• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

सुकुम्बासीको पीडा : जसलाई जितायो, उसैले घर भत्कायो  

64x64
कल्पना घिमिरे बिहीबार, मंसिर १, २०७९  ०६:२३
1140x725

सोमबार बिहान। 

थापाथलीस्थित सुकुम्बासी बस्तीमा घामको किरण ओर्लिएको मात्र थियो। बस्तीमा कोही सिकुवामा बसेर खाना खाँदै थिए। कोही आँगनमा बसेर पारिलो घाम ताप्दै। 

टहराका भित्ताहरूमा विभिन्न पार्टीका झन्डा फर्फराइरहेका थिए। जसले नजिकिँदै गरेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको रापिँदो माहोल संकेत गर्थे। 

उम्मेदवारहरू आउँथे, विभिन्न आश्वासन बाँडेर फर्कन्थे। 

त्यसरी फर्कने मध्येमा थिए नेपाली काङ्ग्रेसका काडमाडौँ-१ का प्रतिनिधि सभा उम्मेदवार प्रकाशमान सिँह। अघिल्लो दिनमात्रै उनी यो बस्तीमा झुल्किएका थिए। बस्तीबाटै उठिबास लाग्ने त्रास व्यहोरिरहेका उनीहरूसँग सिँहले  समस्या समाधानको आशा देखाएका थिए।

‘भूमि आयोगले काम सुरु गरिसकेको छ। निर्वाचन आयोगले निर्वाचनको समयमा काम रोक्नु भनेकाले अहिले रोकिएको छ, त्यसको प्रतिवेदन आइसकेपछि अध्ययन गरेर स्थायी समाधान निकाल्छौं,’  सिँहले अघिल्लो दिन गरेका प्रतिवद्धता उनीहरूले सम्झिरहेछन्। 

तर बागमती सभ्यताको चेतावनीले झस्काउन छाडेको छैन। बागमती सभ्यताले ४ मंसिरसम्म सुकुम्बासीलाई बस्तीबाट हट्न निर्देशन दिएको छ। नहटे डोजर लगाएर हटाउने सूचना जारी गरेको छ।

Sukumbasi_basti_news1668506379.jpg

Ncell 2
Ncell 2
nimb
nimb

आफूहरूले व्यहोरिरहेको समस्यामाथि टहरमा एक समूह छलफल गर्दै थियो। छेउमा शिशुलाई तेल लगाउँदै गफ सुनिरहेकी थिइन् आयुसा तामाङ। आयुसा १५ वर्षदेखि यो बस्तीमा छिन्। २ वर्षअघिमात्र उनले यही बस्तीका युवकसँग विवाह गरिन्। १ महिनाअघि मात्र उनले छोरी जन्माइन्। तर छोरीको स्याहार गर्न त्रिपालको छानो भएको घरमा सजिलो छैन। 

यो बस्तीमा कहिले हिउँमा कठ्यांग्रिने चिसो पस्छ, बर्खामा बाढी। र कहिले हुरी। ती सबै सहेरै बसेका थिए आयुसाहरू।

‘तर राज्य नै लाग्यो भनेचाहिँ हाम्रो उठिबास लाग्ने रहेछ,’ उनले अनुहार खुम्चाउँदै भनिन्। बागमती सभ्यता’ले बस्ती खाली गर्न गरेको माइकिङ आयुसाले सुनेकी रहिछन्। ‘अब ४ गतेपछि हटाउने भनेको छ। यस्तो सानो बच्चा लिएर हामी कहाँ जाऊँ?,’ आयुसाका ससुरा चन्द्रबहादुर तामाङ थप्दै दिए, ‘हामी आन्दोलनको तयारीमा छौँ। ठाउँ ठाउँमा फोन गरेर रोक्ने प्रयास गर्दैछौँ।’ 

चन्द्रबहादुर १७ वर्षदेखि बस्तीमा बस्दै आएका रहेछन्। बस्ती छाड्नुपरे जाने ठाउँ कतै नरहेको उनले सुनाए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चन्द्रबहादुरको १३ जनाको परिवार छ। धादिङमा जन्मिएका उनीसँग उतिबेला ५ रोपनी जमिन रहेछ। ०४५ सालमा २३ सय ऋण तिर्न नसकेर जग्गा साहुले कब्जा गरेका रहेछन्। त्यसपछि चन्द्रबहादुर काठमाडौँ उक्लिएका रहेछन्। 

