• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ १५, २०८३ Mon, Aug 31, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

मधेस सरकारले कसरी काम गर्न सक्छ भन्ने हामी देखाउनेछौँ: कृष्ण यादव, कांग्रेसका मधेस प्रदेश सभापति [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ आइतबार, कात्तिक २७, २०७९  १८:३१
1140x725

मंसिर ४ को निर्वाचनमा दुई गठबन्धनबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। एकातिर, नेपाली कांग्रेसको नेतृत्वमा रहेको पाँच दलीय सत्ता गठबन्धन छ। अर्कोतिर, एमालेको नेतृत्वमा जसपा र राप्रपासहितका दलहरुको गठबन्धन छ। चुनावी प्रचारप्रसार अन्तिम चरणमा पुगिरहेका छन्। मधेस प्रदेशमा पनि चुनावी प्रचारप्रसार तीव्र छ। यसैक्रममा रौतहटमा चुनावी प्रचारप्रसारमा भेटिए, नेपाली कांग्रेसका मधेस प्रदेश सभापति तथा रौतहट- १ (ख)का उम्मेदवार कृष्ण यादव। उनीसँग चुनावी प्रचारप्रसार र मधेस सरकारको भावी सम्भावनाका सन्दर्भमा नेपालका लाइभका लागि नवीन झाले गरेको कुराकानीः

तपाईं कांग्रेसको मधेस प्रदेशको सभापति हुनुहुन्छ। रौतहटबाट मधेस प्रदेश सभाको सदस्यका लागि प्रतिस्पर्धामा पनि हुनुहुन्छ। सम्रगमा मधेस प्रदेशमा निर्वाचन माहोल कस्तो छ?
मधेसमा कांग्रेसको अवस्था विगतमा भन्दा धेरै राम्रो छ। त्यो वैशाखको स्थानीय तहको निर्वाचनले पनि देखायो। तर मंसिर ४ को निर्वाचनमा हामी पार्टीगत रुपमा भन्दा पनि गठबन्धनबाट मधेसमा बढीभन्दा बढी जित्नेमा केन्द्रित छौँ। मधेसमा गठबन्धनको मत ७० प्रतिशतभन्दा बढी छ। हामी त्यसलाई थप प्रभावकारी बनाउने गरी काम गरिरहेका छौँ। र हाम्रो गठबन्धनबाट ९० प्रतिशतभन्दा बढी उम्मेदवारहरु जित्ने अवस्थाको निर्माण भएको छ।

मधेस प्रदेशमा तपाईंहरु कसरी परिचालित भइरहनुभएको छ?
केन्द्रले निर्वाचन परिचालनका लागि पार्टी र गठबन्धनको संयन्त्र बनाएको छ। त्यसले यो प्रदेशमा पनि राम्रै काम गरिरहेको छ। हामीले प्रदेश स्तरबाट पनि निर्णय गरेर गठबन्धनका दलहरुको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रदेखि वडा तहसम्म निर्वाचन परिचालन सम्बन्धी संयन्त्र बनाएर काम गरिरहेका छौँ।

गठबन्धन भएपछि कांग्रेसकै धेरै आकांक्षीहरु उम्मेदवार बन्नबाट वञ्चित भए। गठबन्धनका सबै दलभित्र यस्तो अवस्था सिर्जना भयो। त्यसले कतिपय स्थानमा असन्तुष्टि पनि उत्पन्न गर्‍यो। त्यसले कस्तो प्रभाव पार्छ? प्रदेशको सभापतिको हिसाबले तपाईंसँग यसबारेमा कस्ता विवरण छन्?
पहिलो कुरा, यो गठबन्धन किन र कसरी निर्माण भयो भन्ने बुझ्नुपर्छ। त्यसलाई पार्टीका स्थानीय साथीहरुले राम्रोसँग बुझ्नुभएको छ। गठबन्धन देश, प्रजातन्त्र र मुलुकको भविष्यसँग जोडिएको विषय हो। यसलाई पनि हाम्रा स्थानीय नेता कार्यकर्ताहरुले बुझ्नुभएको छ। अहिले पाँच वटा पार्टीको गठबन्धन बनाएर एउटै पार्टीझैँ निर्वाचन लडेका छौँ। हामी कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीहरु एउटै उम्मेदवारलाई जिताउन लागिरहेका छौँ। यसले गर्दा धेरै साथीहरु टिकटबाट वञ्चित हुनुभएको सही हो। पार्टीमा एक से एक साथीहरु हुनुहुन्छ, जो आफैं निर्वाचन लड्न सक्षम हुनुहुन्थ्यो। तर उहाँहरु उम्मेदवार बन्न पाउनुभएको छैन। हाम्रा धेरै साथीहरुले टिक नपाउनुभएको भए पनि प्रजातन्त्र र वर्तमान व्यवस्था बचाउनका लागि इमानदारीपूर्वक लागिरहनुभएको छ।

