• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेस सरकारले कसरी काम गर्न सक्छ भन्ने हामी देखाउनेछौँ: कृष्ण यादव, कांग्रेसका मधेस प्रदेश सभापति [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  १८:३१
1140x725

मंसिर ४ को निर्वाचनमा दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। एकातिर, नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय सत्ता गठबन्धन छ। अर्कोतिर, एमालेको नेतृत्वमा जसपा र राप्रपासहितका दलहरुको गठबन्धन छ। चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगिरहेका छन्। मधेस प्रदेशमा पनि चुनावी प्रचारप्रसार तीव्र छ। यसैक्रममा रौतहटमा चुनावी प्रचारप्रसारमा भेटिए, नेपाली कांग्रेसका मधेस प्रदेश सभापति तथा रौतहट- १ (ख)का उम्मेदवार कृष्ण यादव। उनीसँग चुनावी प्रचारप्रसार र मधेस सरकारको भावी सम्भावनाका सन्दर्भमा नेपालका लाइभका लागि नवीन झाले गरेको कुराकानीः

तपाईं कांग्रेसको मधेस प्रदेशको सभापति हुनुहुन्छ। रौतहटबाट मधेस प्रदेश सभाको सदस्यका लागि प्रतिस्पर्धामा पनि हुनुहुन्छ। सम्रगमा मधेस प्रदेशमा निर्वाचन माहोल कस्तो छ?
मधेसमा कांग्रेसको अवस्था विगतमा भन्दा धेरै राम्रो छ। त्यो वैशाखको स्थानीय तहको निर्वाचनले पनि देखायो। तर मंसिर ४ को निर्वाचनमा हामी पार्टीगत रुपमा भन्दा पनि गठबन्धनबाट मधेसमा बढीभन्दा बढी जित्नेमा केन्द्रित छौँ। मधेसमा गठबन्धनको मत ७० प्रतिशतभन्दा बढी छ। हामी त्यसलाई थप प्रभावकारी बनाउने गरी काम गरिरहेका छौँ। र हाम्रो गठबन्धनबाट ९० प्रतिशतभन्दा बढी उम्मेदवारहरु जित्ने अवस्थाको निर्माण भएको छ।

मधेस प्रदेशमा तपाईंहरु कसरी परिचालित भइरहनुभएको छ?
केन्द्रले निर्वाचन परिचालनका लागि पार्टी र गठबन्धनको संयन्त्र बनाएको छ। त्यसले यो प्रदेशमा पनि राम्रै काम गरिरहेको छ। हामीले प्रदेश स्तरबाट पनि निर्णय गरेर गठबन्धनका दलहरुको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रदेखि वडा तहसम्म निर्वाचन परिचालन सम्बन्धी संयन्त्र बनाएर काम गरिरहेका छौँ।

गठबन्धन भएपछि कांग्रेसकै धेरै आकांक्षीहरु उम्मेदवार बन्नबाट वञ्चित भए। गठबन्धनका सबै दलभित्र यस्तो अवस्था सिर्जना भयो। त्यसले कतिपय स्थानमा असन्तुष्टि पनि उत्पन्न गर्‍यो। त्यसले कस्तो प्रभाव पार्छ? प्रदेशको सभापतिको हिसाबले तपाईंसँग यसबारेमा कस्ता विवरण छन्?
पहिलो कुरा, यो गठबन्धन किन र कसरी निर्माण भयो भन्ने बुझ्नुपर्छ। त्यसलाई पार्टीका स्थानीय साथीहरुले राम्रोसँग बुझ्नुभएको छ। गठबन्धन देश, प्रजातन्त्र र मुलुकको भविष्यसँग जोडिएको विषय हो। यसलाई पनि हाम्रा स्थानीय नेता कार्यकर्ताहरुले बुझ्नुभएको छ। अहिले पाँच वटा पार्टीको गठबन्धन बनाएर एउटै पार्टीझैँ निर्वाचन लडेका छौँ। हामी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीहरु एउटै उम्मेदवारलाई जिताउन लागिरहेका छौँ। यसले गर्दा धेरै साथीहरु टिकटबाट वञ्चित हुनुभएको सही हो। पार्टीमा एक से एक साथीहरु हुनुहुन्छ, जो आफैं निर्वाचन लड्न सक्षम हुनुहुन्थ्यो। तर उहाँहरु उम्मेदवार बन्न पाउनुभएको छैन। हाम्रा धेरै साथीहरुले टिक नपाउनुभएको भए पनि प्रजातन्त्र र वर्तमान व्यवस्था बचाउनका लागि इमानदारीपूर्वक लागिरहनुभएको छ।

अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक हुँदैछ। कैयौँ प्रभावशाली उम्मेदवारहरु प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएको छ। तपाईं पनि प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ। तर, प्रदेश सभा निर्वाचन भने ओझेलमा परेको जस्तो देखिन्छ। तपाईंलाई के लाग्छ?
मैले आफ्नो वा अरु कसैको व्यक्तिगत पीडालाइै महत्त्व दिएको छैन। हामी मधेस प्रदेश कसरी राम्रो बनाउने भन्ने ध्येयका साथ अगाडि बढेका छौँ। विगतमा मधेस प्रदेशमा के भयो भनेर भनिराख्नुपर्दैन। अहिले म यति मात्रै भन्छु, हामी भ्रष्टाचार गर्दैनौँ। जातीय कुरालाई प्राथमिकतामा राख्दैनौँ। आवेग र भावनामा आएर राजनीति हुँदैन। मधेस केन्द्रित पार्टीहरुमा यही समस्या देखियो। म दाबाका साथ भन्छु, मधेसका समस्याहरु नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्छ र गर्छ। विगतमा पनि हामीले नै गरेका हौँ। नागरिता विधेयकको मुद्दा २०६३ देखि ओझेलमा परिरहेको थियो। तर कांग्रेसले अग्रसरता लिएपछि त्यो अगाडि बढेको थियो। एमालेका कारण त्यो कार्यन्वनमा आउन सकेन। तर यो पटक गठबन्धन निर्वाचित भएर गएपछि नागरिकता विधेयक पुनः अगाडि बढ्छ।

