• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष
स्थलगत मधेश प्रदेश

नागरिकता मुद्दामा मत खोज्दै सत्ता-गठबन्धन

64x64
नवीन झा बुधबार, कात्तिक ३०, २०७९  १२:१४
1140x725

जनकपुर- गत आइतबार सर्लाहीको बरहथवामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्व उपसभापति बिमलेन्द्र निधिले आसन्न निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकता विधेयक लागू गराउने दावी गरे।

नेपाली कांग्रेसको पहलमा संसदबाट दुई/दुई पटक नागरिकता विधेयक पारित गराइए पनि राष्ट्रपतिले प्रमाणीकरण नगरेकाले लागू हुन नसकेको भन्दै निधिले गठबन्धनले बहुमत ल्याएपछि राष्ट्रपति पनि फेरिने र विधेयक पनि लागू हुने बताए।

संसदले दुई/दुई पटक पारित गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण नगरी फिर्ता पठाएकी थिइन्। 

अहिले यही विषयलाई सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाका नेताहरुले मधेस प्रदेशमा चुनावी मुद्दा बनाएका छन्। उनीहरुले यो मुद्दालाई एमालेसँग जोडेर प्रचार गरिरहेका छन्। गठबन्धनका नेताहरुले एमालेकै सल्लाहमा राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेको आरोप लगाइरहेका छन्। 

Madhesh_Election_Campign1668580795.jpg

मधेस केन्द्रित दलहरुले नागरिकता विधेयकलाई सुरुदेखि नै राजनीतिक मुद्दा बनाए पनि सत्तास्वार्थमा प्रमुख दलहरुसँग मिलेकाले उनीहरुको आवाज प्रभावकारी देखिएको छैन। कांग्रेस र माओवादी नेताहरुले पनि नागरिकता मुद्दालाई चुनावको बेला मात्रै सकारात्मक रुपमा लिने र अरु समयमा खासै गम्भीरतापूर्वक नलिएको बुझाइ मधेसमा देखिन्छ।

गत शुक्रबार महोत्तरीको मटिहानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा लोसपा अध्यक्ष महन्थ ठाकुरले पनि नागरिकताको विषयलाई प्राथमिकताका साथ उठाए। ठाकुरले आफ्नो चुनावी प्रचारप्रसारको सुरुदेखि नै संविधान संशोधन र नागरिकता मुद्दालाई प्राथमिकतामा राखेको देखिन्छ। 

यसैगरी धनुषा- ३ का उम्मेदवार अनिल झाले पनि आफ्ना प्रतिस्पर्धी एमाले नेतृ जुली महतोविरुद्ध नागरिकताको विषयलाई उचालेको देखिन्छ।

nimb
nimb

जुलीका श्रीमान् तथा एमाले स्थायी कमिटी सदस्य रघुवीर महासेठले केही समयअघि संसद्‌मा दिएको अभिव्यक्तिलाई  लोसपासहित गठबन्धनका अन्य दलले प्रतिकात्मक रुपमा प्रचारप्रसारमा ल्याएका छन्। महासेठले केही समयअघि ‘एक हातले सिन्दुर, अर्को हातले नागरिकता’ दिन नसकिने भन्ने अभिव्यक्ति दिएका थिए।

महासेठ आफैं पनि धनुषा- ४ बाट प्रतिनिधि सभा उम्मेदवार छन्। उनका प्रतिस्पर्धी कांग्रेस सहमहामन्त्री महेन्द्र यादवले पनि उनी विरुद्धको प्रचारप्रसारको हतियार उक्त अभिव्यक्तिलाई बनाएका छन्। मधेसका अन्य उम्मेदवारले पनि महासेठको अभिव्यक्तिलाई एमालेको धारणासँग जोडेर प्रचारप्रसार गरेको दखिन्छ। 

'नागरिकता मधेसको 'जेन्युन' मुद्दा'

तर नागरिकताका विषयमा नेताहरुले दिएको अभिव्यक्तिलाई मधेसका जनताले विश्वास गर्न भने सकिरहेका छैनन्। राजविराजका नागरिक समाजका अगुवा बलराम यादव नागरिकता मधेसको 'जेन्युन' मुद्दा भए पनि नेताहरुप्रतिको अविश्वासका कारण जनताले वास्ता नगरेको बताउँछन्।

Madhesh_Election_Campign_21668580795.jpg

‘नागरिकता, संविधान संशोधनसहित अधिकारका कैयौं सवाल अझै पनि मधेसका राजनीतिक मुद्दा हुन्,’ यादव भन्छन्, ‘तर मधेसी नेताहरुप्रति आम मधेसी जनतामा उत्पन्न भएको अविश्वासका कारण यो पटकको निर्वाचनमा यी मुद्दाले काम गरेको छैन।’