अहिले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकैपटक हुँदैछ। कैयौँ प्रभावशाली उम्मेदवारहरु प्रदेश सभाका लागि उम्मेदवार बन्नुभएको छ। तपाईं पनि प्रदेश सभामा उम्मेदवार हुनुहुन्छ। तर, प्रदेश सभा निर्वाचन भने ओझेलमा परेको जस्तो देखिन्छ। तपाईंलाई के लाग्छ?
मैले आफ्नो वा अरु कसैको व्यक्तिगत पीडालाइै महत्त्व दिएको छैन। हामी मधेस प्रदेश कसरी राम्रो बनाउने भन्ने ध्येयका साथ अगाडि बढेका छौँ। विगतमा मधेस प्रदेशमा के भयो भनेर भनिराख्नुपर्दैन। अहिले म यति मात्रै भन्छु, हामी भ्रष्टाचार गर्दैनौँ। जातीय कुरालाई प्राथमिकतामा राख्दैनौँ। आवेग र भावनामा आएर राजनीति हुँदैन। मधेस केन्द्रित पार्टीहरुमा यही समस्या देखियो। म दाबाका साथ भन्छु, मधेसका समस्याहरु नेपाली कांग्रेसले मात्र समाधान गर्न सक्छ र गर्छ। विगतमा पनि हामीले नै गरेका हौँ। नागरिता विधेयकको मुद्दा २०६३ देखि ओझेलमा परिरहेको थियो। तर कांग्रेसले अग्रसरता लिएपछि त्यो अगाडि बढेको थियो। एमालेका कारण त्यो कार्यन्वनमा आउन सकेन। तर यो पटक गठबन्धन निर्वाचित भएर गएपछि नागरिकता विधेयक पुनः अगाडि बढ्छ।

nimb
nimb

314465159_451048373621750_1236107735469578167_n1668335314.jpg

हाम्रो प्रधानमन्त्रीले पनि जनकपुरमा आएका बेलामा भन्नुभयो, नागरिकता विधेयक मधेसका लागि महत्त्वपूर्ण छ र यो निर्वाचन नागरिकता विधेयकका लागि जनमत संग्रह जस्तै पनि हो। किनकि अब जो जितेर जान्छ, त्यसले यसको जिम्मेवारी लिनैपर्छ। यसमा मधेसी पार्टीहरुले केही गर्न सक्दैनन् भन्ने हाम्रो बुझाई हो। मधेसी पार्टीहरु विलिन हुने अवस्थामा पुगेका छन्। त्यसैले निर्वाचनपछि मधेसमै पनि गठबन्धनको सरकार बन्नेछ। सरकारले प्रदेशको अधिकारदेखि अन्य कामहरु सम्पन्न गर्नेछ। उहाँहरुले पाँच वर्षमा गर्न नसकेको कामहरु कसरी गर्न सकिँदोरहेछ भन्ने कुरा हामीले प्रदेश सरकार बनाएपछि देखाउँछौँ।

