• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

‘सिजन’मा पनि किन बढ्न सकेन सेयर बजार?

64x64
सुमित्रा कार्की शनिबार, कात्तिक २६, २०७९  १८:२३
1140x725

काठमाडौं– सेयर बजारमा लाभांशको ‘सिजन’ सुरु भएको छ। अहिले विभिन्न कम्पनीले गत आर्थिक वर्ष (२०७८–०७९) को नाफाबाट लगानीकर्तालाई धमाधम बोनस तथा नगद लाभांश वितरण गरिरहेका छन्। तर, पनि सेयर बजारमा उत्साहजनक माहोल देखिएको छैन। 

यसैगरी, निर्वाचनको समयमा सेयर बजारमा उत्साह छाउने गरेको जानकारहरु बताउँछन्। आगामी मंसिर ४ गतेको निर्वाचनको चहल–पहल व्यापक रुपमा भइरहँदा यसले सेयर बजारमा खासै प्रभाव पार्न सकेको छैन। 

सिजनको समयमा पनि सेयर बजारमा खासै उत्साह नदेखिनुमा अहिले बैंक तथा वित्तीय संस्थामा देखिएको तरलता अभाव, ब्याजदर वृद्धि उच्च हुँदै जानु लगायतका समस्या रहेको सेयर बजार जानकार विष्णुप्रसाद बस्याल बताउँछन्।

उनी भन्छन्, ‘तिहार अगाडिका केही साताहरुभन्दा तिहार पछाडिका केही हप्तामा सेयर बजारमा सुधार देखिएको छ। तर, अहिले हाम्रो आर्थिक क्षेत्रमा देखिएको समस्याको कारण बजार भनेजस्तो तरिकाले बढ्न सकेको छैन।’

सेयर बजार बढ्न बजारमा तरलता सहजरुपमा आउन थाल्नुपर्ने र निक्षेप तथा कर्जाको रेसियो अहिलेको तुलनामा घट्नुपर्ने उनको भनाइ छ। 

उनी भन्छन्, ‘अहिले सेयर बजार अस्थिर भए पनि चुनावपछि भने बढ्नसक्ने केही आधार छन्। जस्तै, अहिले व्यापारीहरुले ब्याजदर घटाउनको लागि आन्दोलन गरिरहेका छन्, राष्ट्र बैंकले पनि चुनाव पछाडि तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षा सार्वजनिक गर्ने कुरा आइरहेको छ। यसमा ब्याजदर घटाउने विषयमा केही सकारात्मक कुराहरु आउन सक्छन्। जसकारण सेयर बजारलाई पनि केही राहत हुन्छ।’

साताको दोस्रो कारोबार दिनबाहेक चार कारोबार दिन घट्यो नेप्से?
नेप्से सूचक गत हप्ताको अन्तिम कारोबार दिन बिहीबार ११६.१४ अंकले घटेर १९२२.१६ बिन्दुमा आएको थियो। यस हप्ताको आइतबार भने गत बिहीबारको भन्दा सेयर बजार बढेको थियो।

यस हप्ताको पहिलो कारोबार दिन आइतबार नेप्से सूचक ४३.२० अंकले बढेर १९६५.३६ बिन्दुमा आएको थियो। आइतबार नेप्से सूचकमा देखिएको वृद्धि सोमबारसम्म कायम रहन सकेन। आइतबार बढेको नेप्से सूचकमा सोमबार फेरि गिरावट देखियो। सोमबार नेप्से सूचक ६.४३ अंकले घटेर १९५८.९४ बिन्दुमा आएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सोमबार घटेको सेयर बजारले मंगलबार पनि निरन्तरता पायो। मंगलबार नेप्से सूचक २.५७ अंकले घटेर १९५६.३६ बिन्दुमा आयो। यसैगरी, बुधबार पनि सेयर बजार ओरालो यात्रामा नै रह्यो।

