• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सरकारी बेरुजु फछ्र्यौटका लागि छुट्टै समिति गठनको सुझाव

64x64
रासस बिहीबार, कात्तिक २४, २०७९  १३:०२
1140x725

काठमाडौं– हरेक वर्ष बढिरहेको सरकारको बेरुजु घटाउन ताथ सार्वजनिक वित्तीय व्यवस्थापन प्रणाली सुधारका लागि बेरुजु फछ्र्यौट समिति गठन गर्न एक अध्ययनले सरकारलाई सुझाव दिएको छ।

राष्ट्रिय योजना आयोगले तयार पारेको ‘नेपालमा लेखापरीक्षण र बेरुजु फछ्र्यौटको स्थिति अध्ययन प्रतिवेदन, २०७९’ ले बेरुजु फछ्र्यौटका लागि छुट्टै संयन्त्रको आवश्यकता औंल्याएको हो।

महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदन, २०७९ अनुसार अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्ममा आठ खर्ब २९ अर्ब १५ करोड ६८ लाख बेरुजु फछ्र्यौट हुन बाँकी छ। जसमध्ये संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय, स्थानीय तह र संस्थानतर्फ चार खर्ब ८३ अर्ब ५९ करोड ६४ लाख बेरुजु फछ्र्यौट हुन बाँकी रहेको छ।

त्यस्तै लेखापरीक्षण बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमको हिसाब टुंगो नलागेको तीन खर्ब ४५ अर्ब ५६ करोड तीन लाख बेरुजु रहेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा मात्रै एक खर्ब १५ अर्ब पाँच करोड ५० लाख बेरुजु थपिएको महालेखाको उक्त प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको वार्षिक प्रतिवेदन मागी संघीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिमा पर्याप्त छलफल तथा समितिसँग सहकार्य हुन नसकेको पनि प्रतिवेदनमा औंल्याइएको छ।

बेरुजु फछ्र्यौटका लागि लेखा उत्तरदायी अधिकृतलाई जिम्मेवार बनाउनुपर्ने र अनुगमन तथा सुपरीवेक्षणका काम प्रभावकारीरुपमा गर्नुपर्ने पनि प्रतिवेदनमा जनाइएको छ।

‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले तोकेको जिम्मेवारीअनुरुप कार्यतालिका बनाइ लेखा उत्तरदायी अधिकृतबाट लेखापरीक्षण, बेरुजु फछ्र्यौटको सुपरीवेक्षण र अनुगमन गरिनुपर्छ’, प्रतिवेदनमा भनिएको छ, ‘लेखापरीक्षण भएको वर्षको बेरुजुलाई सोही वर्षभित्रै कारबाही गरी शून्य बनाउनुपर्ने र त्यसो नगर्ने कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनका क्रममा हेरिनुपर्छ।’ 

पछिल्ला वर्षमा बेरुजुको अंक बढ्दै गएको र सार्वजनिक वित्त व्यवस्थापनमा त्यसको असर देखिन थालेपछि आयोगले यो अध्ययन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए। ‘विभिन्न नीतिगत समस्या पहिचान र त्यसको समाधानका लागि सम्बोधन गर्नुपर्ने उपायबारे आयोगले अध्ययन गर्दै आएको छ। तिनैमध्ये बेरुजु फछ्र्यौटसँग सम्बन्धित कारबाहीको अहिलेको अवस्था कस्तो छ र त्यसमा सुधारका लागि सम्बन्धित निकायलाई दिनुपर्ने सुझावका लागि यो अध्ययन गरिएको हो’, प्रवक्ता पौडेलले भने। 

Ncell 2
Ncell 2

सार्वजनिक वित्तीय व्यवस्थापन र लेखापरीक्षण तथा बेरुजु फछ्र्यौटका लागि विभिन्न निकायबाट कार्यान्वयन गर्नुपर्ने नीतिगत, प्रक्रियागत र कार्यगत सुझाव प्रतिवेदनमा समेटिएको उनको भनाइ छ।

सार्वजनिक वित्तीय व्यवस्थापन र लेखापरीक्षणको अवस्था कमजोर हुनुमा योजना तथा कार्यक्रम तर्जुमा प्रक्रियादेखि नै समस्या हुने गरेको प्रतिवेदनले औंल्याएको छ। ‘सरकारले लागू गर्ने कार्यक्रम र आयोजनाको आवश्यकता पहिचान र पूर्वतयारीको अवस्था मूल्यांकन गरेर बजेटमा समावेश गर्ने परिपाटी कमजोर देखिएको छ। आवधिक योजना, वार्षिक नीति तथा कार्यक्रम र बजेटबीचमा समन्वय एवं सामञ्जस्यता कायम हुन सकेको छैन’, प्रतिवेदनमा भनिएको छ।
 
