काठमाडौं– युएईविरुद्ध नेपालले तीन विकेटको जित निकालेको छ। तीन खेलको एक दिवसीय शृंखलाअन्र्तगत दोस्रो खेलमा नेपालले जित निकालेको हो।
यो जितसँगै तीन खेलको श्रृखला अहिलेसम्म एक–एकको बराबरी भएको छ। अब अन्तिम खेलबाट को विजयी हुने भन्ने टुंगो लाग्ने भएको छ। तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ।
युएईले दिएको १९२ रनको लक्ष्य घरेलु टोली नेपालले ओभरमा ७ विकेट गुमाउँदै पूरा ग¥यो। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपाललाई १९२ रनको सामान्य लक्ष्य दिएको थियो। ४३ दशमलव २ ओभरमा अललाउट हुँदै युएईले १९१ रन बनाएको थियो।
१९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएर लक्ष्य भेट्टायो। नेपालका लागि आरिफ शेखले ३३, सोमपाल कामी १६ रन बनाउँदै नटआउट रहे।
गुल्सन झाले ३७, कुशल भुर्तेल ३५, ज्ञानेन्द्र मल्ल २६, दीपेन्द्रसिंह ऐरी १३, रोहित पौडेल ८ र आसिफ शेखले ६ रन बनाए। अर्जुन साउद शून्यमै आउट भए।
युएईका लागि रोहन मुस्ताफाले ३ विकेट लिए। हजरत बिलालले २ तथा बसिल हमिदले १ विकेट लिए।
युएईका ओपनर मुहम्मद वसिम र वृत्य अरविन्दले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरे। अरविन्द २५ रन बनाए भने वसिमले ५० रन जोडे। अलिसान सराफूले ३५, वसिर अमिदले २४,सीपी रिजवान २२ र विष्णु सुकुमारमले १५ रन बनाए।
नेपालका लागि ललित राजवंशी र सोमपाल कामीले समान ३–३ विकेट लिए। गुल्सन झा, करण केसी, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरी समान १–१ विकेट लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।