काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले साना दल र स्वतन्त्र उम्मेदवारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा घोषणा गर्दैमा परिवर्तन नहुने बताएका छन्।
सोमबार आयोजित कांग्रेसको पत्रकार सम्मेलनमा प्रवक्ता महतले कहिले राप्रपा त कहिले स्वतन्त्र पार्टीका नाममा आएका प्रवृतिले नेपालको जटिलतालाई चिर्न नसक्ने तर्क गरेका छन्।
लोकतन्त्रविरुद्ध समय–समयमा विभिन्न कठिनाइ आउनले गरेको बताउँदै महतले त्यसलाई चिर्न कांग्रेस नै चाहिने बताए।
‘सामाजिक सञ्जालमा यो हुन्छ, त्यो हुन्छ भनेर घोषणा गर्दैमा ‘रोमान्टिसिजम’मा देश चल्दैन’ उनले भने, ‘देश चलाउनका लागि घोषणाभन्दा पनि अनुभव, समर्पण र सजिलो अप्ठयारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्नसक्ने प्रतिवद्धता चाहिन्छ। लोकतन्त्र अप्ठयारोमा पर्छ र हालको अवस्था पनि केही अप्ठयारा मोडहरू आएका हुनाले चट्टानजस्तै अडिग हुन कांग्रेस नै चाहिएको छ।’।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।