• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

‘सिजन’मा पनि किन बढ्न सकेन सेयर बजार?

64x64
सुमित्रा कार्की शनिबार, कात्तिक २६, २०७९  १८:२३
1140x725

काठमाडौं– सेयर बजारमा लाभांशको ‘सिजन’ सुरु भएको छ। अहिले विभिन्न कम्पनीले गत आर्थिक वर्ष (२०७८–०७९) को नाफाबाट लगानीकर्तालाई धमाधम बोनस तथा नगद लाभांश वितरण गरिरहेका छन्। तर, पनि सेयर बजारमा उत्साहजनक माहोल देखिएको छैन। 

यसैगरी, निर्वाचनको समयमा सेयर बजारमा उत्साह छाउने गरेको जानकारहरु बताउँछन्। आगामी मंसिर ४ गतेको निर्वाचनको चहल–पहल व्यापक रुपमा भइरहँदा यसले सेयर बजारमा खासै प्रभाव पार्न सकेको छैन। 

सिजनको समयमा पनि सेयर बजारमा खासै उत्साह नदेखिनुमा अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि उच्च हुँदै जानु लगायतका समस्या रहेको सेयर बजार जानकार विष्णुप्रसाद बस्याल बताउँछन्।

उनी भन्छन्, ‘तिहार अगाडिका केही साताहरुभन्दा तिहार पछाडिका केही हप्तामा सेयर बजारमा सुधार देखिएको छ। तर, अहिले हाम्रो आर्थिक क्षेत्रमा देखिएको समस्याको कारण बजार भनेजस्तो तरिकाले बढ्न सकेको छैन।’

सेयर बजार बढ्न बजारमा तरलता सहजरुपमा आउन थाल्नुपर्ने र निक्षेप तथा कर्जाको रेसियो अहिलेको तुलनामा घट्नुपर्ने उनको भनाइ छ। 

उनी भन्छन्, ‘अहिले सेयर बजार अस्थिर भए पनि चुनावपछि भने बढ्नसक्ने केही आधार छन्। जस्तै, अहिले व्यापारीहरुले ब्याजदर घटाउनको लागि आन्दोलन गरिरहेका छन्, राष्ट्र बैंकले पनि चुनाव पछाडि तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कुरा आइरहेको छ। यसमा ब्याजदर घटाउने विषयमा केही सकारात्मक कुराहरु आउन सक्छन्। जसकारण सेयर बजारलाई पनि केही राहत हुन्छ।’

साताको दोस्रो कारोबार दिनबाहेक चार कारोबार दिन घट्यो नेप्से?
नेप्से सूचक गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ११६.१४ अंकले घटेर १९२२.१६ बिन्दुमा आएको थियो। यस हप्ताको आइतबार भने गत बिहीबारको भन्दा सेयर बजार बढेको थियो।

यस हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा आएको थियो। आइतबार नेप्से सूचकमा देखिएको वृद्धि सोमबारसम्म कायम रहन सकेन। आइतबार बढेको नेप्से सूचकमा सोमबार फेरि गिरावट देखियो। सोमबार नेप्से सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा आएको थियो। 

Ncell 2
Ncell 2

सोमबार घटेको सेयर बजारले मंगलबार पनि निरन्तरता पायो। मंगलबार नेप्से सूचक २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा आयो। यसैगरी, बुधबार पनि सेयर बजार ओरालो यात्रामा नै रह्यो।

बुधबार नेप्से सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा आयो। बुधबारको घटेको सेयर बजार बिहीबार पनि घट्यो। बिहीबार नेप्से सूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा अडिएको छ।

दुई अर्ब रुपैयाँ सम्मको कारोबार
सेयर बजारमा कारोबार हुने रकम पनि पछिल्लो केही सातायता न्यूनतम १ अर्बदेखि अधिकतम २ अर्ब रुपैयाँमा सीमित भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा साताको दोस्रो कारोबार दिन सोमबार कारोबार रकम ह्वात्तै बढेर २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँ बराबरको पुगेको थियो।

यस साता सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको सोमबार हो। त्यसपछिका कारोबार दिनमा कारोबार रकम पनि घट्दो छ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो। यस दिनको कारोबार रकमभन्दा साताको चौथो कारोबार दिन बुधबार केही बढेको देखिन्छ।

बुधबार सेयर बजारमा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। साताको अन्तिम तथा पाचौं कारोबार दिन बिहीबार १ अर्ब ११ करोड १९ लाख ४६ हजार रुपैयाँको मात्र कारोबार भएको नेप्सेले जनाएको छ। 

यस साता सबैभन्दा धेरै कमाउने पाँच कम्पनी 
यस साता सबैभन्दा धेरै कमाउने पहिलो कम्पनी नेस्डो लघुवित्त वित्तीय संस्था रहेको छ। यो संस्थाको सेयरमूल्य यससाता ११.९६ प्रतिशतले बढेको छ। 

यसैगरी, धेरै कमाउने दोस्रो कम्पनी हो–जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था। यसको सेयरमूल्य यो साता ११.४२ प्रतिशतले बढेको छ। 

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनी पनि यस साता धेरै कमाउने कम्पनी मध्येको एक हो। यस कम्पनीको सेयरमूल्य यससाता ५.९३ प्रतिशतले बढेको छ। 

चौथो कम्पनीमा छिमेकी लघुवित्त वित्तीय संस्था हो। यस कम्पनीको सेयरमूल्य यससाता ४.११ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै कमाउने पाचौं कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी हो। यसको सेयरमूल्य यस साता ३.९७ प्रतिशत बढेको छ। 

सबैभन्दा धेरै गुमाउने पाँच कम्पनी
सबैभन्दा धेरै गुमाउने पहिलो कम्पनी किसान लघुवित्त वित्तीय संस्था हो। यसको सेयरमूल्य यो हप्ता १०.४० प्रतिशतले ओरालो लागेको छ। यस्तै दोर्दी खोला जलविद्युत् कम्पनीको सेयरमूल्य यस साता ८.५९ प्रतिशतले घटेको छ भने तेह्रथुम वावर कमपनीको सेयरमूल्य ८.५० प्रतिशतले घटेको छ। 

सबैभन्दा धेरै गुमाउने चौथो कम्पनी कर्पोरेट विकास बैंक हो। यसको सेयरमूल्य यससाता ८.४६ प्रतिशतले घटेको छ। यसका साथै उस साता मल्पिर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य पनि ७.९४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १८:२३
  • #सेयर बजार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
पाँच अंकले बढ्यो नेप्से मंगलबार कारोबारमा आएकामध्ये ११८ कम्पनीको सेयर मूल्य बढ्यो भने १३४ कम्पनीको मूल्य घट्यो। ८ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। सेयर मूल्... मंगलबार, पुस २९, २०८२
बढ्यो सेयर बजार, खुम्चियो कारोबार रकम १२९ कम्पनीको मूल्य बढ्दा ११५ को घट्यो भने १५ को स्थिर रह्यो । सबै समूहका सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ ०.३०, विका... बिहीबार, पुस २४, २०८२
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
ताजा समाचारसबै
भावी सरकारमा पनि मिडियाकर्मीको प्रतिनिधित्व हुनुपर्छ : सञ्चारमन्त्री शनिबार, माघ ३, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
बर्दिया १ बाट चुनाव लड्ने तयारीमा बामदेव गौतम शनिबार, माघ ३, २०८२
सुरु भयो एमाले सचिवालय बैठक शनिबार, माघ ३, २०८२
शेरबहादुर देउवाको अभिभावकत्व खोजेको छौँ : सभापति थापा शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्