बुधबार नेप्से सूचक ३९.१५ अंकले घटेर १९१७.२२ बिन्दुमा आयो। बुधबारको घटेको सेयर बजार बिहीबार पनि घट्यो। बिहीबार नेप्से सूचक २३.५२ अंकले घटेर १८९३.७० बिन्दुमा अडिएको छ।

दुई अर्ब रुपैयाँ सम्मको कारोबार
सेयर बजारमा कारोबार हुने रकम पनि पछिल्लो केही सातायता न्यूनतम १ अर्बदेखि अधिकतम २ अर्ब रुपैयाँमा सीमित भएको छ। यस साताको पहिलो कारोबार दिन आइतबार १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा साताको दोस्रो कारोबार दिन सोमबार कारोबार रकम ह्वात्तै बढेर २ अर्ब १० करोड ९१ लाख ६३ हजार रुपैयाँ बराबरको पुगेको थियो।

यस साता सबैभन्दा धेरै रकमको सेयर किनबेच भएको सोमबार हो। त्यसपछिका कारोबार दिनमा कारोबार रकम पनि घट्दो छ। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा १ अर्ब ५ करोड ३१ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भयो। यस दिनको कारोबार रकमभन्दा साताको चौथो कारोबार दिन बुधबार केही बढेको देखिन्छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

बुधबार सेयर बजारमा १ अर्ब ४० करोड ७३ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। साताको अन्तिम तथा पाचौं कारोबार दिन बिहीबार १ अर्ब ११ करोड १९ लाख ४६ हजार रुपैयाँको मात्र कारोबार भएको नेप्सेले जनाएको छ। 

यस साता सबैभन्दा धेरै कमाउने पाँच कम्पनी 
यस साता सबैभन्दा धेरै कमाउने पहिलो कम्पनी नेस्डो लघुवित्त वित्तीय संस्था रहेको छ। यो संस्थाको सेयरमूल्य यससाता ११.९६ प्रतिशतले बढेको छ। 

यसैगरी, धेरै कमाउने दोस्रो कम्पनी हो–जाल्पा सामूदायिक लघुवित्त वित्तीय संस्था। यसको सेयरमूल्य यो साता ११.४२ प्रतिशतले बढेको छ। 

यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल कम्पनी पनि यस साता धेरै कमाउने कम्पनी मध्येको एक हो। यस कम्पनीको सेयरमूल्य यससाता ५.९३ प्रतिशतले बढेको छ। 

चौथो कम्पनीमा छिमेकी लघुवित्त वित्तीय संस्था हो। यस कम्पनीको सेयरमूल्य यससाता ४.११ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै कमाउने पाचौं कम्पनीमा नेपाल रिइन्स्योरेन्स कम्पनी हो। यसको सेयरमूल्य यस साता ३.९७ प्रतिशत बढेको छ। 

सबैभन्दा धेरै गुमाउने पाँच कम्पनी
सबैभन्दा धेरै गुमाउने पहिलो कम्पनी किसान लघुवित्त वित्तीय संस्था हो। यसको सेयरमूल्य यो हप्ता १०.४० प्रतिशतले ओरालो लागेको छ। यस्तै दोर्दी खोला जलविद्युत् कम्पनीको सेयरमूल्य यस साता ८.५९ प्रतिशतले घटेको छ भने तेह्रथुम वावर कमपनीको सेयरमूल्य ८.५० प्रतिशतले घटेको छ। 

सबैभन्दा धेरै गुमाउने चौथो कम्पनी कर्पोरेट विकास बैंक हो। यसको सेयरमूल्य यससाता ८.४६ प्रतिशतले घटेको छ। यसका साथै उस साता मल्पिर्पोज फाइनान्स कम्पनीको सेयरमूल्य पनि ७.९४ प्रतिशतले घटेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  १८:२३
  • #सेयर बजार

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
नेपालबाट बाहिरियो मनसुन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्