• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विश्वकपमा जर्सीको व्यापार: पहिले बेच्न भ्याइ–नभ्याइ, अहिले बिक्दैनन् मेसी–रोनाल्डोका पनि!  

64x64
कल्पना घिमिरे शनिबार, कात्तिक २६, २०७९  २१:०३
1140x725

काठमाडौं– काठमाडौंको दशरथ रंगशाला अगाडिको स्पोर्टस् ल्याब बुधबार निकै सुनसान देखियो।  विश्वकप फुटबल नजिकिँदै गर्दा यतिबेला यहाँ जर्सी किन्नेको भीड हुनुपर्ने हो। आगामी मंसिर ४ (नोभेम्बर २०) देखि विश्वकप सुरु हुँदैछ ।

अघिल्ला विश्वकपमा महिनौंअ घिदेखि आफूले समर्थन गर्ने देशको र मनपर्ने खेलाडीको जर्सी किन्नेको भीड लाग्ने गर्थ्यो। तर यसपाली विश्वकप सुरु हुन मात्र मात्र ८ दिन बाँकी हुुँदा पनि खासै जर्सी नबिकेको व्यापारीहरू गुनासो गर्छन्। योपटक जाडो मौसममा विश्वकप परेकाले जर्सी व्यापारमा गिरावट आएको स्पोर्टस् ल्याबका व्यापारी राज शाही बताउँछन्।

‘पहिला गर्मी मौसम (जुन–जुलाई)मा विश्वकप पर्थ्यो। जर्सीले शीतलतासमेत प्रदान गर्ने हुँदा बच्चादेखि वृद्धसम्मले जर्सी किनेर लगाउँथे। अहिले जाडोका कारण असली फ्यानले मात्र लगाउने भए,’ उनी भन्छन्।

अघिल्लो अर्थात् सन् २०१८ मा रुसमा भएको विश्वकपमा शाहीले आफ्नो पसलका तीनवटा शाखाका लागि १५ हजार जर्सी मगाएका थिए। एउटा शाखाबाट पाँच हजार थान बिक्रीमा राखेका थिए। ती  जर्सीले पनि नपुगेर ग्राहक खाली हात फर्काउनु परेको थियो। अहिले तीनवटा ब्रान्चका लागि उनले १२ देशका ४ हजार ५ सय थान जर्सी मगाएका छन्। तर, बिक्री भएका छैनन्। 

‘पहिला यो पसलका लागि मात्र ५ हजार थान जर्सी मगाएको थिएँ। अहिले १ हजार ५ सय मात्र मगाएको छु। तरपनि, कसरी बेचिसक्नु भनेर तनाब हुने अवस्था छ। पहिला एउटा शाखाका बिक्री गर्न भ्याइ–नभ्याइ हुन्थ्यो। अहिले तीनवटै शाखाको जोड्दा पनि दिनमा १०० थान बिक्री हुन मुश्किल छ’, उनले भने।

All 14 Adidas 2022 World Cup Kits Ranked and Rated - Japan Dominates -  Footy Headlines

छेउकै अर्को बागमती स्पोर्टस् नामक उस्तै पसल छ। त्यहाँ पनि उस्तै अवस्था छ। जर्सी किन्ने ग्राहकको कुनै चहलपहल छैन। विश्वकप नजिकिइसक्दा पनि जर्सी सामान्य अवस्थामा जस्तै फाट्टफुट्ट बिक्री हुने गरेको त्यहाँका व्यापारी सरद धिताल बताउँछन्।

‘पहिलेका विश्वकपमा जस्तो अहिले व्यापार छैन। पहिला गर्मी सिजनमा विश्वकप पर्ने हुँदा फ्यानले एक महिनाअघिदेखि जर्सी लगाएर हिँड्थे। योपटक चिसो सिजनमा विश्वकप परेकाले पहिलाको तुलनामा अहिले कमै मात्रामा बिक्री छ’, उनले भने।

nimb
nimb
Ncell 2
Ncell 2

धितालले अघिल्लो पटकको विश्वकपमा निकै राम्रो व्यापार भएको बताए। एकै दिनमा ३ सय थानसम्म बिक्री गर्थे उनी। अहिले जाडो सिजन परेकाले पहिलाको तुलनामा व्यापार एकदमै कम भएको उनी बताउँछन्।

‘विश्वकप इन्डोरभित्र बसेर हेर्ने हो। यसर्थ, जाडो मौसम भएकाले जर्सी नै लगाएर बाहिर हिँड्ने भन्ने चाँहि नहोला। यद्यपि, ठूला फ्यानहरूले त किन्ने नै भए। त्यसमाथि अहिले टिकटकको जमाना छ। जर्सी लगाएर टिकटक भिडियो बनाउनकै लागि भएपनि लगाउलान्। तर, यत्तिले मात्रै जर्सीको बिक्री सन्तुलनमा आउने अवस्था छैन,’ उनले भने।

