काठमाडौं– एभरेष्ट बैंकले आफ्नो १२१ औं शाखा झापाको धुलाबारीमा स्थापना गरेको छ। मेचिनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले शुक्रबार संयुक्त रुपमा उक्त शाखाको उद्घाटन गरेका हुन्।
उद्घाटनपछि कार्यकारी प्रमुख खालिङले धुलाबारीका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। यो शाखासँगै प्रदेश १ का उक्त बैंकका शाखा सञ्जाल १८ पुगेका छन्।
बैंकले उक्त अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेचिनगर नगरपालिकाको फोहोर व्यवस्थापनका लागि नगरप्रमुख बुढाथोकीलाई ५० थान डस्टबिन प्रदान गरेको छ।
स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका छन्। यस्तै देशैभरी छरिएर रहेका आफ्ना १२१ शाखा सञ्जाल, ३ एक्सटेन्शन काउन्टर, प्रादेशिक कार्यालय, १५६ एटिएम सञ्चालनमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।