्नो बिभिन्नकार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७वर्ष उमेर समूहकाव्यक्तिहरूको व्यापक सहभागिता जुटाउन सफलभएको छ।
कलेज आईडिया हन्ट २०२२ माप्राप्तभएको विचारहरु मध्ये २० विचारहरुलाई १५ दिनको इन्क्युबेसन साथै मेन्टर शिपप्रधानगरिएको थियो । छनौट भएकाउक्त २० विचारलाई इन्क्युबेसन र मेन्टरशिपप्रकृया पछि डेमो पिचको माध्यमबाट १० उत्कृष्ट विचारलाई अन्तिमप्रकृयाको लागि छनौट गरिएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।