स्काइफिट्स ब्राण्डस् नेपालका सञ्चालक मनोज श्रेष्ठ पनि जाडो मौसमका कारण यसपाली खासै जर्सी बिक्री नभएकाले बताउँछन्। उनी विगत २३ वर्षदेखि यसै ठाउँ (त्रिपुरेश्वर)मा खेलकुदमा पोसाक तथा सामग्री बिक्री गर्दै आएका छन्। जर्सी पहिलेका विश्वकपको तुलनामा अहिले ज्यादै थोरै बिक्री भइरहेको उनले पनि गुनासो गरे।

‘पहिला विश्वकप गर्मी समयमा हुन्थ्यो। फ्यानहरुले त विश्वकप सुरु हुनुभन्दा दुई महिना अघिदेखि किनेर लाउँथे। अहिले जाडो मौसममा पर्याे। यो विश्वकपमा जर्शी बेचेर खाउँला भन्नु पर्दैन। अलिअलि समान्य अवस्थामा जस्तो फाट्टफुट्ट गइराको छ। पछि सुरुभएपछि किनेर लाउँछु भनेर बसेका छन् कि!’, उनले भने। 

सुन्धाराको चाइना टाउनमा पनि विगतका विश्वकपमा जर्सी किन्ने ग्राहकको भीड लाग्ने ठाउँ हो। अहिले त्यहाँ जर्सी किन्नेको खासै चहलपहल छैन। विश्वकप नजिकिँदा पनि जर्सी खासै बिक्री नभएको सवर्णेश्वर स्पोर्टस्का सञ्चालक आशिष सापकोटा बताउँछन्।

‘अघिल्लो पटकका विश्वकपमा एक–डेढ महिनाअघिदेखि नै ल्याएर जर्सी बिक्री गरिन्थ्यो। दुई जनाले जर्सी देखाउने र एक जनाले पैसामात्र लिने काम गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘अहिले दिनको १० –१५ थानमात्रै बिक्री हुन्छ । मुख्य, कारण जाडोमा विश्वकप हुनु नै हो।’

Adidas Releases Slew of New National Team Kits Ahead of 2022 World Cup –  SportsLogos.Net News

यस्तै, चुनाव र विश्वकप एकैपटक आएकाले पनि जर्सी बिक्रीमा असर परेको हुनसक्ने सापकोटा बताउँछन्।
‘यतिबेला चुनावको मौसम छ। अधिकांश मानिस कुनै न कुनै पार्टीमा आबद्ध होलान्। उनीहरू चुनाव प्रचारमा लागेर पनि होला। अहिले जर्सीको खासै व्यापार छैन,’ उनले थपे।

सापकोटाले विगत २० वर्षदेखि त्यहाँ खेलकुदका कपडा, जुत्ता र सामग्री बिक्री गर्दै आएका छन्। योपटकसहित उनले पाँचवटा विश्वकपमा जर्सी बिक्री गरिसके। अघिल्ला विश्वकपमा अहिलेको तुलनामा धेरै नै जर्सी बिक्री गरेको उनी सम्झिन्छन्। 

‘पहिले विश्वकपभरी ४–५ हजार जर्सी बिक्री हुन्थ्यो। अहिले त पहिलाको आधा पनि नबिक्लाजस्तो छ,’ उनले भने।

भृकुटीमण्डपका व्यापारी लालबहादुर पाण्डे विगत ३१ वर्षदेखि कपडा पसल गर्दै आएका छन्। उनले अहिलेसम्म ६ वटा विश्वकपमा जर्सी बिक्री गरिसके। यो वर्ष सातौँ पटक हो। पहिलेका विश्वकपमा उनले ल्याएकामध्ये ९० प्रतिशत बिक्री गर्थे। अहिले जाडोमा विश्वकप परेकाले नबिक्ने डरका कारण धेरै जर्सी नमगाएकोे उनी बताउँछन्।

भृकुटीमण्डपकै अर्का व्यापारी भोजराज भारती पनि यसपाली जर्सी खासै बिक्री नभएको बताउँछन्।  