त्यस्तै बजेट कार्यान्वयनमा वित्तीय अनुशासन पालना हुन नसकेको, स्वीकृति बेगर बहुवर्षीय सम्झौता गरेर दायित्व सिर्जना गरेको, अनुगमन र निरीक्षणमा प्रभावकारिता नदेखिएको लगायतका समस्या प्रतिवेदनमा देखाइएका छन्।

त्यस्तै समितिले एउटा निश्चित मितिसम्मका धेरै पुराना बेरुजु संक्षिप्त र सरल प्रक्रियाबाट फछ्र्यौट, राफसाफ व्यवस्था गर्ने, भुक्तानी वा पेस्की दिँदा अनिवार्यरूपमा तिनपुस्ते विवरण लिने व्यवस्था कार्यान्वयनको सुझाव दिएको छ।

असुल गर्न सुझाइएका बेरुजु व्यहोरा कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कस्न पठाउने, महालेखापरीक्षकले प्रयोगमा ल्याएको लेखापरीक्षण बेरुजु सम्परीक्षण निर्देशिकालाई समयानुकूल परिमार्जन गरी सम्परीक्षणको कार्यलाई उच्च प्राथमिकतामा राख्दै स्थलगतरूपमा सम्परीक्षण नगरेको गुनासो आएमा कारबाही गर्ने व्यवस्था गरिनुपर्ने सुझाव पनि समितिले दिएको छ।

‘लेखापरीक्षण ऐन, २०७५ को व्यवस्थाअनुसार लेखापरीक्षणको विभिन्न क्षेत्रमा आवश्यक पर्ने विज्ञ नेपाल सरकारको विभिन्न निकायबाट लिइ जटिल प्राविधिक तथा अन्य विषयको लेखापरीक्षणमा आवश्यक गुणस्तर र विश्वसनीयता बढाउनु पर्दछ’, समितिको सुझावमा भनिएको छ।

लेखा उत्तरदायी अधिकृतबाट अनुगमन र सुपरीवेक्षणः आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ ले तोकेको जिम्मेवारीअनुरूप कार्यतालिका बनाइ लेखा उत्तरदायी अधिकृतबाट लेखापरीक्षण, बेरुजु फछ्र्यौटको सुपरीवेक्षण तथा अनुगमन गर्ने, कानुनी व्यवस्था तथा संरचनालाई क्रियाशील बनाउने स्थानीय तहको वित्तीय उत्तरदायित्वमा स्पष्टता ल्याइ आन्तरिक लेखापरीक्षण व्यवस्थाका लागि कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिइएको छ।

लेखापरीक्षण भएको वर्षको बेरुजुलाई सोही वर्षभित्रै कारबाही गरी शून्य बनाउनुपर्ने र कारवाही नगर्नेको विवरण कार्यसम्पादन मूल्यांकनको समयमा हेरिने गरी कानुनी व्यवस्था गर्ने, सार्वजनिक लेखा समितिसँग सहकार्य बढाउनेः महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा समयमै छलफल तथा कारबाही गरी लेखापरीक्षण प्रतिवेदनका व्यहोरा कार्यान्वयन तथा फछ्र्यौटमा नेपाल सरकारले आवश्यक स्रोतसाधन उपलब्ध गराई सहकार्य गर्नुपर्ने समितिको ठहर छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २४, २०७९  १३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
राष्ट्र बैंकले सार्वजनिक गर्यो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा (पूर्णपाठ) राष्ट्र बैंकले आज आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनाको समीक्षा सार्वजनिक गरेको हो । सोमबार, मंसिर १५, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो निगम सञ्चालक समितिको बैठकले घटाएको सो मूल्य आजदेखि लागू भएको छ । सोमबार, मंसिर १५, २०८२
वीरगञ्ज हुँदै चार महिनामा ५४ अर्ब १२ करोडको पेट्रोलियम पदार्थ आयात हुँदा २२ अर्ब ९० करोड राजस्व सङ्कलन डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्बाइन फ्युल (एटिएफ) र मट्टितेल आयातबाट रु २२ अर्ब ९० करोड राजस्व सङ्क... शनिबार, मंसिर १३, २०८२
ताजा समाचारसबै
नेकपा संयुक्तले माघ ३ र ४ गते राष्ट्रिय सम्मेलन गर्ने सोमबार, मंसिर १५, २०८२
अब ५ लाखमाथिको कारोबार बैंकमार्फत, नगद कारोबारको सीमा घटाइयो सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
मन्त्रिपरिषद् बैठक निर्णय :वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा सोमबार, मंसिर १५, २०८२
सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी सहिद दिवसको रूपमा मनाउने सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
अन्ततः पुसमा महाधिवेशन गर्न संस्थापन पक्ष सहमत सोमबार, मंसिर १५, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्