• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

काठमाडौं ७ मा ‘चुच्चे नक्सा’ देखाएर भोट मागिरहेका ईश्वर अर्याल

64x64
सुरेन्द्र बजगाईं मंगलबार, कात्तिक २९, २०७९  १३:४९
1140x725

काठमाडौं– गोरखाका ईश्वर अर्याल २२ वर्षसम्म सरकारी सेवामा रहे। भारत अतिक्रमित उत्तर–पश्चिमी भू–भाग लिपुलेक, लिम्पीयाधुरा र कालापानी समेटेर नेपालले ‘चुच्चे नक्सा’ जारी गर्दा उक्त नक्सा बनाउने नापी विभागको ‘कोर टिम’मा अर्याल पनि थिए। संविधान संशोधनमार्फत् चुच्चे नक्सा संविधानको अनुसूचीमा समेटियो। अर्यालले निर्णय गरे– अब सामाजिक काममा लाग्छु।

सरकारी सेवामा अझै १६ वर्ष काम गर्न पाउने अवस्था हुँदाहुँदै अर्याल राजीनामा दिएर ‘सामाजिक काम’मा होमिए। यसबीच उनले विभिन्न जिल्लामा गएर विद्यालयहरुमा नि:शुल्क चुच्चे नक्सा वितरण गरे। नापी विभागबाट खरिद गरेको नक्सा बोकेर उनी विद्यालय–विद्यालय पुग्थे। उनको कामको धेरैले तारिफ गरे। केहीले सुझाव पनि दिए, ‘समाज निर्माणको काममा अझै सक्रिय भएर लाग्ने हो भने राजनीतिमा लाग्नोस्।’ 

Ishwor_Aryal_KTM7_21668499118.jpg

नापी विभागमा राजपत्रअनंकित प्रथम श्रेणीको प्राविधिक पदमा काम गरेका उनले निर्णय लिए– अब चुनाव लड्नुपर्छ। मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अर्याल काठमाडौं ७ बाट स्वतन्त्र उम्मेदवार छन्। 
  
अहिले पनि उनी मतदाताकोमा जाँदा आफ्नो घोषणापत्र (प्रतिबद्धता पत्र)सँगै चुच्चे नक्सा पनि बोकेर हिँड्छन्। देशको सीमाबारे जानकारी दिन्छन् र आफ्नो अजेन्डा सुनाउँछन्। 

निर्वाचन आयोगबाट चुनाव चिह्न ‘चापाकल’ पाएका अर्याल अरु उम्मेदवारको भन्दा आफ्नो अजेन्डा मौलिक र वैज्ञानिक रहेको दाबी गर्छन्। 

चुनावका लागि जारी गरिएको १४ बुँदे घोषणापत्रमा उनको पहिलो अजेन्डा छ– अत्यावश्यक बाहेकका विदेशी सामानको आयातमा पूर्ण रोक। संविधानले ग्यारेन्टी गरेका मौलिक अधिकार प्रत्याभूत गराउँदा अत्यावश्यक पर्ने सेवा तथा सामग्री बाहेक अन्य आयात गर्न नहुने उनी बताउँछन्। 

‘हाम्रो अर्थतन्त्र कमजोर हुनुको प्रमुख कारण हो, उत्पादनभन्दा आयात बढी हुनु। हामी आफूले उत्पादन गर्ने सामग्री पनि आयात गरिरहेका हुन्छौं। अनि विलासी सामानको आयात पनि त्यत्तिकै भइरहेको छ,’ अर्याल भन्छन्, ‘अत्यावश्यक बाहेकका सामानको आयातमा पूर्ण रुपमा रोक लगाइनुपर्छ।   

सीमा नाका भएर नेपाल भित्रिने मानिस र सामानको डिजिटल रुपमा विवरण राख्ने पनि उनको अजेन्डा छ।  

Ncell 2
Ncell 2
nimb
nimb

Ishwor_Aryal_KTM7_Ghosana_patra1668499352.jpg

नेपालमा शिक्षित (साक्षर) मानिसको संख्या बढे पनि सीपयुक्त जनशक्ति नभएको उनी बताउँछन्। शिक्षित बेरोजगारीलाई कम गर्नका लागि माध्यमिक तह (कक्षा १२) उत्तिर्ण गर्दासम्म प्रत्येक विद्यार्थीलाई कम्तीमा पनि १०० वटा सीपमा निपुर्ण बनाइने उनको अजेन्डा छ। ‘मान्छे मास्टर्स पास गरेको छ। तर, घरमा बिजुलीको चिम फेर्नेसम्म सीप छैन। मेरो अजेन्डा के हो भने माध्यमिक तहको अध्ययन पूरा गरेर पासआउट हुँदै गरेको विद्यार्थी दैनिक जीवनमा आइपर्ने हरेक व्यवहारका लागि तयार होस्। साथै उसमा हरेक आधारभूत विषयसँग सम्बन्धित कामबारे ज्ञान र सीप होस्, यसका लागि नीतिगत व्यवस्था हुनुपर्छ,’ अर्याल भन्छन्। 

