काठमाडौं– हिमालयन डिस्टिलरीले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म आउँदा कम्पनीले खुदा नाफा २.१२ प्रतिशतले बढाउँन सफल भएको छ। यस अवधिसम्म आउँदा कम्पनीले २१ करोड ५७ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
गतवर्ष सोही अवधिसम्ममा कम्पनीको नाफा २१ करोड १२ लाख ८१ हजार रुपैयाँ थियो। असोज मसान्तसम्म सञ्चालन आम्दानी १२.२९ प्रतिशतले बढेर १ अर्ब ३८ करोड २४ लाख रुपैयाँ पुगेको कम्पनीले जनाएको छ। गतवर्ष यस्तो आम्दानी १ अर्ब २३ करोड १० लाख रुपैयाँ रहेको थियो।
यसको अन्य आम्दानी ३४ लाख ११ हजार रुपैयाँ रहेको छ। सञ्चालन नाफा २.४४ प्रतिशतले बढेर ३० करोड ३७ लाख रुपैयाँ पुगेको छ। सञ्चालन आम्दानी बढ्दा यसको नाफा पनि बढ्न सहयोग पुगेको हो।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड ८४ लाख ७९ हजार रुपैयाँ छ। जगेडा कोषमा १ अर्ब ५४ करोड ३३ लाख रुपैयाँ जम्मा भएको छ। असोज मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ १८ पैसाले बढेर ५६ रुपैयाँ ८४ पैसा पुगेको छ।
कम्पनीको प्रतिसेयर नेटवर्थ ५३ रुपैयाँ ७३ पैसाले घटेर २०१ रुपैयाँ ६४ पैसामा झरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।