प्रदेश सरकारको कुरा गरिहाल्नुभयो। मधेस प्रदेशमा निर्वाचनपछि गठबन्धनको कस्तो सरकार बनाउने भनेर पनि छलफल र गृहकार्य चलेको छ?
छलफलहरु नभएको होइन। तर हामीले अहिले नै कुनै ठोस मोडेल बनाइसकेका छैनौँ। हाम्रो विश्वासचाहिँ मधेस प्रदेशमा पनि सत्ता गठबन्धनकै सरकार बन्छ।

तपाईंका कार्यकर्ताले तपाईंलाई नै मधेस प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा प्रचारप्रसार गरिरहको देखिन्छ। त्यस बारेमा कुनै छलफल वा गठबन्धनमा आन्तरिक सहमति भएको हो?
हामी गठबन्धनका दलहरुको सामान्य बुझाइ छ, जुन दलले प्रदेश सभामा बढी सिट जित्छ, त्यसैको नेतृत्वमा सरकार बन्छ। यो चलनमा पनि रहेको र वैज्ञानिक पनि हो। अरु विस्तृत कुरा निर्वाचनको नतिजा आएपछि हुन्छ।

मधेस प्रदेशमा कांग्रेसकै बढी सिट आउने आकलन गरिएको छ। र, तपाईं कांग्रेसको मधेस सभापति पनि भएकाले तपाईं नै मुख्यमन्त्री बन्ने सम्भावना पनि रह्यो। बन्नुभयो भने, तपाईंको रोडम्याप के हुन्छ?
प्रदेश सरकार र त्यसको नेतृत्वका बारेमा म अहिले नै म कुनै टिप्पणी गर्दिनँ। तर प्रदेश र संघबीच रामो समन्वय गरेर, त्यसका लागि आवश्यक कानुनी प्रक्रियाहरु पूरा गरेर शिक्षा, स्वास्थ्य र भौतिक विकासमा केन्द्रित हुनुपर्छ भन्ने मेरो मान्यता छ। मधेस प्रदेशमा जनकपुरमा एउटा प्रादेशिक अस्पतालबाहेक अन्य कतै राम्रो अस्पताल छैन। यस्तै शिक्षा क्षेत्रमा पनि धेरै समस्याहरु छन्। मैलै मौका पाएको खण्डमा मेरो पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य हुनेछ। साथै, प्रदेश सरकार व्यवस्थित बनाउने कुरा पनि छ। हामी संघीय सरकारसँग समन्वय गरेर त्यो पनि गर्छौँ। 

 

प्रकाशित मिति: आइतबार, कात्तिक २७, २०७९  १८:३१
  • #चुनाव_२०७९
  • #मधेस

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
अब जलवायु परिवर्तनबारे सगरमाथा संवादमा विश्वका ठूला नेता र जलवायु विज्ञलाई बोलाएर छलफल गर्नुपर्छ : एमाले अध्यक्ष ओली
बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
सिंहदरबारमा प्रधानमन्त्री बालेन र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता सोमबार, भदौ १५, २०८३
अब जलवायु परिवर्तनबारे सगरमाथा संवादमा विश्वका ठूला नेता र जलवायु विज्ञलाई बोलाएर छलफल गर्नुपर्छ : एमाले अध्यक्ष ओली सोमबार, भदौ १५, २०८३
बाढी पीडितका लागि अष्ट्रेलियाले पठाउँदैछ सी–१७ विमानमा राहत सामग्री सोमबार, भदौ १५, २०८३
बालेनले निजी फेसबुक अकाउन्टमा सरकारी कामको जानकारी दिएकोमा कटाक्ष सोमबार, भदौ १५, २०८३
रसुवाको बाढीको पीडा भारतसम्म, गण्डक नदीमा भेटिन थाले बाढीले बगाएका शव सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
जय नेपाल पार्टीको केन्द्रीय कार्यसमिति घोषणा  (सूचीसहित) आइतबार, भदौ १४, २०८३
बाढीबाट ज्यान जोगाएका इन्जिनियरको अनुभव : ‘अगाडि बढ्न सकिन, पछाडि भीषण बाढी थियो’ आइतबार, भदौ १४, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? सोमबार, भदौ १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्