• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, चैत २३, २०८२ Mon, Apr 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

निर्वाचनमा कालोधनको प्रयोग: खर्च असीमित, पुष्टि हुँदैन!

64x64
सुमित्रा कार्की मंगलबार, कात्तिक २९, २०७९  २०:५२
1140x725

काठमाडौं– केही दिनअघि कपिलवस्तुको यशोधरा गाउँपालिका–७ को मर्यादपुरबाट स्रोत नखुलेको पाँच लाख ५२ हजार भारतीय रुपैयाँसहित अर्घाखाँचीका ३९ वर्षीय मुक्ति खनाललाई प्रहरीले पक्राउ गर्‍यो। प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु.१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको थियो।

उनले निर्वाचन प्रयोजनकै लागि यसरी रकम बोकेर हिँडेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। त्यस्तै केही दिनअघि धनुषा, जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट स्रोत नखुलेको नगद ३८ लाख ५० हजार रुपैयाँसहित महोत्तरी भंगहा नगरपालिका–१ बस्ने २१ वर्षीय सुवमराज चौवेलाई प्रहरीले पक्राउ गरेको थियो।

भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनको साथबाट १ हजार दरको २९ बण्डल र ५ सय दरको १९ बण्डल गरी जम्मा ३८ लाख ५० हजार रुपैयाँ फेला पारेको थियो। 

उनीमाथि पनि यही आरोपमा प्रहरीले आवश्यक अनुसन्धान गर्न तथा कारबाहीको लागि जनकपुर भन्सार कार्यालय धनुषा पठाएको छ। अन्य समयमा पनि यस्तो पैसा प्रहरीले फेला पार्ने गरेको थियो। चुनावका बेला अवैध रकम धेरै फेला पर्ने गरेको प्रहरीले बताएको छ। चुनावमा मतदाता प्रभावित पार्नका लागि उम्मदवारले विभिन्न व्यक्तिमार्फत् नेपालमा यसरी अवैध पैसा भित्र्याउने गरेको जानकारहरू बताउँछन्। 

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन केही दिन मात्र बाँकी छ। निर्वाचनलाई केन्द्रमा राखेर उम्मेदवारहरु मतदाता रिझाउन व्यस्त छन्। 

अब उम्मेदवारले दुई दिनमात्र प्रचार–प्रसार गर्न पाउनेछन्। निर्वाचन आयोगले मंसिर २ गतेदेखि मौन अवधि लागू गर्नेछ। उक्त अवधिमा निर्वाचन प्रसारप्रसारका कुनै गतिविधि गर्न पाइने छैन।

खर्चिलो र महँगो निर्वाचन

संविधान अनुसार हरेक पाँच वर्षको अन्तरालमा हुने निर्वाचनमा जसरी पनि निर्वाचित भएर लाभको पदमा आसीन हुनैपर्ने प्रतिस्पर्धाका कारण पछिल्लो समय निर्वाचन खर्चिलो र महँगो हुन थालेको छ। निर्वाचन आयोगले खर्चको सीमा तोके पनि उम्मेदवारले त्यसलाई पालना गर्दैनन्। 

nimb
nimb
Ncell 2
Ncell 2

आयोगले तोकेको खर्चको सिलिङभन्दा कैयौं गुणा बढी खर्च हुने गरेको नेताहरु स्वयंले नै बताउँदै आएका छन्। निर्वाचन आयोगले पनि विवरण बुझाएकोभन्दा उम्मेदवारको खर्च अर्कै हुने गरेको बताउँदै आएको छ।

सत्ता स्वार्थका कारण निर्वाचनमा असीमित खर्च हुने क्रम बढ्दो छ। यसरी गरिने खर्च भने वैधानिक माध्यमबाट हुन्छ कि अवैधानिक भन्ने तथ्यांक कसैसँग छैन। उम्मेदवारले चन्दा, आफ्नै रकम र अरु कसैले सहयोगका रुपमा दिएको रकमबाट मतदाता रिझाउन खर्च गरिरहेका छन्। 

यसरी हुने खर्च अवैधानिक (कालो धन) प्रयोग हुने गरेको देखिन्छ। नेपाल राष्ट्र बैंक, राष्ट्रिय अनुसन्धान विभाग र निर्वाचन आयोग स्वयंले पनि निर्वाचनमा कालो धनको प्रयोग हुन थालेको स्वीकार गरेका छन्। तर, यसलाई पुष्टि गर्ने आधार फेला पार्न नसक्दा कसैमाथि कारबाही हुन सकेको छैन। यस्तो खर्च गर्ने क्रम रोक्न पनि सकिएको छैन। 