Ncell 2
Ncell 2

314465159_451048373621750_1236107735469578167_n1668335314.jpg

हाम्रो प्रधानमन्त्रीले पनि जनकपुरमा आएका बेलामा भन्नुभयो, नागरिकता विधेयक मधेसका लागि महत्त्वपूर्ण छ र यो निर्वाचन नागरिकता विधेयकका लागि जनमत संग्रह जस्तै पनि हो। किनकि अब जो जितेर जान्छ, त्यसले यसको जिम्मेवारी लिनैपर्छ। यसमा मधेसी पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने हाम्रो बुझाई हो। मधेसी पार्टीहरु विलिन हुने अवस्थामा पुगेका छन्। त्यसैले निर्वाचनपछि मधेसमै पनि गठबन्धनको सरकार बन्नेछ। सरकारले प्रदेशको अधिकारदेखि अन्य कामहरु सम्पन्न गर्नेछ। उहाँहरुले पाँच वर्षमा गर्न नसकेको कामहरु कसरी गर्न सकिँदोरहेछ भन्ने कुरा हामीले प्रदेश सरकार बनाएपछि देखाउँछौँ।

प्रदेश सरकारको कुरा गरिहाल्नुभयो। मधेस प्रदेशमा निर्वाचनपछि गठबन्धनको कस्तो सरकार बनाउने भनेर पनि छलफल र गृहकार्य चलेको छ?
छलफलहरु नभएको होइन। तर हामीले अहिले नै कुनै ठोस मोडेल बनाइसकेका छैनौँ। हाम्रो विश्वासचाहिँ मधेस प्रदेशमा पनि सत्ता गठबन्धनकै सरकार बन्छ।

तपाईंका कार्यकर्ताले तपाईंलाई नै मधेस प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा प्रचारप्रसार गरिरहको देखिन्छ। त्यस बारेमा कुनै छलफल वा गठबन्धनमा आन्तरिक सहमति भएको हो?
हामी गठबन्धनका दलहरुको सामान्य बुझाइ छ, जुन दलले प्रदेश सभामा बढी सिट जित्छ, त्यसैको नेतृत्वमा सरकार बन्छ। यो चलनमा पनि रहेको र वैज्ञानिक पनि हो। अरु विस्तृत कुरा निर्वाचनको नतिजा आएपछि हुन्छ।

मधेस प्रदेशमा कांग्रेसकै बढी सिट आउने आकलन गरिएको छ। र, तपाईं कांग्रेसको मधेस सभापति पनि भएकाले तपाईं नै मुख्यमन्त्री बन्ने सम्भावना पनि रह्यो। बन्नुभयो भने, तपाईंको रोडम्याप के हुन्छ?
प्रदेश सरकार र त्यसको नेतृत्वका बारेमा म अहिले नै म कुनै टिप्पणी गर्दिनँ। तर प्रदेश र संघबीच रामो समन्वय गरेर, त्यसका लागि आवश्यक कानुनी प्रक्रियाहरु पूरा गरेर शिक्षा, स्वास्थ्य र भौतिक विकासमा केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता छ। मधेस प्रदेशमा जनकपुरमा एउटा प्रादेशिक अस्पतालबाहेक अन्य कतै राम्रो अस्पताल छैन। यस्तै शिक्षा क्षेत्रमा पनि धेरै समस्याहरु छन्। मैलै मौका पाएको खण्डमा मेरो पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य हुनेछ। साथै, प्रदेश सरकार व्यवस्थित बनाउने कुरा पनि छ। हामी संघीय सरकारसँग समन्वय गरेर त्यो पनि गर्छौँ। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:३१
  • #चुनाव_२०७९
  • #मधेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो रहनेछ देशभरको मौसम
यस्तो रहनेछ देशभरको मौसम
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी
सम्बन्धित सामग्री
राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज निर्वाचन आयोगले आगामी माघ ११ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचन गर्दैछ । राष्ट्रियसभामा रिक्त हुने कूल १८ सदस्यका लागि निर्वाचन... बुधबार, पुस २३, २०८२
यी हुन् निर्वाचन आयोगमा बन्दसूची बुझाउन राजनीतिक दल आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्द सूची पेस भएको हो । मंगलबार, पुस १५, २०८२
९ वटा दलले बुझाए समानुपातिकको बन्दसूची जनप्रिय लोकतान्त्रिक पार्टी-१२, नेपाल कम्युनिस्ट पार्टी माक्सवादी (पुष्पलाल)-२०, गतिशील लोकतान्त्रिक पार्टी-११ सोमबार, पुस १४, २०८२
ताजा समाचारसबै
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, पुस २६, २०८२
अदालतको फैसलापछि एनएमए निर्वाचनमा ५४ उम्मेदवार कायम, ६ सदस्यका लागि १८ को दाबी शुक्रबार, पुस २५, २०८२
गोरखा–१ बाट प्रतिनिधिसभा निर्वाचन लड्ने सुदन गुरुङको घोषणा शुक्रबार, पुस २५, २०८२
थुनामुक्त गर्न माग गर्दै उच्च अदालत पुगेका टोपबहादुरको निवेदनमा कैफियत प्रतिवेदन झिकाउन आदेश शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
काँग्रेसका १७ भ्रातृ संगठन विशेष महाधिवेशनको विपक्षमा शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्