‘अहिले पलिाको जस्तो व्यापार भएको छैन। पहिला पो गर्मी समयमा विश्वकप आउँथ्यो। आफ्नो टोलीका समर्थन गर्ने कुरा आफ्नो ठाउँमा छ, शीतल हुने भएकाले पन जर्सी लगाउने गर्थे,’ उनी भन्छन्, ‘अब काठमाडौंमा चिसो छ। ज्याकेट लगार हिँड्नुपर्छ। अनि, जर्सी लगाएर हिड्ने कुरा त भएन नि! यसका बीच पनि विश्वकप सुरु भएपछि कसै–कसैले त लगाउलान्।’ 

जाडो मौसम भएकाले भारतीले अघिल्लो विश्वकपको तुलनामा कम मात्रामा जर्सी बिक्रीमा राखेका छन्। बिक्री नभए पनि योपटक जर्सी बाहिरबाट बढी पठाइदिएको उनी बताउँछन्। 

‘योपटक जर्सी अघिल्लो वर्षभन्दा १० देखि १५ प्रतिशत बढी आएको छ। अघिल्ला विश्वकपहरूमा ९० देखि शतप्रतिशत जर्सी बिक्री हुन्थे अहिले  विश्वकपभरी २० –३० प्रतिशत विक्रि हुन्छ की, उनले भने।’

कसको माग बढी?

2022 FIFA World Cup Uniforms: Every Nation's Home and Away Kits

नेपालमा ब्राजिल र अर्जेन्टिनाका बढी समर्थक छन्। यसर्थ, अघिल्ला विश्वकपहरू यी दुई देशका जर्सी बढी बिक्री हुनेगरेको व्यापारीहरू बताउँछन्। यद्यपि, योपटक भने अवस्था उस्तै नभएको उनीहरू बताउँछन्।

योपटक पहिलेको तुलनामा एकदमै कम जर्सी बिक्री भइरहेको छ । तर, सन्तुलनमा बिक्री भइरहेको स्पोर्टस् ल्याबका व्यापारी शाही बताउँछन्। ‘पहिले ब्राजिल र अर्जेन्टिनाको बढी बिक्री हुन्थ्यो। अहिले यी दुई देशको तुलनामा पोर्चुगल, इंग्ल्याण्ड, जर्मनी र फ्रान्सको पनि उत्तिकै गइरहेको छ’, उनी भन्छन्। 

पहिले अर्जेन्टिनाका लियोनल मेसी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोका जर्सीको माग अत्याधिक हुने गरेको तर योपटक त्यस्तो अवस्था नभएको शाही बताउँछन्। 

‘अघिल्लो विश्वकपहरूमा मेसी र रोनाल्डोका जर्सी यति बिक्री हुन्थ्यो कि, ल्याएकोले पनि नपुग्ने अवस्था आउँथ्यो। अहिले सबै बराबर गइराछ,’ उनले भने।

अहिले मेसी, रोनाल्डोजस्ता विश्वचर्चित खेलाडीहरूका जर्सीसमेत ल्याएजति बिक्री हुन नसकेको व्यापारीहरू बताउँछन्। 

प्रकाशित मिति: शनिबार, कात्तिक २६, २०७९  २१:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पाँच हजार ३०० मिटर उचाइबाट ताप्लेजुङ गोल्डकपको खेल तालिका सार्वजनिक समुद्र सतह देखि हजार ३०० मिटर सचाइबाट अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्ड कपको खेल तालिका सार्वजनिक गरेको छ। पर्यटन प्रवद्र्धन... बिहीबार, भदौ ४, २०८३
मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद मियामी बराबरीमा रोकियो लिओनल मेसीको उत्कृष्ट प्रदर्शनका बाबजुद इन्टर मियामीले मेजर लिग सकर (एमएलएस)मा बिहीबार बिहान फिलाडेल्फिया युनियनसँग २–२ को बराबरी खे... बिहीबार, भदौ ४, २०८३
एट्लेटिको सुखद् सुरुआत एट्लेटिको मड्रिडले नयाँ ला लिगा सिजनको पहिलो खेलमा जित निकाल्दै सुखद सुरुवात गरेको छ। बुधबार राति सम्पन्न खेलमा मालागामाथि २–० को जि... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
नेपालमा १६८ प्रजातिका लामखुट्टे, हिमाली क्षेत्रमासमेत फैलिँदै बिहीबार, भदौ ४, २०८३
सरकार-चिकित्सक संघ सम्झौतापछि गठित कार्यदलले बुझायो प्रतिवेदन बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
नाबालिकासँग फेसबुकमा साथी बनेर अश्लील तस्बिर पोस्ट गर्ने युवक पक्राउ बिहीबार, भदौ ४, २०८३
लघुवित्त पीडित मानवअधिकार आयोगमा धर्नामा, प्रसाईंको घरमा प्रहरीको खानतलासी बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्