उनको अर्को अजेन्डा छ, शिक्षा र स्वास्थ्य सेवा पूर्ण रुपमा नि:शुल्क। साथै शिक्षक र स्वास्थ्यकर्मीलाई विशेष अतिरिक्त सुविधाको व्यवस्था गरिने पनि उनको अजेन्डा छ। 

Ishwor_Aryal_KTM7_31668499119.jpg

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

‘नागरिकले राज्यलाई कर तिरेबापत २ कुरा, शिक्षा र स्वास्थ्य नि:शुल्क पाउनुपर्छ। र, त्यो गुणस्तरीय पनि हुनुपर्छ,’ अर्याल भन्छन्। शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउन त्यस क्षेत्रका जनशक्तिलाई विशेष अतिरिक्त सुविधाको व्यवस्था गरिनुपर्ने अर्यालको बुझाइ छ। 

कृषि क्षेत्रका लागि पनि उनी आफ्नो अजेन्डा फरक रहेको सुनाउँछन्। नेपालको भौगोलिक विशेषताअनुसार उत्पादनहरुको वर्गीकरण गरेर खेती प्रणालीलाई परिवर्तन गरिनुपर्ने उनको भनाइ छ। 

‘अहिले पहाडमा उत्पादन हुने तरकारी बजार नपाएर कुहिन्छ। तराईंमा किसानहरु मल नपाएर समयमा धान रोप्न पाउँदैनन्। कृषि क्षेत्रका यी र यस्ता समस्या समाधानका लागि खेती प्रणालीमै परिवर्तन गरिनुपर्छ,’ अर्याल भन्छन्। 

तराईंमा अन्न–बाली, पहाडमा तरकारी तथा फलफूल र हिमाली क्षेत्रमा जडिबुटी उत्पादनमा जोड दिइनुपर्ने उनी बताउँछन्। 

‘भौगोलिक विशेषताअनुसार नै तराई अन्नको भण्डार हो। पहाडको हावापानी तरकारी र फलफूल उत्पादनका लागि राम्रो छ। हाम्रो हिमाली क्षेत्रमा बहुमूल्य जडिबुटीको व्यवसायिक उत्पादन गर्न सकिन्छ,’ अर्याल भन्छन्। 

अब राजनीतिक परिवर्तनभन्दा पनि आर्थिक समृद्धि प्रमुख विषय र मुद्दा भएकाले त्यसलाई सम्बोधन गर्ने सोच आफूसँग भएको उनी बताउँछन्। 

Ishwor_Aryal_KTM7_11668499117.jpg

नेपालमा आर्थिक समृद्धिका लागि कृषि, जलविद्युत् र पर्यटन क्षेत्रलाई सँग–सँगै (आपसमा अन्तरसम्बन्धित गराएर) लैजानुपर्ने उनी बताउँछन्। 

‘विद्युत् उत्पादनसँगै हाम्रो पानीको उपयोग कृषिमा पनि हुनपर्छ। विद्युत् परियोजना निर्माण गर्दा कसरी त्यो पानी सिँचाइका लागि उपयोग गर्ने र सिँचाइका लागि नहर बनाउँदै गर्दा त्यहाँको पानीबाट कसरी बिजुली निकाल्न सकिन्छ भनेर योजना बनाउनुपर्छ,’ अर्याल भन्छन्। 

पर्यटन प्रवर्द्धनका लागि भौगोलिक सुन्दरतासँगै संस्कृति र ऐतिहासिक सम्पदाको विशेषतालाई पनि जोडिनुपर्ने उनी बताउँछन्। 

त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा विद्यावारिधी (पीएचडी) गरिरहेको बताउने अर्याल नेपालको भूगोल चिनेर मात्रै आर्थिक समृद्धि हासिल हुने दाबी गर्छन्। ‘हामीले हाम्रो अर्थनीति तय गर्नुभन्दा अगाडि हाम्रो भूगोल, माटो चिन्नु जरुरी छ। माटो चिन्न सकेमात्रै हामीले त्यसअनुसार नीति बनाउन सक्छौं,’ अर्याल भन्छन्।  
 

प्रकाशित मिति: मंगलबार, कात्तिक २९, २०७९  १३:४९
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुरेन्द्र बजगाईं
लेखकबाट थप
किसान र उपभोक्ता ठगिने मात्रै, २५ वर्षदेखि उपभोक्ता अदालत चर्चामै सीमित
कहालीलाग्दो सडक दुर्घटना: लापरबाह चालक र गैरजिम्मेवार सरकार
आयल निगमका पदाधिकारीले इन्धनमा कालोबजारी गरेको आरोप, सर्वोच्च अदालतमा मुद्दा हाल्ने तयारी
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्