वीरगञ्ज बस्ने मधेसका वरिष्ठ पत्रकार चन्द्रकिशोर पनि नागरिकतासहित मधेसका सवाल नेताहरुकै कारण अलपत्र परेको बुझाइमा मधेसका मतदाता रहेको बताउँछन्। ‘मधेसका राजनीतिक मुद्दाहरु सकिएका छैनन्,’ पत्रकार चन्द्रकिशोर भन्छन्, ‘तर ४ मंसिरको नर्वाचनमा यी मुद्दाले जनतालाई छुन नसकेकै हो।’

यस्तो अवस्था आउनुमा मुख्य दोषी मधेसी नेताहरु नै भएको उनको दाबी छ। तेस्रो मधेस आन्दोलनपछि मधेस केन्द्रित दल र नेताहरुले एमाले र उनका अध्यक्ष केपी ओलीसँग हातेमालो गर्नु ठूलो गल्ती भएको चन्द्रकिशोरको बुझाइ छ। 

कांग्रेसकाे मधेस प्रदेशका सभापति कृष्ण यादवले नेपाल लाइभसँगको कुराकानीमा आफूहरुले नागरिकता विधेयक कसका कारण लागू नभएको भन्ने कुरा जनतालाई बुझाइरहेको बताए। यादवले मधेस प्रदेशमा आगामी निर्वाचन नागरिकताको सवालमा जनमत संग्रह सरह नै भएको दावी पनि गरे।

‘हुन त नागरिकताको मुद्दा मधेसको मात्रै होइन, यो समस्या पहाडमा पनि त्यत्तिकै छ,’ यादवले भने, ‘तर मधेसले यसलाई अगाडि ल्याएका कारण मधेसमा सरोकार बढी देखिन्छ। त्यसैले मधेसी जनताले यसलाई गम्भीरतापूर्वक लिएका हुन्।’ 

मधेसमा नागरिकताको विषय चुनावी मुद्दा बनिरहँदा सत्ता गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका नेता निधिले भनेजस्तै निर्वाचनपछि नयाँ राष्ट्रपति ल्याएर नागरिकता विधेयक पारित गराउने रणनीतिमा छ त?

कांग्रेस प्रवक्ता प्रकाशशरण महत नागरिकताको मुद्दामा आफूहरु प्रष्ट रहेको बताउँछन्। कांग्रेसले नागरिकताको समस्या समाधान गर्न चाहेको र त्यसमा खुट्टा कमाउने काम आफूहरुबाट नहुने उनको दाबी छ।

निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले नागरिकता समस्या सल्टाउन उपयुक्त बाटो खोज्ने महतको भनाइ छ। उनी भन्छन्, ‘निर्वाचनलगत्तै राष्ट्रपतिले स्वभाविक प्रकियाबाटै बिदा लिनुपर्ने हुन्छ। त्यतिबेला बहुमतका आधारमा हामी आफ्नो पक्षको राष्ट्रपति छान्न लागि पर्छौं।’

प्रकाशित मिति: बुधबार, कात्तिक ३०, २०७९  १२:१४
  • #चुनाव_२०७९
  • #मुद्दा
  • #नागरिकता

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
ग्लोबल आइएमई बैंकद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा ५ करोड रुपैयाँ सहयोग बिहीबार, भदौ ११, २०८३
सरकारको स्रोत–साधनले मात्रै काम गर्न सम्भव छैन, सरकारलाई साथ दिन तयार छौँ : गगन थापा बिहीबार, भदौ ११, २०८३
रसुवा बाढी : मृत्यु संख्या १७७ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता बिहीबार, भदौ ११, २०८३
सर्वदलीय बैठकको १० बुँदे अपिल, उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन (पूर्णपाठ) बिहीबार, भदौ ११, २०८३
विपद् व्यवस्थापनका लागि स्रोतको अभाव हुँदैन : अर्थमन्त्री बिहीबार, भदौ ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
केरुङमा पनि पहिरो, उद्धारमा जुट्न सी जिनपिङको निर्देशन बुधबार, भदौ १०, २०८३
नेपालको विपद्‌मा सहयोग लिएर आउँदै सोनु सूद: भने– ‘नेपाल, तिमी एक्लो छैनौ, हामी खाना र आश्रय लिएर आउँदैछौँ’ बुधबार, भदौ १०, २०८३
नुवाकोटको विदुर ७ बाट पत्रकार निराजन पौडेलको परिवार सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
चीनमा पनि बाढी र पहिरोको वितण्डा : नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्