अहिले निर्वाचनमा हुने कालोधनको प्रयोगलाई लिएर नेपाल प्रहरी र राष्ट्रबैंकले गोप्य रुपमा अनुगमन गरिरहेका छन्। 

निर्वाचनमा साच्चिकै कालो धन प्रयोग हुन्छ त? 
नेपालमा अधिकांश जिल्ला भारतीय सीमासँग जोडिएका छन्। कर्णाली प्रदेशबाहेक अन्य प्रदेशका तराईका जिल्लाको सीमा भारतसँग जोडिएका छन्। निर्वाचनको मिति घोषणा भएदेखि नै सीमानाकाका जिल्लामा प्रहरीले निगरानी बढाएको छ। 

निर्वाचनमा कालोधनको प्रयोगलाई लिएर राजनीतिक दल र सरकारी निकाय औपचारिक रुपमा टिप्पणी गर्न चाहँदैनन्। तर, अनौपचारिक कुराकानीमा भने कालोधन प्रयोग भएको कुरा स्वीकार गर्दै आएका छन्। बेला–बेला प्रमुख दलका प्रमुख नेताहरुले नै चुनावका समयमा खोलो बगेसरी पैसा बग्ने गरेको बताउँदै आएका छन्। यो क्रम नरोक्ने हो भने आगामी दिनमा निर्वाचन मर्यादित गराउनै नसकिने चिन्ता पनि उनीहरू व्यक्त गर्छन्। 

तर, कसले, कहाँ र कति रकम अवैध रुपमा खर्च गर्‍यो भन्ने कुरा खुलाउँदैनन्। अवैध रुपमा आर्जन भएको रकम उम्मेदवारले निर्वाचनमा खर्च गर्ने कुरा खुलाजस्तै भएको र खोज्दा धेरै उदाहरण भेटिने अर्थशास्त्री चन्द्रमणि अधिकारी बताउँछन्। 

‘निर्वाचनका बेला उम्मेदवारले विभिन्न ठाउँबाट अवैध रकम ल्याएर खर्च जुटाउने गरेको उदाहरण धेरै देखिन्छ। तर, यसको प्रमाण भने कतै भेटिँदैन,’ उनी भन्छन्, ‘चुनावमा नेताले कति खर्च गर्छन्, कहाँबाट ल्याउँछन् भन्ने कुरा कतै प्रष्ट हुँदैन। यस्तो रकम वैधानिक च्यानलबाट खर्च हुने भए थाहा हुन्थ्यो।’

अवैधानिक स्रोतबाट कमाएको धन देखाउन कठिन हुने भएका कारण पनि दलहरुले लुकाएर निर्वाचनमा खर्च गर्ने गरेको उनको बुझाइ छ। निर्वाचनमा हुने खर्च प्रभावकारी रुपमा निरीक्षण नहुने भएका कारण पनि कालोधनको प्रयोग बढ्दै गएको उनले बताए। 

निर्वाचनमा हुने खर्चको रकम भ्रष्टाचारबाट गरेको आम्दानी हुने कुरा आफूले पनि सुनेको पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता डा रामशरण महत पनि स्वीकार गर्छन्। लामो समय निर्वाचनमा उम्मेदवार बनेका उनी यसपटक चुनावी मैदानबाट बाहिर छन्। 

नेपालमै भ्रष्टाचारबाट कमाएको र केही विदेशबाट ल्याएर पनि निर्वाचनमा उम्मेदवारले खर्च गर्ने गरेको आफूले सुन्दै आएको महतको भनाइ छ। ‘यस्तो बेला विदेशबाट रकम ल्याउने गरेको र आन्तरिक रुपमै पनि जुटाउने गरेको सुनिन्छ, तर प्रमाणित भने हुन सकेको छैन,’ उनी भन्छन्, ‘चुनावकै लागि भ्रष्टाचार गर्छन् भन्ने पनि सुनिन्छ।’

नेपाल राष्ट्र बैंकका एक अधिकारीले चुनावमा यस्तो बेला बजार चलायमान हुने गरेको तर कुन स्रोतबाट त्यो पैसा आउँछ भन्ने कुरा हालसम्म राष्ट्रबैंकले अनुगमन गरेर यकीन गर्न नसकेको बताए। यस्ताे समयमा सीमा तोकेर अवैध आर्जनकै भए पनि बैंकिङ च्यानलबाट खर्च गर्ने व्यवस्था मिलाउने हो भने हाल बैंकिङ क्षेत्रमा देखिएको तरलता अभाव केही हदसम्म सम्बोधन गर्न सहयोग पुग्ने ती अधिकारी बताउँछन्।

