• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत मधेश प्रदेश

नागरिकता मुद्दामा मत खोज्दै सत्ता-गठबन्धन

64x64
नवीन झा बुधबार, कात्तिक ३०, २०७९  १२:१४
1140x725

जनकपुर- गत आइतबार सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक लागू गराउने दावी गरे।

नेपाली कांग्रेसको पहलमा संसदबाट दुई/दुई पटक नागरिकता विधेयक पारित गराइए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेकाले लागू हुन नसकेको भन्दै निधिले गठबन्धनले बहुमत ल्याएपछि राष्ट्रपति पनि फेरिने र विधेयक पनि लागू हुने बताए।

संसदले दुई/दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्। 

अहिले यही विषयलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका नेताहरुले मधेस प्रदेशमा चुनावी मुद्दा बनाएका छन्। उनीहरुले यो मुद्दालाई एमालेसँग जोडेर प्रचार गरिरहेका छन्। गठबन्धनका नेताहरुले एमालेकै सल्लाहमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको आरोप लगाइरहेका छन्। 

Madhesh_Election_Campign1668580795.jpg

मधेस केन्द्रित दलहरुले नागरिकता विधेयकलाई सुरुदेखि नै राजनीतिक मुद्दा बनाए पनि सत्तास्वार्थमा प्रमुख दलहरुसँग मिलेकाले उनीहरुको आवाज प्रभावकारी देखिएको छैन। कांग्रेस र माओवादी नेताहरुले पनि नागरिकता मुद्दालाई चुनावको बेला मात्रै सकारात्मक रुपमा लिने र अरु समयमा खासै गम्भीरतापूर्वक नलिएको बुझाइ मधेसमा देखिन्छ।

गत शुक्रबार महोत्तरीको मटिहानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि नागरिकताको विषयलाई प्राथमिकताका साथ उठाए। ठाकुरले आफ्नो चुनावी प्रचारप्रसारको सुरुदेखि नै संविधान संशोधन र नागरिकता मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ। 

यसैगरी धनुषा- ३ का उम्मेदवार अनिल झाले पनि आफ्ना प्रतिस्पर्धी एमाले नेतृ जुली महतोविरुद्ध नागरिकताको विषयलाई उचालेको देखिन्छ।

Ncell 2
Ncell 2

जुलीका श्रीमान् तथा एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही समयअघि संसद्‌मा दिएको अभिव्यक्तिलाई  लोसपासहित गठबन्धनका अन्य दलले प्रतिकात्मक रुपमा प्रचारप्रसारमा ल्याएका छन्। महासेठले केही समयअघि ‘एक हातले सिन्दुर, अर्को हातले नागरिकता’ दिन नसकिने भन्ने अभिव्यक्ति दिएका थिए।

महासेठ आफैं पनि धनुषा- ४ बाट प्रतिनिधि सभा उम्मेदवार छन्। उनका प्रतिस्पर्धी कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पनि उनी विरुद्धको प्रचारप्रसारको हतियार उक्त अभिव्यक्तिलाई बनाएका छन्। मधेसका अन्य उम्मेदवारले पनि महासेठको अभिव्यक्तिलाई एमालेको धारणासँग जोडेर प्रचारप्रसार गरेको दखिन्छ। 

'नागरिकता मधेसको 'जेन्युन' मुद्दा'

तर नागरिकताका विषयमा नेताहरुले दिएको अभिव्यक्तिलाई मधेसका जनताले विश्वास गर्न भने सकिरहेका छैनन्। राजविराजका नागरिक समाजका अगुवा बलराम यादव नागरिकता मधेसको 'जेन्युन' मुद्दा भए पनि नेताहरुप्रतिको अविश्वासका कारण जनताले वास्ता नगरेको बताउँछन्।