बास खोज्ने क्रममा जबदेखि सुकुम्बासी बस्तीमा बस्न थाले, यहाँ पनि उनले कहिल्यै मीठो निद्रा  निदाउन पाएनन्। ‘पहिला पनि चार पटक आगो लगाए। पाँच पटक भत्काए। उनीहरू भत्काएर जान्थे। हामी फेरि बनाएर बस्ने गर्थ्यौँ,’ चन्द्रबहादुर सुनाउँछन्, ‘बाबुराम प्रधानमन्त्री हुँदाको पालादेखि चलिरह्यो।’

Sukumbasi_basti_news_21668506380.jpg

उनले हरेक चुनावमा यहीँबाट भोट हाल्ने गर्छन्। यो चुनावमा भने उनी दोधारमा छन्। ‘पहिला हामीले भोट हालेर जसलाई जितायौँ उही हाम्रो घर भत्काउन आउँछ,’ उनी चिन्तित भावमा सुनाउँछन्, ‘हाम्रो टहराले फोहोर देखियो रे। हुकुम्बासीले फोहोर गरेको नदेख्ने हामीले बनाएको घरले फोहोर देखिने ? हामी त व्यवस्थित शौचालय बनाएर बसेका छौँ।’ 

अर्को टहराका झवर लाल उरावँ (सुमन)सँग पनि उस्तै दुखेको छ, ‘हामीलाई सरकारले हेप्यो।’

झवरलाल सुकुम्बासी समितिको सचिव समेत हुन्। यो बस्तीमा उनले पटक पटक बासका लागि संघर्ष गर्नुपरेको छ। ‘मेरो यहीँको मतदाता सूचीमा नाम छ। धरैपटक यहाँबाट मतदान गरेको छु। हाम्रा पनि त अधिकार छन्। हामी पनि त नागरिक हौँ,’ उनी आक्रोसित सुनिन्छन्। 

झवरलालको प्रश्न छ- ओत लाग्ने छाप्रो हालेर बस्दा हामीलाई सरकारले किन आतङ्ककारी जस्तो व्यवहार गर्छ? 

घरीघरी माइकिङ गरेर डर देखाउने, डोजर लगाएर आतंक मच्चाउने जस्ता घटनाले साना बालबालिकामा मानसिक असर देखिएको झवरलाल बताउँछन्। बस्तीका शिव दर्लामी चाहनाले खोला किनारमा आफूहरू नबसेको बताउँछन्। ‘दुर्गन्धित नदीको किनारमा बस्न कसलाई रहर होला र? हामीलाई व्यवस्थित ठाउँ दिए त किन बस्थ्यौँ र,’ उनी सुनाउँछन्। 

राज्यको दमनविरुद्ध बस्तीले संघर्ष नगरेको त हैन। शक्तिको अगाडि के पो लाग्छ र! ‘यहाँ रोगी अपाङ्ग, वृद्धवृद्धा, बालबालिका सबै छन्। उनीहरूको सुरक्षाका लागि पनि हामी लडिरहेका छौँ। हामी अझै पनि राज्यविरुद्ध लडिरहेका छौँ,’ मिनकुमार रानामगर भन्छन्। 

राना मगर बस्तीका अगुवा युवा हुन्। उनी सुकुम्बासी समितिका अध्यक्ष पनि हुन्। उनी बस्तीमा बसेको १७ वर्ष भयो। यहीँ मतदाता नामावलीमा नाम दर्ता भएदेखि उनले बस्तीबाटै भोट हाल्छन्। यसपालि उनी सचेत छन्- कतै जितेर जानेले नै डोजर ल्याउने त हैन।

अहिले त चुनावका कारण बस्तीमा उम्मेदवार आएका छन्। नयाँ नयाँ आश्वासन आएका छन्। चुनावपछि न नेता आउँछन्, न आश्वासन। केबल टहरा ढलाउने डोजर आउँछन्।

मिलनकुमारको एउटै प्रार्थना छ- सदाका लागि बस्तीभित्र राज्यको आतङ्क बन्द होस्। 

प्रकाशित मिति: बिहीबार, मंसिर १, २०७९  ०६:२३
  • #चुनाव_२०७९
  • #सुकुम्बासी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्