‘अहिले बैंकिङ च्यानलमा तरलताको अभाव छ। चुनावमा पार्टीले गरेको चुनाव खर्च बैंकिङ च्यानलबाट नै हुनुपर्छ भनेर निर्वाचन आयोगले नै भनेको छ,’ उनले भने, ‘अहिलेको अवस्थामा बैंकमा सामान्य समयमा जस्तै निक्षेप बढेको छ तर यो पर्याप्त भने छैन। चुनावको लागि उम्मेदवारले गरेको खर्च बैकिङ च्यानलमा  अझै आएको छैन।’ 

निर्वाचनमा उम्मेदवारहरुले अहिले धमाधम खर्च गर्न थालेको र मौन अवधिको समयमा अझ बढी हुने जानकारहरू बताउँछन्। मतदान हुनु अघिल्लो रात पैसाको चलखेल बढी हुने गरेको छ। तर, उक्त रकम बैंकिङ च्यानलमा भने आउँदैन। बैंकिङ च्यानलमा ल्याउँदा आयोगले तोकेको सीमा नाघ्ने र अनियमितता प्रमाणित हुने भएका कारण पनि अवैध च्यानलबाट खर्च हुने ती अधिकारीको भनाइ छ। 

निर्वाचनमा कालोधनको प्रयोग नेपालमा मात्रै नभएर विश्वभर हुने गरेको अर्थशास्त्री अधिकारी बताउँछन्। सांकेतिक रुपमा यस्तो पैसा हुन्डी, सीमानाका लगायतबाट आउने उनको भनाइ छ। अहिले विदेशमा रहेका एनआरएनमार्फत् पनि यस्तो रकम भित्रिने गरेको देखिन्छ। 

यस्तो रकम भित्र्याउन दलहरूका विदेशमा रहेका संगठन र वैदेशिक विभागको पनि प्रयोग हुने गरेको र अहिले संकेत पनि देखा परेको अधिकारीले बताए। 

यस्तै देशको राजनीतिक लडाइँमा भारतले नेपाललाई सहयोग गर्ने र नेपालले भारतलाई सहयोग गर्ने भएका कारण पनि निर्वाचनका बेला भारतबाट आफू निकटका उम्मेदवारका लागि आर्थिक सहयोग आउने अधिकारीको दाबी छ। खुला सीमा भएका कारण पनि चुनाव प्रभावित पार्नका लागि वस्तुका रुपमा पनि सहयोग आउने उनको भनाइ छ। 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  २०:५२
  • #प्रतिनिधि सभा निर्वाचन २०७९
  • #चुनाव_२०७९
  • #कालोधन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
आयोगले निर्वाचनको पूरै नतिजा आज राष्ट्रपतिलाई बुझाउने निर्वाचन परिणामको प्रतिवेदन बुझाउने राष्ट्रपति रामचन्द्र पौडेलसँग दिउँसो ४ बजे भेटघाट गर्ने कार्यक्रम राखेको आयोगका प्रवक्ता नारायणप... बिहीबार, चैत ५, २०८२
ताजा समाचारसबै
रेखा शर्मालाई हिरासतमुक्त गर्न काठमाडौं जिल्ला अदालतको आदेश आइतबार, चैत २२, २०८२
शैक्षिक सत्रअघि भर्ना नगर्न र अतिरिक्त शुल्क नउठाउन निर्देशन आइतबार, चैत २२, २०८२
शुलभ अग्रवाललाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले दियो अनुमति आइतबार, चैत २२, २०८२
डा. नारायण दत्त कँडेल महान्यायाधिवक्ता नियुक्त आइतबार, चैत २२, २०८२
सभामुख डीपी अर्यालले लिए शपथ आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
सरकारी कार्यालयमा साताको दुई दिन बिदा दिने निर्णय, कार्यालय समय ९ देखि ५ सम्म आइतबार, चैत २२, २०८२
कलाकार सागर लम्साल पक्राउ शनिबार, चैत २१, २०८२
विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना समातिए शनिबार, चैत २१, २०८२
राष्ट्रिय सभाको उपाध्यक्षमा एमालेकी लिला भण्डारीको नाम सर्वसम्मत आइतबार, चैत २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
परराष्ट्र मन्त्रालयले भन्यो : ‘इरानको नियन्त्रणमा रहेका अमृत झा सुरक्षित छन्’ शुक्रबार, चैत २०, २०८२
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
गुण्डा नाइके सानुभाइ भनिने युवराज गुरुङ पक्राउ आइतबार, चैत २२, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्