Madhesh_Election_Campign_21668580795.jpg

‘नागरिकता, संविधान संशोधनसहित अधिकारका कैयौं सवाल अझै पनि मधेसका राजनीतिक मुद्दा हुन्,’ यादव भन्छन्, ‘तर मधेसी नेताहरुप्रति आम मधेसी जनतामा उत्पन्न भएको अविश्वासका कारण यो पटकको निर्वाचनमा यी मुद्दाले काम गरेको छैन।’

वीरगञ्ज बस्ने मधेसका वरिष्ठ पत्रकार चन्द्रकिशोर पनि नागरिकतासहित मधेसका सवाल नेताहरुकै कारण अलपत्र परेको बुझाइमा मधेसका मतदाता रहेको बताउँछन्। ‘मधेसका राजनीतिक मुद्दाहरु सकिएका छैनन्,’ पत्रकार चन्द्रकिशोर भन्छन्, ‘तर ४ मंसिरको नर्वाचनमा यी मुद्दाले जनतालाई छुन नसकेकै हो।’

यस्तो अवस्था आउनुमा मुख्य दोषी मधेसी नेताहरु नै भएको उनको दाबी छ। तेस्रो मधेस आन्दोलनपछि मधेस केन्द्रित दल र नेताहरुले एमाले र उनका अध्यक्ष केपी ओलीसँग हातेमालो गर्नु ठूलो गल्ती भएको चन्द्रकिशोरको बुझाइ छ। 

कांग्रेसकाे मधेस प्रदेशका सभापति कृष्ण यादवले नेपाल लाइभसँगको कुराकानीमा आफूहरुले नागरिकता विधेयक कसका कारण लागू नभएको भन्ने कुरा जनतालाई बुझाइरहेको बताए। यादवले मधेस प्रदेशमा आगामी निर्वाचन नागरिकताको सवालमा जनमत संग्रह सरह नै भएको दावी पनि गरे।

‘हुन त नागरिकताको मुद्दा मधेसको मात्रै होइन, यो समस्या पहाडमा पनि त्यत्तिकै छ,’ यादवले भने, ‘तर मधेसले यसलाई अगाडि ल्याएका कारण मधेसमा सरोकार बढी देखिन्छ। त्यसैले मधेसी जनताले यसलाई गम्भीरतापूर्वक लिएका हुन्।’ 

मधेसमा नागरिकताको विषय चुनावी मुद्दा बनिरहँदा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेता निधिले भनेजस्तै निर्वाचनपछि नयाँ राष्ट्रपति ल्याएर नागरिकता विधेयक पारित गराउने रणनीतिमा छ त?

कांग्रेस प्रवक्ता प्रकाशशरण महत नागरिकताको मुद्दामा आफूहरु प्रष्ट रहेको बताउँछन्। कांग्रेसले नागरिकताको समस्या समाधान गर्न चाहेको र त्यसमा खुट्टा कमाउने काम आफूहरुबाट नहुने उनको दाबी छ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नागरिकता समस्या सल्टाउन उपयुक्त बाटो खोज्ने महतको भनाइ छ। उनी भन्छन्, ‘निर्वाचनलगत्तै राष्ट्रपतिले स्वभाविक प्रकियाबाटै बिदा लिनुपर्ने हुन्छ। त्यतिबेला बहुमतका आधारमा हामी आफ्नो पक्षको राष्ट्रपति छान्न लागि पर्छौं।’

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:१४
  • #चुनाव_२०७९
  • #मुद्दा
  • #नागरिकता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन आयोगद्वारा आचारसंहिता कार्यान्वयनबारे राजनीतिक दलहरूसँग छलफल छलफलमा सहभागी राजनीतिक दलका प्रतिनिधिहरूले २१ फागुनमा हुने चुनावका लागि आ-आफ्नो तर्फबाट निर्वाचन आयोगलाई सुझाव दिइरहेका छन् । शुक्रबार, माघ २, २०८२
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
ताजा समाचारसबै
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
झापा ५ मा ओलीसँग चुनाव लड्न प्रचण्डले दिए रञ्जित तामाङलाई टिकट शनिबार, माघ ३, २०८२
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्