बाली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोभेम्बर १४ मा इन्डोनेसियाको बालीमा हुने १६ औँ शिखर सम्मेलनमा भाग लिने भएका छन्। भारतले सन् २०२२ डिसेम्बर १ बाट यस समूहको अध्यक्षता ग्रहण गर्दैछ।
प्रधानमन्त्रीको बाली भ्रमण छोटो भएपनि निकै महत्वपूर्ण रहेको इन्डोनेसियाका लागि भारतीय राजदूत मनोजकुमार भारतीले एएनआईलाई बताए।
‘प्रधानमन्त्री नरेन्द्र मोदी १६ औँ जी२० शिखर सम्मेलनमा भाग लिनुहुने छ र यहाँ उहाँले औपचारिक रूपमा २०२३ को लागि भारतको २०२३ अध्यक्षता लिनुहने छ’, भारतीले एएनआईलाई भने, ‘प्रधानमन्त्री मोदीको जी२० मा आउनु महत्त्वपूर्ण छ किनभने भारतले इन्डोनेसियाबाट जी२० को अध्यक्षता लिन लागेको छ। भारतले इन्डोनेसियालाई निरन्तर सहयोग प्रदान गरेको छ, र इन्डोनेसिया सरकारले पनि भारतको सहयोगलाई मान्यता दिन्छु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।