काठमाडौं– नयाँ सुविधा र विशेषताको साथ सामसुङले ‘ग्यालेक्सी ए०४एस’ बजारमा ल्याएको छ। जसमार्फत सबैले उत्कृष्ट मोबाइल अनुभव प्राप्त गर्न सक्नेछन्।
‘ग्यालेक्सी ए०४एस’को साथमा फोटोग्राफीको नयाँ युग, सामसुङको ट्रिपल रियल क्यामरालगायतको अनुभव गर्न लिन सकिने कम्पनीले जनाएको छ।
‘ग्यालेक्सी ए०४एस’मा एउटा ५० एमपी मेन क्यामरा, २ एमपीको रिफाइन्ड म्याक्रो क्यामरा र २ एमपी को डेप्थ क्यामरा उपलब्ध रहेको बताइएको छ। यसैका साथै ५ एमपी सेल्फी क्यामरा पनि फोनमा समावेश छ । जसले सेल्फी फोकस फिचर दिने सामसुङले जनाएको छ।
ग्यालेक्सी ए०४एस ‘९०एच जेड रिफ्रेस रेटको साथ ६ दशमलव ५ एच डी एमोलिड डिस्प्लेसँग। एक चोटिको चार्जमा पुरा २ दिनसम्म टिक्ने ५ सय एमएएच ब्याटरीको साथमा सामसुङले जरुरी काम गर्नका लागि पर्याप्त समय दिने बताएको छ।
सार्वजनिक फोनबाट मनपर्ने शो स्ट्रिमिङ्ग तथा सोसल मिडिया स्क्रोलिङ्ग गर्न सहज हुने पनि बताइएको छ। ए०४एस कालो, कपर र हरियो गरी तीन आकर्षक रंगहरूमा उपलब्ध छ।
दुइईवटा र्यातम र स्टोरेज कन्फीगरेसनको साथमा उक्त फोन उपलब्ध गराइएको छ। चार जीबी प्लस ६४ जीबी भेरियन्टको मूल्य १६ हजार ९ सय ९९ रुपैयाँ र ३ जीबी प्लस ३२ जीबी भेरियन्टको मूल्य १४ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।